• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

“कोभिड – १९ को प्रकोपमा चीनको कुटनैतिक चाल”


सीसीपीको १०० वर्ष : संकटमा कम्युनिस्ट पार्टी, सोचमग्न सी जिनपिङ

SKOREA CHINA XI

विश्व मानव समाज यस सयम ठूलो महामारीको चपेटमा परेको छ । यस महामारीमा असंख्य मानिसहरुले आफ्नो प्राण गुमाएको कुरा हामी सबैलाई थाहा नै छ । यस महामारीबाट मुक्ति पाउन पुरा विश्व समाज लागि परेका छन् । कोभिड–१९ लाई दोस्रो विश्वयुद्ध पछि सबैभन्दा चुनौतीपुर्ण संकटको रुपमा लिएको छ, र यसलाई विश्व व्यवस्थाको मृत्युको रुपमा पनि लिइन्छ । विकसित देशहरुले यसको गम्भीर प्रभावलाई जवाफ दिन सक्ने क्षमता भए पनि नेपाल जस्ता विकासोन्मुख राष्ट्रहरुमा महामारी र यसको विरुद्ध लड्न पर्याप्त स्रोत छैन । यसैगरी खोप (भ्याक्सिन) उत्पादन गर्ने देशहरुलाई आफ्नै आवादीका लागि लाखौं डोज आवश्यक पर्दछ , र बाँकीलाई उनीहरु आफ्नै हितको लागि प्रयोग गर्दैछन् । यसमा बाँकी देशहरुलाई छोडेर भारतले मात्र विश्वव्यापी खोपको आफूलाई चाहिएको अधिकांश मात्रा उत्पादन गर्ने क्षमता राख्दछ । यसै सन्दर्भमा भन्नुपर्दा अरु देश सरह चीनले पनि खोप (भ्याक्सिन) तयार गरेको छ । अनि यसैको आडमा ठुलो कुटनैतिक चाल चल्दैछ ।

नेपालको कोभिड–१९ खोप (भ्याक्सिन) समस्याहरु विश्वव्यापी खोप असमानताले मात्र होइन, यसको राजनितिक संकट, कूटनितिकमा असफलता, कुप्रवंधन र भ्रष्टाचार मुद्दाहरुको कारणले बनेको छ । खरीद प्रक्रियामा असक्षमता, राजनितिज्ञ र व्यवसायीहरुको कमिशन खोज्ने व्यवहार र चीनले खुलासा नगरेको सम्झौताहरुले गर्दा खोप खरीदमा ठूलो ढिलाई हुनु पुग्यो । यसैबीच कोरोना भाइरस संक्रमणको तीब्र वृद्धिको बीच मृत्युदर पनि बढिरहेको थियो । काठमाडौं राजधानी शहर अनि देशका अन्य भागहरुमा कोभिड–१९ खोप (भ्याक्सिन) को अपारदर्शी र असमान वितरणले पनि मानिसहरुमा रिस र निराश लयाइरहेको छ । यसैबिच फेरी चीनले कुटनैतिक चाल चल्यो कि चीनमा उच्च डिग्री लिने विद्यार्थी तर महामारीको कारण नेपालमा अड्किएका नेपाली विद्यार्थीहरुले पनि चीनियाँ खोप नै लगाएको हुनुपर्दछ । यति मात्र नभएर चीनले ती यात्रुहरुका लागि खोप पासपोर्टहरु पेश गर्यो कि तिनीहरु कोरोनाभाइरस संक्रमणबाट स्वतन्त्र छन  ,भन्ने प्रमाणित गर्नुपर्ने । साथै उनीहरुलाई चीनियाँ खोप लगाएको हुनु पर्ने ।

नेपाल “कोभिड–१९ प्रकोप” को दोस्रो लहरमा परेको बेला खोप कुटनितिलाई प्रभावकारी रुपमा सञ्चालन गर्न असफल भयो । नेपालले हालसम्म धेरै देशहरुबाट सहयोग प्राप्त गरेको छ । यसैबीच भन्नु पर्दा चीनियाँ सरकारले भनेका थिए कि उनीहरु खोप (भ्याक्सिन) दिनको लागि सर्वप्रथम कम विकासोन्मुख देशहरुलाई प्राथमिकता दिनेछन् । यो घोषणा पछाडि चीनले आफ्नो कुटनैतिक चाल चलिरहेको छ । पर्यवेक्षकहरु विश्वास गर्छन् । कि यस मार्फत चीन विश्वमा विग्रदैं गएको आफ्नो छवि सुधार गर्न कोशिस गर्दैछ । चीन आफ्नो छवि अन्राष्ट्रिय फोरममा प्रस्तुत गर्न चाहन्छ । सोच्नुपर्ने कुरा के छ भने, महामारीको शुरु दिनहरुमा चीनले कोरोना भाइरस संक्रमणको उपचारका लागि माक्स र आवश्यक वस्तुहरु निर्यात गर्यो । चीनले खोप (भ्याक्सिन) कुटनितिलाई अर्को अवसरको रुपमा हेरिरहेको छ । अर्कोतिर के हो भन्ने चीनले आफ्नो ‘नरम शक्ति’ बढाउन कोभिड –१९ खोप (भ्याक्सिन) प्रयोग गर्दैछ, जसले गर्दा मध्यम र कम आयु भएको देशहरुमा यो खोप प्राप्त गरेर चीन प्रति ऋणी रहे, भविष्यमा चीन यी देशहरुलाई आफ्नो निजी स्वार्थ पुरा गर्न प्रयोग गर्न सकिने छ । नेपालमा आन्तरिक राजनैतिक समस्याले ग्रसित छ । राजनैतिक उथलपुथलले गर्दा प्रधानमन्त्री अहिले शेरवहादुर देउवा बनेको छ ।

प्रधानमन्त्री शेरवहादुर देउवालाई बधाई दिन पुगेकी थिई चीनियाँ राजदुत हऊ यान्की । प्रधानमन्त्री नियुक्त भएको ४ दिन पछि नै चीनियाँ राजदुत यान्की देउवालाई भेट्न सरकारी निवास बालुवाटार पुगेकी थिइन् । परराष्ट्र मन्त्रालयका अनुसार भेटका क्रममा राजदुत यान्कीले थप ६ लाख डोज भ्याक्सिन अनुदानमा नेपाललाई उपलब्ध गराउने निर्णय चीन सरकारले गरेको जानकारी गराएकी थिइन् । साथै चीनले अगामी दिनमा पनि अझै सहयोग गर्ने आश्वासन दिएका छन् । उपलब्ध गराएको कोरोना खोप (भ्याक्सिन) लिएर निकै दुविधा रहेको थियो ।  फेरी पनि चीनको राजदुतले खोप प्रदान गर्ने तत्परता देखाउँदै नयाँ प्रधानमन्त्री सँग भेट गर्नुको पछि पनि निश्चित रुपमा केही रहस्य रहेको हुन सक्छ । भन्ने पर्यवेक्षकहरुको भनाई छ ।

नेपालले भारतको सेरम इन्स्च्यिुटले निर्मित एस्ट्राजेनेका प्रकारको खोप, कोभिसिल्डको १० लाख डोजबाट खोप अभियान शुरु गरेको थियो । यसैबीच सिनोफर्म कोभिड–१९ खोप खरिदको बारेमा नेपालले चीनसँग एक खुलासा नगर्ने सम्झौतामा हस्ताक्षर गर्नुपर्यो यद्यपी क्षेत्रिय प्रकाशकको एक प्रतिवेदनले दुई मन्त्री र दुई सरकारी सचिवको पुष्टि भएको भन्दै खरीद मूल्यको खुलासा गरेको छ । कोरोना भाइरस रोगलाई प्रति डोज १० डलरको मूल्य नेपाललाई खोप बेच्ने चीनले काठमाडौंमा असन्तुष्टि जनाएको केही क्षेत्रिय मिडिया प्रकाशकहरुले खरीद मूल्य खुलाएपछि समाचार एजेन्सी लेखमा चीनले हिमालयन राष्ट्रलाई कोभिड–१९  महामारीको दोस्रो लहरसँग लड्न मद्दत गर्न नेपाललाई बेचिरहेको सिनोफर्म खोपको मूल्यको खुलासा गर्यो । प्रतिवेदनमा उल्लेख गरे अनुसार नेपालमा चिनीयाँ सिनोफर्म भ्याक्सिनको लाखौ डोज खरिद गरिरहेको छ । जसको अनुमानित लागत १० डलर वा करिब ७४१ रुपैयाँ प्रति खुराक हो । अधिकारीहरुले पुष्टि गरे अनुसार सिनोफर्मले नेपाल सरकारले खोप खरीदको प्रचारमा अप्रसन्नता जनाएको थियो । अधिकारीहरुले भने अनुसार काठमाडौंमा चीनियाँ दुतावासले नेपालको विदेश मन्त्रालयलाई सम्झौताको प्रकृति बारे बुझाएको थिए । यद्यपि, चीनको शर्त यस्तो थियो कि गैर खुलासा सम्झौता लगाउनु, नेपालका लागि असामान्य अवस्था हो किनकि देशका कानुनहरुले सार्वजनिक खरीदमा गैर–खुलासा सम्झौताको प्रावधान राखेको छैन ।

चीनले दक्षिण एशियामा खोप (भ्याक्सिन) कूटनितिक गरिरहेका छन् । गत महिना चीनले पाकिस्तान, श्रीलंका, नेपाल बङ्गलादेशलाई खोप दिने प्रस्ताव राखेका थिए । महामारीको विनाशकारी नयाँ लहर र खोपहरुको अभावको कारण, दक्षिण एशियाका साना राज्यहरुले आफ्नो खोप कार्यक्रमहरु तीब्र पार्न खुराक सुरक्षित गर्न चीनतर्फ लागेका छन् । यसैबीच बंगलादेशले भारतलाई कोभिड–१९ खोप (भ्याक्सिन) र गरिबी निवारणको लागि चीनको नेतृत्वमा दक्षिण एशियाको पहलमा सामेल हुन आमन्त्रित गरेको थियो । यसमा चीन दक्षिण एशियाई देशहरुमा आपतकालिन आपूर्ति रिजर्भ र चीनमा स्थापना गरिएको गरीबी उन्मूलन र सहकारी विकास केन्द्रको निर्माण समावेश गरिएको छ । यस पहलमा अफगानिस्तान, बंगलादेश, नेपाल, पाकिस्तान र श्रीलंका सामेल छन् । भारत, भुटान र मालद्वीप र अन्य  सार्क देशहरुमा यस पहलमा सामेल गरिएको छैनन् ।

जे होस कोभिड–१९ महामारी स्वास्थ्य संकट हो, राजनैतिक र भू–राजनीतिले यसको प्रतिक्रियामा भूमिका खेलेको छ । क्षेत्रीय र वैश्वक शक्तिहरुले स्वास्थ्य संतुलनलाई क्यालिब्रेट गर्न र शक्ति सन्तुलनलाई पुनः प्राप्त गर्न प्रयास गरीरहेका चीनले यस अवसरलाई क्षेत्रका लागि प्रदायकको रुपमा आफ्नो स्थान स्थापना गर्न प्रयोग गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • रुसले बनाएको कोरोना भ्याक्सिन विश्वभर कसरी प्रयोगमा ल्याइँदैछ ?
  • २०७८ श्रावण १९, मंगलवार १६:०१
  • In "स्वास्थ्य"
  • परीक्षणको नतिजासम्म उपलब्ध गराउने चिनियाँ खोप किन लगाउने ?
  • २०७८ श्रावण १९, मंगलवार १६:०१
  • In "देश"
  • चीनमा आक्रामक रुपमा बढ्दै कोरोना संक्रमण, बेइजिङले बनाएको खोप नै काम नलाग्ने, जनताहरु सडकमा
  • २०७८ श्रावण १९, मंगलवार १६:०१
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

हिरासतमा थुनुवा मृत्यु प्रकरण : पीडित परिवार शव बुझ्न तयार, ड्युटीमा खटिएका प्रहरी निलम्बित

पाकिस्तानमा आर्थिक सङ्कट आएपछि प्रधानमन्त्रीको निवास भाडामा लगाइँदै

हुलाकी राजमार्गको ६५ प्रतिशत काम सम्पन्न

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version