• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

माओवादी आतंकबाट त्रसित् छन् नागरिक


माओवादी आतंकबाट त्रसित् छन् नागरिक

रोल्पा। रोल्पाको एउटा गाउँ जहाँ माओवादी आतंकले नागरिक त्रसित हुँदै आएका छन् । रोल्पा नगरपालिका–३ खुमेलका नागरिक माओवादी आतंकका कारण तत्कालिन द्वन्द्धको समयमा झैं त्रसित रहेका छन् ।

इन्द्रबहादुर थापा, रोल्पा नगरपालिका–३ का वडाध्यक्ष हुन् । केही समय अघि राष्ट्रिय मावि खुमेलमा बजेटको बारेमा कुरा उठाउदा गाउँकै झक्कुप्रसाद घर्तीमाथि वडाध्यक्ष इन्द्रबहादुर थापाले निर्घात कुटपिट गरे ।

वडा सदस्य विर्खबहादुर घर्ती र उनका कार्यालय सहयोगी असोक महराले पनि कुटपिटमा सघाए । गाउँको अधिकांश योजनामा वडाध्यक्षले आफू निकटकालाई मात्र उपभोक्ता समितिको अध्यक्ष बनाएको भन्दै उक्त योजनामा आफू अध्यक्ष बन्ने इच्छा देखाएकै कारण घर्तीले मरणासन्न हुने गरी कुटाई खानु पर्यो‍ ।

यस्तै गत वर्ष पनि लम्पुजा-नुवाकोट सडक मर्मत उपभोक्ता समितिमा राख्न अनुरोध गर्दा गाउँकै केहि व्यक्तिलाई कुटपिट गरी उल्टै एक रात प्रहरी चौकीमा थुन्न लगाएका थिए थापाले । थापा मात्र हैन सोहि गाउँकै माओवादी नेता तथा नगर कार्यपालिका सदस्य लिलाराम सुनारले पनि केहि समयअघि गाउँकै अर्का एक युवालाई निर्घात कुटपिट गरी आफै उपचार गरेका थिए । यि त केहि उदाहरण मात्रै हुन् । यो गाउँमा माओवादीको यस्तो आतंक छ कि जो द्वन्द्वकालमा पनि थिएन । ‘द्वन्द्वकालमा त अरु कार्यकर्ता लगाएर कुटपिट गर्थे’ गाउँका एक पीडित युवाले भने ‘अहिले त वडाध्यक्ष आफै जाइलाग्छ हजुर ।’

विद्यालयमा पनि आतंक

वडाध्यक्ष थापाले गाउँकै राष्ट्रिय मावि खुमेलमा पनि आतंक मच्चाउदै आएका छन् । आफै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनेर उपल्लो तहका शिक्षकहरु हुँदाहुँदै आफ्नै नातेदार पर्ने प्रावि तहको शिक्षक पूर्णबहादुर थापालाई प्रधानाध्यापकको जिम्मेवारी दिदै आएका छन् । नातेदार दुई भाई मिलेर विद्यालयमा व्यापक आर्थिक अनियमिता गर्दै आएका छन् । गत दुई शैक्षिक सत्रको छात्रवृत्ति वितरणका लागि विद्यालयमा आएको पौने २ लाख रकम झ्वाम पारेको अभिभावकहरुको गुनासो छ ।

यस्तै कारोनाका कारण पढाई नै नभएको कक्षा ११ र १२ का विद्यार्थीहरुबाट गत वर्ष बाह्रै महिनाको शुल्क उठाएर खाएको पनि स्रोतको दावी छ । प्लस टु पास गर्ने विद्यार्थीहरुलाई चारित्रिक प्रमाणपत्र दिदा ७ हजार देखी १० हजारसम्म अतिरिक्त शुल्क लिएर खाने गरेको आरोप छ ।
विद्यायमा निजी स्रोतका शिक्षक र कार्यालय सहयोगी राख्दा प्रधानाध्यापकले माओवादीलाई मात्र राख्ने गरेका छन् । विद्यालयका बारेमा चुइक्क बोलेमा वडाध्यक्षबाट कुटाई खाने डरले विद्यालयको अनियमितताका बारेमा अन्य शिक्षकहरुले कहिकतै बोल्न सकेका छैनन् ।

स्थानीय तहको निर्वाचनमा पनि आतंक

स्थानीय तहको निर्वाचनमा पनि वडाध्यक्ष थापाले गाउँमा आतंक मच्चाएर धम्की दिएरै भोट माग्ने गरेका थिए । उनले दलित बस्तीहरुमा पुगेर भोट नदिए घरमा ताल्चा लगाएर लखेट्ने धम्की दिएका थिए । कांग्रेस उम्मेदवारसँग थोरै मतान्तरले जितेका थापाले लम्पुजामा रहेको उनकी दिदीको किराना पसलबाट रासन खाएका गाउँका दलित तथा विपन्न परिवारहरुलाई धम्की दिएरै माओवादीमा भोट हाल्न लगाएका थिए । थापाकी दिदी च्याङ्खुरीले कि पैसा, कि भोट नत्र घरमा ताल्चा लगाइदिने उर्दी जारी गरेपछि कांग्रेसको पकड रहेको दलित बस्तीबाट खर्लप्पै माओवादीमा भोट आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र पूर्वराजा ज्ञानेन्द्र शाहबीच विगतमा गोप्य साँठगाँठ
  • २०७८ भाद्र ३, बिहीबार १३:०४
  • In "BannerNews"
  • वामपन्थीहरू सरकारबाहिर हुँदा ५ बर्ष काङ्ग्रेस सत्तामा
  • २०७८ भाद्र ३, बिहीबार १३:०४
  • In "BannerNews"
  • प्रचण्डलाई सरकार टीकाउन सकस
  • २०७८ भाद्र ३, बिहीबार १३:०४
  • In "BannerNews"
Tags: #अपराध#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

नेपालका जनतासङ भारतको साझा साँस्कृतिक र भाषिक सम्बन्धको एकजुटता

महन्थ नेतृत्वको ‘जसपा लोकतान्त्रिक’का यि हुन् २४ कार्यकारिणी सदस्य

फेसबुकमा नयाँ विषेशता थपिदै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version