• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

धनुषा : प्रेममा फसेकी किशोरी विवाहअघि नै जन्माइन् बच्चा, पाल्न धौ धौ


धनुषा : प्रेममा फसेकी किशोरी विवाहअघि नै जन्माइन् बच्चा, पाल्न धौ धौ

जनकपुरधाम : विवाह अगावै बच्चा जन्माएकी धनुषाको औरही गाउँपालिका ६ की १६ वर्षीया किशोरी विचल्लीमा परेकी छन् । प्रेममा परेकी मण्डल थरकी ति किशोरी गर्भवती भएपछि नै प्रेमी फरार भए । यद्दपी उनी गर्भ फालिनन् । साउन ८ गते उनी अस्पतालमा बच्चाको जन्म त दिइन् । तर अब बच्चालाई कसरी हुर्काउने भन्ने उनलाई चिन्ता छ ।

ति किशोरीले स्थानीय रबिन्द्र मण्डलले आफूलाई गर्भवती बनाएर फरार भएको बताएकी छन् । गर्भ बसेपछि रबिन्द्र अचानक सम्पर्क विहिन भए । त्यसपछि किशोरीले बाध्य भएर आफ्न्तलाई सबैकुरा बताएकी थिइन् । घटना सार्वजनिक भएपछि गाउँमा पटक पटक समाजका अगुवाहरुले फरार केटाका आमा–बुवालाई बोलाएर छलफल गराए । तर रबिन्द्रका आमा–बुवाले ति किशोरीलाई बुहारी बनाएर राख्न तयार भएनन् ।

स्थानीयका अनुसार रबिन्द्रका आफ्न्तले ति किशोरीलाई गर्भ फालेपछि ५ लाख रुपैया दिनेसम्मको प्रलोभन दिएको थियो । तर किशोरीले रबिन्द्रले विवाह गर्ने वाचा गरेका कारण उनीसँगै बिहे गर्ने अडान छाडेनन् । अहिले पनि उनी रबिन्द्रसँगै जीवन विताउने बताउँछिन् । तर रबिन्द्र अझै सम्पर्कमा आएका छैन । बिवाह नभएकै अवस्थामा उनी बच्चा जन्माएपछि समाजले उनलाई नराम्रो दृष्टिले हेर्न थालेको छ ।

ति किशोरीको घरमा कमाउने कोही छैन । आमा अरुको घरमा मजदुरी गरेपछि जसोतसो परिवार पाल्छन् । उनको बुवाको तीन वर्ष अगाडी नै निधन भइसकेको छ । आर्थिक विपन्नताका कारण जन्म दिएकी बच्चालाई पाल्न उनलाई धौ–धौ परेको छ । १६ वर्षकै कलिलो उमेरमै किशोरीले बच्चा जन्माएका कारण कुपोषणको सिकार हुने सम्भावना पनि छ । चिकित्सकले पौष्टिक आहार खान भनेका छन् । तर उनी आर्थिक विपन्नताका कारण उनी पौष्टिक आहार खान पाएकी छैन । उनलाई तत्कालै आर्थिक सहयोगको खाँचो देखिएको छ ।

अस्पतालमा अप्रेशन गरी बच्चा जन्माउनु परेका कारण ६५ हजार रुपैया खर्च भयो । गाउँकै एक जनासँग सयकडा ४ रुपैयाँ ब्याज दिने सर्तमा ऋण लिएर उनी अस्पतालको बिल तिरेको बताइएको छ । प्रेमको नाममा धोका दिने रबिन्द्रमाथि उनी सुरुमा ईलाका प्रहरी कार्यालय औरहीमा निवेदन दिएकी थिइन् । त्यहाँका प्रहरीले कुनै चासो देखाएनन् । त्यसपछि उनी जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिइन् । जिल्ला प्रहरीले पनि अहिलेसम्म रबिन्द्रलाई पक्राउ गर्न सकेका छैन । पीडित किशोरीले रबिन्द्रलाई पक्राउ गरेर कारबाही गर्नुभन्दा पनि उनीसँगै घरमा बस्ने वातावरण बनाइदिनुपर्ने बताउँछिन् ।

यता, जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी जितेन्द्र बस्नेतले युवकले गर्भवती बनाएर फरार भएको अवस्थामा बच्चा जन्माइसकेपछि किशोरीले अदालतमा जर्वजस्ती करणी मुद्दा वा नाता कायम सम्बन्धी मुद्दा दिन सकिने बताए । उनले भने, ‘यदि किशोरीले बच्चा माइतमै बसेर हुर्काउन चाहेकी छन् भने अदालतमा जर्वजस्ती करणी मुदा दर्ता गराउन सक्छिन् । र केटासँग बस्न चाहेको अवस्थामा नाता कायम गराउने सम्बन्धी मुद्दा हाल्नुपर्छ । त्यपछि मात्र उनी न्याय पाउने छिन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रेमी फरार, आमा बच्चा बिचल्लीमा
  • २०७८ श्रावण २५, सोमबार १३:४८
  • In "BannerNews"
  • १२ लाखको ‘डिल’ गर्दै किशोरीलाई भारत लाने तीन पक्राउ
  • २०७८ श्रावण २५, सोमबार १३:४८
  • In "समाचार"
  • बलात्कारबाट गर्भवती भएकी बालिकालाई बाबुले सडकमै छाडेर भागे
  • २०७८ श्रावण २५, सोमबार १३:४८
  • In "कोशी प्रदेश"
Tags: #अपराध#समाजिक#स्वस्थ-जीवनशैली

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

Next Post

राजर्षि जनक विश्वविद्यालयका ‘पेपर कन्ट्रयाक्ट’ शिक्षक आन्दोलित

अमेरिका र चीन बिच ; शितयुद्व हैन निकै जटिल परिस्थिति हो

पाकिस्तानमा हिन्दु मन्दिरमाथि आक्रमण सहन नसकिने भनी हिन्दुवादी संगठनहरुको विरोध शुरु

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version