• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

तालिबानले उडाएको ‘बुद्ध’ र नेपाल


तालिबानले उडाएको ‘बुद्ध’ र नेपाल

हिन्द प्रशान्त क्षेत्रमा भइरहेका गतिविधि, खासगरी दक्षिण एसियामाथिको अन्तराष्ट्रिय दवाबलाई यतिबेला गम्भिर रुपमा लिनुपर्छ।

विश्व बजारमा यही क्षेत्रबाट लगभग ७५% ब्यापार हुने आकंडा छ । विश्व बजारको जिडिपिको करिव ६०% को योगदान छ,यो क्षेत्रबाट। हिन्द माहासागर र प्रशान्त महासागरलाई जोडेर बनेको क्षेत्रलाई पछिल्लो अवधिमा ‘इन्डो-प्यासेफिक एरिया’का रुपमा ब्याख्या भइरहेको छ। यो क्षेत्र भनेको ३८ वटा देशहरुको सहभागिता पनि हो।

सिल्क मार्ग, चीनसम्मको भूभाग, भू-मध्यसागर, सिन्धु घाटी, हिन्दू कुश, तारिम बेसिनदेखि युरेशियन क्षेत्र समेटिएको भू-रणनीतिक रुपमा निकै संवेदनशील र महत्वपूर्ण देश हो- अफगानिस्तान।

वसन्तकुमार उपाध्याय

मिर्जा हुसेन नाम गरेका एकजना कैदीलाई डाईनामाईट राखेर विशाल बुद्धको प्रतिमा उडाउने आदेश दिएको थियो कुनैबेला तालिबानले। त्यो कामका लागि तालिबानीले २५ जना कैदीलाई खटाएका थिए। तिमध्येका एक थिए २६ वर्षीय हुसेन ।

वर्षौंपछि उनै हुसेनले ति बुद्ब प्रतिमा ध्वस्त पारेको घटनालाई पश्चातापका रुपममा बिबिसी मार्फत सुनाए। तर उनीसँग तालिबानीको आदेश मान्नुको विकल्प थिएन। तर त्यति गर्दा पनि विशाल बुद्धको प्रतिमाको एउटा खुट्टा मात्रै भाँचिएको थियो। बुद्धत्व र बुद्धका मुर्तीहरूको भेद के छ बुझ्नेले बुझ्छन नै। तर अमेरिकाकाको ट्विन टावर र तालिवानबीचको सम्बन्ध र भेदका जानकार दुनियाभरि नै छन्। अफगानिस्तानमा तालीबान सरकारले सन् २००१मा तक्षशिला क्षेत्रका दुई ठुला करिव १५० फिट अग्ला बुद्ध मूर्तिलाई डाईनामाईट प्रयोग गरेर ध्वस्त पारेका थिए। हुन त बुद्ध स्वयंले आफ्ना शिष्यलाई मेरो कुनै मूर्ति नबनाउनु पनि भनेका थिए।

पस्तुन भाषामा विद्यार्थीको संगठन भनेर नामाकरण भएको तालिबानले अफगानिस्तानमा फेरि सत्ता कब्जा गरेको घट्नाले विश्व राजनीतिमा सत्तामा पुग्ने अनेकौं उपाय रहेको देखाएको छ। सुरुवातका दिनमा तालिबान समूहको अगुवाइ मुल्लाह मोहम्मद ओमारले गरेका थिए। ४०-५० जना विद्यार्थीलाई एकत्रित गरेर यो समूह बनेको थियो। सन् १९९६ मा तालिबानले राजधानी काबुल कब्जा गर्दै अफगानिस्तानलाई ‘इस्लामिक इमिरेट अफ अफगानिस्तान’ भनेर घोषणा समेत गरेको थियो। र फेरि त्यही गर्दै छ।

पस्तुनको नेतृत्व गर्ने तालिबानी र मुजाहिद्दीन अफगानिस्तानको विवाद अघि बढ्यो। तर सन् १९६० र १९७० को अवधिमा अफगानिस्तान शान्त रह्यो। फेरि शीतयुद्धबाट अफगानिस्तान बच्न सकेन। अमेरिका र सोभियत युनियनबीचको राजनैतिक संघर्षमा अफगानिस्तान नराम्रोसँग भासियो। उसो त कुनैबेला अफगानिस्तान असंलग्न राष्ट्रको समूहमा बसेको पनि थियो। ‘वार अफ इन्डिपेन्डेन्स’ सन् १९१९ को युद्ध अफगानिस्तानको इतिहासमा महत्वपूर्ण कडी हो। ‘ग्रेभ यार्ड अफ इम्पायरर्स’को नामबाट अफगानिस्तान अशान्त हुँदै जानुमा सुरुवातमा वेलायती रणनीति नै जिम्मेवार रह्यो पछि आएर सोभियत सङ्घ र अमेरिका पनि उत्तिकै जिम्मेवार भए। एङ्ग्लो-अफगान युद्धका रहस्यहरू सन् १८००को दशकबाट थपिदैँ आएका विषय छन्।

सन् १८३९ देखि १८४२ सम्मको युद्धमा बेलायतले हार्नु परेको थियो। उतिबेला अकबर खानको बोलबाला थियो अफगानिस्तानमा। दोस्रो एङ्ग्लो–अफगान युद्ध सन् १८७८ ताका अफगानिस्तानमा चरम सङ्घर्षहरु भ । बेलायतले सभ्यतासँग जोडेर यो युद्ध छेडेको थियो। अफगानीहरूले हार स्विकारे। सन् १८९३ मा ब्रिटिस-इण्डियाले अफगान र ब्रिटिस-इण्डिया छुट्याउने सीमारेखा बनायो जसलाई ‘डुराण्ड लाइन’ नाामाकरण गरियो। त्यो रेखा नै पाकिस्तान र अफगानिस्तान छुट्याउने रेखा बन्यो। भारत-पाकिस्तानको ‘एलओसी’ र चीन-भारतको ‘एलएसी’ लाईनजस्तै।

बेलायत र रुसबीच सन् १९०७ मा भएको सम्झौताले अफगानिस्तानलाई बेलायतको अधिनस्थ भनेर जबरजस्त प्रमाणित गरियो। तर सन् १९१८ जब लेनिनको सत्तारोहण भयो रुसमा, रुसले अफगानिस्तानलाई ब्रिटिस नियन्त्रणबाट स्वतन्त्र बनाउन सक्रियता देखायो। फलस्वरुप सन् १९१९ मा तेस्रो एङ्ग्लो-अफगान युद्ध भयो। अमनउल्लाह खाँले अफगानिस्तानको नेतृत्व गरे। तर त्यस यता कम्युनिष्ट जोगाउने नाममा रुसले र हतियारको ब्यापारका लागि अमेरिकाले अफगानिस्तान माथि आफ्नो चाल कायम राखे। त्यसबीचमा कट्टरपन्थीहरूको संगठन चलायमान हुँदै गए। पस्तुन-तालिबान र मुजाहिद्दीनबीच संघर्ष बढ्दै गयो। मुजाहिद्दीनको बरबर्ताबाट उम्कन मानिसहरू तालिबानका पक्षमा लाग्न थाले। वास्तवमा धार्मिक रुपमा थप कट्टरता देखाउँदै गयो तालिबान।

यसैबीचमा मुजाहिद्दीनका नेता अहमद साहको सन् २००१ हत्या भयो। उता अलकायदाले अमेरिकाको ट्वीन टावरमा आक्रमण गर्‌यो। मुस्लिममाथि अमेरिकाले गरेको दमनको बदला लिएको भन्ने नाराले अमेरिका चिढियो। त्यससँगै अफगानिस्तान आतंकवाद नियन्त्रणको युद्धमा धकेलियो। ओसामा विन लादेनको खोजीमा युद्ध चर्कियो। ओसामा विन लादेनलाई तालिबानले अफगानिस्तानमा शरण दिएको कुराले अमेरिकी आक्रमण एकपछि अर्को हुँदै बढाइए।

अमेरिकाको सहयोगमा मुजाहिद्दीनका नेता हमिद कारजाई सन् २००१को अन्ततिर सत्तामा पुगे। त्यहि वर्षदेखि सन् २०२० सम्म अमेरिकी सेना अफगानिस्तानमा रह्यो। डोनाल्ड ट्रम्प प्रशासनको नीतिले अमेरिकी सेनाको फिर्ती सँगै अफगानिस्तान फेरि तालिबानको नियन्त्रणमा पुगेको छ।

यहाँनेर इण्डोनेशियालाई एक उदाहरणका रुपमा लिन सकिन्छ। FOIP (Free and Open Indo-pacific) तथा चीनको BRI (Belt and Road Initiative) दुवै परियोजनाहरूलाई टाढा राखेर आर्थिक गतिविध गरिरहेको छ। G20 शिखर सम्मेलन 2019 मा आयोजित जापान-भारत-अमेरिका (JAI) त्रिपक्षीय बैठका दौरान हिन्द-प्रशान्त क्षेत्रको चर्चा प्रमुख विषय बनेको थियो। यसअघि क्वाड भारत, अमेरिका, जापान तथा स्ट्रेलियाको संयुक्त रूपको अनौपचारिक रणनीतिक वार्ता थियो। तेह्रौं इस्ट एशिया समिटको अवसरमा QUAD को अवधारणा विकास भएको देखिन्छ। उक्त सम्मेलन इन्डो-प्यासिफिक क्षेत्रमा संरचनात्मक परियोजना र समुद्री सुरक्षा योजनामा केन्द्रित थियो। उसो त शीतयुद्धको समाप्तिसँगै सन् १९९० यता सिद्धान्तको राजनीतिले तिलाञ्जली पाइसकेको हो।

अफगानिस्तानको पछिल्लो अवस्थाबारे सार्क राष्ट्रको नाताले नेपालले पनि कूटनीतिक पहल अघि बढाउनुपर्ने देखिन्छ। तालिबानले बुद्धका ठुल्ठूला मुर्ति ध्वस्त गरेसँगै अमेरिकाको चासोमा तालिबानी सत्ता ढलेको थियो।  जे भएपनि युद्ध र द्वन्द्वबाट ग्रस्त अफगानिस्तानमा रहेका सबै नागरिकको बाँच्न पाउने अधिकारको रक्षा हुनुपर्छ। अन्तर्राष्ट्रिय समुदायसँग एउटा स्वतन्त्र राष्ट्रका नाताले नेपालले त्यसको पहल लिनैपर्छ। लेखकको सहमतिबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • क्वाडको बैठकमा चीनलाई चेतावनी
  • २०७८ भाद्र ८, मंगलवार १७:४१
  • In "BannerNews"
  • सैन्य सम्बन्ध विस्तारमा अस्ट्रेलियाको जोड
  • २०७८ भाद्र ८, मंगलवार १७:४१
  • In "BannerNews"
  • हुम्लामा फेरि सिमा विवाद
  • २०७८ भाद्र ८, मंगलवार १७:४१
  • In "देश"
Tags: #world#धर्म-संस्कृतिक#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post

अफगानिस्तानमा तालिबानको कब्जा पछि प्रतिबन्धबारे सोच्न आवश्यक – क्यानेडेली प्रम

मानसरोवर कैलाश दर्शनका लागि भारतीय तीर्थारु हुम्ला पुग्न थाले

नेप्सेको सीईओबाट राजीनामा दिँदै साउदले भने-पदीय मर्यादा मिचेको छैन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version