• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रदेश नम्बर २ : मुख्यमन्त्री स्वच्छता अभियानको नाममा कार्यकर्तादेखि श्रीमतीसम्म पाल्दै सरकार


प्रदेश नम्बर २ : मुख्यमन्त्री स्वच्छता अभियानको नाममा कार्यकर्तादेखि श्रीमतीसम्म पाल्दै सरकार
किरण कुमार कर्ण 
धनुषा ।प्रदेश नम्बर २ लाई सफा र स्वच्छ बनाउने भन्दै मुख्यमन्त्री लालबाबु राउतले आफ्नै कार्यालय मातहत मुख्यमन्त्री स्वच्छता अभियानलाई राखेका छन् । प्रदेशमा रहेको धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक महत्त्वका क्षेत्र, पोखरी, सरकारी कार्यालय र सार्वजनिक स्थलको मर्मत सम्भार तथा सरसफाइलाई ध्यानमा राखेर मुख्यमन्त्री स्वच्छता अभियान सञ्चालनमा ल्याइएको थियो । यसका लागि प्रत्येक आर्थिक वर्षमा बजेट छुट्याइएको छ ।
स्वच्छता कार्यक्रम अन्तर्गत धार्मिक तथा सांस्कृतिक महत्त्वका पोखरीको संरक्षण र मर्मत सम्भार तथा निर्माणको काम निरन्तर भइरहेको मुख्यमन्त्री कार्यालयका अधिकृत सुरेन्द्र कर्णले जानकारी दिए । गत आर्थिक वर्ष ०७७/७८ मा स्वच्छता कार्यक्रमका लागि ५४ वटा योजनामा बजेट विनियोजन गरेको कर्णले बताए । उनले भने– ‘गत आर्थिक वर्षमा ५३ करोड ४० लाख रुपैयाँ बजेट छुट्याएका थियो । चालु आर्थिक वर्षमा ३१ करोड रुपैयाँ बजेट छुट्याइएको छ ।’
तर, करोडौँको बजेट रहेको मुख्यमन्त्री स्वच्छता अभियानको नाममा कार्यकर्ता तथा नातागोता भर्ती केन्द्र गर्दै आर्थिक अनियमितताको अखडा बनेको छ । मुख्यमन्त्री स्वच्छता अभियानमा मुख्यमन्त्री राउतले आफ्नै भतिजा र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यामप्रसाद भुसालका छोरालाई करारमा नियुक्त गरेका छन् ।

त्यस्तै मुख्यमन्त्री राउतका प्रेस संयोजक समेत सम्हाल्दै आएका आतिश मिश्रलाई समेत मुख्यमन्त्री स्वच्छता अभियान कार्यक्रमको अधिकृतस्तर (सातौँ) मा नियुक्ति दिइएको छ । उनी स्वच्छता अभियान कार्यक्रमको तलब खाए पनि उनी मुख्यमन्त्रीको प्रेस संयोजक रहेको बताउँछन् । त्यस्तै सचिव भुसालका छोरा प्रदीप भुसाललाई सहायक समन्वयकर्तामा नियुक्त गरिएको छ भने सचिव भुसालकी श्रीमती टीका भुर्तेललाई पनि दैनिक ज्यालादारीमा नियुक्त गरिएको छ । अन्य कर्मचारीहरूले समेत अरू मन्त्री र नेता निकटका छन् । सचिव भुसालले स्वच्छता कार्यक्रममा परिवारका सदस्य नियुक्त गरेको स्विकार्दै जो सुकै कार्यालयमा आएर आफूलाई थर्काउने गरेकाले छोरालाई नियुक्ति गरेको उनले भने । सचिव भुसाल भने– ‘मुख्यमन्त्री कार्यालयमा बस्दा दलका नेता कार्यकर्ता आएर थर्काउँछन् । आफूलाई सहयोग होस् भनेर छोरालाई पनि नियुक्त गरेर सँगैको कार्यालयमा राखेको छु ।

मुख्यमन्त्री स्वच्छता अभियान कार्यक्रमले विभिन्न तहमा १० जना कर्मचारी नियुक्त गरेको छ । करारमा ३ जना सातौँ तह, १ जना छैटौँ तह, २ जना पाँचौँ तह र ४ जना श्रेणीविहीनमा नियुक्त गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष ०७६/०७७ को प्रतिवेदनमा यस स्वच्छता अभियान अन्तर्गत ठूलै रकमको अनियमितता भएको उल्लेख छ । मुख्यमन्त्री  राउतले आफ्नो कार्यकर्ता आफन्तलाई पोस्ने गरी योजना ल्याएको आरोप लाग्दै आएको छ ।

प्रतिवेदनमा जनाइए अनुसार “मुख्यमन्त्री स्वच्छता अभियान’ अन्तर्गत निर्माण हुने मन्दिर, पोखरी सौन्दर्यीकरण, भवन मर्मत सम्भार, मस्जिद निर्माण, काब्रिस्थान निर्माण, ईनार निर्माण, महिला शौचालय निर्माण, चापाकल जडान लगायतका कार्यक्रम अन्तर्गत ८ जिल्लामा ४ इन्जिनियर, ४ जना सब इन्जिनियर र ठेक्का सम्झौता अनुसारको हरेक काममा एक जना सुपरभाइजर राखी कन्टिन्जेन्सीबाट ५१ लाख ५९ हजार रुपैयाँ खर्च गरेको छ ।

इन्जिनियर र सब इन्जिनियर प्राविधिक विषय अध्ययन गरेका र अन्य सुपरभाइजर तिनीहरूको रेखदेखमा रही काम गर्ने सो प्रतिवेदनमा उल्लेख छ । सो कर्मचारीहरू २०७६ भाद्र महिना देखि काम गर्दै आएकोमा त्यसको नीतिगत निर्णय २०७६ चैत्र २३ मा मुख्यमन्त्रीबाट भएको देखिन्छ । यसरी कर्मचारी सुपरभाइजर राख्दा कामको परिमाण, कार्यक्षेत्र अनुसार आवश्यक सङ्ख्या यकिन गरी निश्चित योग्यता निर्धारण गरी नियुक्ति दिएर काममा लगाउनुपर्नेमा  इन्जिनियर र सब इन्जिनियर बाहेक अरूको योग्यता पनि निर्धारण नै नगरी नियुक्ति पत्र बिना भुक्तानी बापत दिएको रकम नियमित एवं मितव्ययी नदेखिएको सो प्रतिवेदनमा उल्लेख छ । तोकिएको प्रक्रिया बमोजिम आवश्यकताको आधारमा नियुक्ति गरी खर्च गर्नुपर्ने महालेखा परीक्षकको प्रतिवेदनले औँल्याएको छ ।

आर्थिक वर्ष ०७५/०७६ मा कार्यक्रमकै लागि सो वर्ष २१ करोड ६१ लाख रुपैयाँ बजेटसमेत विनियोजन गरियो । आर्थिक वर्ष ०७६/७७ मा ३१ करोड ३३ लाख रुपैयाँ छुट्याइएको थियो । यसरी गत ४ आर्थिक वर्षमा १ अर्ब ३७ करोड ३४ लाख रुपैयाँ मुख्यमन्त्री स्वच्छता अभियान कार्यक्रमको नाममा खर्चिएको उल्लेख छ । तर करोडौँ रुपैयाँको बजेटबाट सञ्चालन गरिएको  अभियानको आफ्नै छुट्टै कार्यालय र कार्यक्रम संयोजक समेत छैन । मुख्यमन्त्री कार्यालयबाट नै सो अभियान सञ्चालन गरिएको छ । जसले गर्दा यसको योजना छनोट प्रक्रिया समेत पारदर्शी छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मधेशका मुख्यमन्त्री यादवको होर्डिङ बोर्ड मोह
  • २०७८ भाद्र ६, आईतवार १४:२७
  • In "BannerNews"
  • पुरुष प्रहरी द्वारा महिला नेतृलाई पक्राउ
  • २०७८ भाद्र ६, आईतवार १४:२७
  • In "देश"
  • मुख्यमन्त्री राउतको दादागिरी : होर्डिंङ बोर्ड हटाउने अभियन्ता पक्राउ, रिहा नगरे आगो बाल्ने चेतावनी
  • २०७८ भाद्र ६, आईतवार १४:२७
  • In "देश"
Tags: #अपराध#राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

अफगानिस्तानमा अमेरिकाको मुख्य लक्ष्य पूरा , तालिबान पहिले जस्तो हुन्न शसक्त

हराएको फोन कसरी फेला पार्ने ? फोनका डाटा कसरी मेट्ने ?

तालिबानबाट प्रयोगकर्तालाई जोगाउन फेसबुक, ट्वीटर र लिंक्डइनले गर्दैछन् यी ६ काम

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version