• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

एसईई २०७६ नतिजाको शल्यक्रिया !


एसईई २०७६ नतिजाको शल्यक्रिया !

नतिजाको अपमान गर्नु संवेदनाहीनताको पराकाष्ठा हो

सिङ्ग लामा

एसईई २०७६ मा ४ जीपीए ल्याउने विद्यार्थी संख्या गतवर्षको १०६ बाट यसपालि ९,३१८ जना पुग्दा कतिले ‘आफ्नो हात जगन्नाथ’ कतिपयले ‘विनापरीक्षा ४ जीपीए’ भन्दै खिल्ली उडाए ।

विगतमा उत्तरपुस्तिका परीक्षण गर्दा ए प्लस ग्रेड आउने अंक दिए सम्परीक्षणमा बोलाइने भएकाले झन्झट छल्न धेरै परीक्षकले अधिकतम ए मात्र दिने अभ्यास प्रचलित थियो । नेपाली, सामाजिक, अंग्रेजीजस्ता भाषिक–सैद्धान्तिक विषयहरूमा त ए प्लस दिनै हुँदैन भन्ने मान्यता हाबी थियो ।

यसै कारणले गर्दा योग्यता भएर पनि ४ जीपीए नपाएर धेरै विद्यार्थी पीडित थिए भन्दा अत्युक्ति नहोला । यसपालि विषय शिक्षक स्वयंले आफैँ जिम्मेवार भएर विद्यार्थीको योग्यताअनुसार अधिकतम अंक दिन मिल्ने अवस्था सिर्जना भएपछि साविकभन्दा बढी विद्यार्थीले ४ जीपीए ल्याउनु सामान्य कुरा हो ।

यद्यपि, नतिजाको तथ्याङ्क हेर्दा केही विद्यालयमा ४ जीपीए मोह अलि बढी नै भएर ‘आफ्नो हात जगन्नाथ’ गरेको पनि देखिन्छ । शतप्रतिशत विद्यार्थीको ४ जीपीएले सिकाइको सिद्धान्त, शिक्षा मनोविज्ञान र बहुआयामिक बुद्धिमता सिद्धान्तकै खिल्ली उडाएको छ ।

नतिजाको अपमान गर्नु भनेको संवेदनाहीनताको पराकाष्ठा हो । विद्यालयहरूको गल्तीको सजाय विद्यार्थीले पाउनुहुन्न । विद्यालयहरूलाई नै कठघरामा उभ्याइनुपर्छ ।

हाम्रो मूल्याङ्कन पद्धतिले मूल रूपमा शाब्दिक–भाषिक र तार्किक–गणितीय बुद्धिमताको परीक्षण गर्ने भएकोले सबै विद्यार्थी उत्तिकै उत्कृष्ट देखिनु सम्भव छैन । केही विद्यालयले भने मौका परेको बेला चौका हानेर त्यसलाई सम्भव बनाइदिए । तर, यसले उनीहरूलाई बुद्धिमान होइन, हाँसोको पात्र बनाएको छ ।

यसबाट ती विद्यालयहरूको इमानमाथि नै नैतिक प्रश्न उब्जिएको छ । बाध्यतावश इतिहासमा पहिलो पटक यसपालि सरकारले विद्यालय र शिक्षकहरूलाई सबैभन्दा ठूलो विश्वास गरेको थियो । ती विद्यालय र शिक्षकले यो विश्वास बोक्न सकेको भए नेपालको परीक्षा प्रणाली नै रूपान्तरित हुन सक्ने अवसर थियो । तर, केहीको लालचले सिङ्गो क्षेत्रको बदनाम हुन गएको छ ।

आन्तरिक मूल्याङ्कनको कार्यविधिले मूलतः अन्तिम परीक्षालाई आधार मान्न खोजेको तर कक्षा १० को योग्यता वा टेस्ट परीक्षा लिन नपाइने गरी विगतमा नै निर्देशन जारी भएको परिप्रेक्षमा विद्यालयको आफ्नै मूल्याङ्कन अन्तिम हुने भएकाले मूल्याङ्कनकर्ता शिक्षकको अख्तियारीमा अत्यन्त तीक्ष्ण क्षमताका विद्यार्थीहरूको अंकमा केही उदार हुनु अस्वाभाविक होइन । तर, सतहमा आएको अस्वाभाविकताको स्वाभावीकरण हुन सक्दैन र गर्नु हुँदैन पनि ।

मूल्याङ्कन पद्दति कस्तो थियो त ?

हाम्रो प्रश्नपत्र निर्माण, उत्तर कुञ्जिका र परीक्षण विधिमा खासै वैज्ञानिक प्रारूप र आधार छैन । त्यसका लागि शिक्षणमा पाठ्यक्रमको सिकाइ उद्देश्य र मूल्याङ्कनमा सिकाइ उद्देश्य अनुरूप मानक रुब्रिक्स आवश्यक हुन्छ ।

हाम्रो पाठ्यक्रमले निर्दिष्ट गरेको सिकाइ उद्देश्य नै मूलतः ‘भन्न सक्नेछन्, चिन्न सक्नेछन् र व्याख्या गर्न सक्नेछन्’मा रुमलिएको छ । ज्ञानको बहुआयामिक संरचना, सिर्जना र प्रयोगको लागि यथेष्ट स्थान छैन । त्यसमाथि हामीकहाँ न पाठ्यक्रमको आधारमा शिक्षण हुन्छ न त प्रश्नपत्र निर्माण नै पूर्ण रूपमा त्यसमा आधारित हुन्छ ।

यी दुवैमा किताब हाबी हुन्छ । परीक्षणमा परम्परागत उत्तर कुञ्जिकाको प्रयोग त छ तर त्यसको जानकारी जसले परीक्षा दिने हो, उसलाई छैन । विद्यार्थीमाथि यस्तो अन्याय राम्रो शिक्षा भएको संसारका कुनै देशमा छैन ।

परिणाम, एउटै उत्तर पुस्तिका ५ जना शिक्षकले जाँच्दा ५ थरी अंक आउँछ, त्यो पनि १०० मा ६० अंकभन्दा बढीको फरक सहित । अध्ययनले पुष्टि गरेको यो तथ्यलाई हामी मूल्याङ्कन भन्छौं र विद्यार्थीलाई दोष दिन्छौं । हिजोको मूल्याङ्कन त झन् समस्यै समस्याको पोको थियो ।

९,३१८ जना, साँच्चै बढी हो त ?

४,७२,०७८ जना योग्य परीक्षार्थीमध्ये ४ जीपीए ल्याउने ९,३१८ जना हुनु भनेको १.९७ प्रतिशत मात्रै हो । शिक्षाको राष्ट्रिय गुणस्तरको हिसाबले यो एकदमै नगण्य हो । गत वर्षहरूको भन्दा अस्वाभाविक वृद्धिचाहिँ पक्कै हो ।

यसअघि २०७४ मा १७५० प्रतिशत वृद्धि भएको रहेछ । यो वर्ष ८,६९१ प्रतिशत वृद्धि भएको देखिन्छ । वृद्धिदर भयानक हो । तर, समग्रमा ४ जीपीएको संख्या एकदमै न्यून हो । जसले नेपालको शैक्षिकस्तरलाई गिज्ज्याइरहेको छ ।

यसमा बिर्सन हुने तथ्य के हो भने लेटर ग्रेडिङ पद्दति कार्यान्वयन कार्यविधि २०७२ ले ३.६५ देखि ४ जीपीएसम्मको नतिजालाई समान मानेर ग्रेड सिटमा एउटै व्याख्या वा डिस्क्रिप्टर निर्धारण गरेको छ । तसर्थ, सरकारको स्तरीकरण अनुसार ४ जीपीए मोहको कुनै औचित्य छैन ।

विषयगत रूपमा ४ ग्रेड प्वाइन्टभित्र १० अंकको फरक हुन्छ । ‘कट–थ्रोट’ अंकको कारणबाट हुने अस्वस्थ प्रतिस्पर्धा निर्मूल गर्न यो व्यवस्था ल्याइएको हो । तर पूर्णाङ्कको अवधारणामा हुर्केको हाम्रो समाज ४ जीपीए पनि पूर्णाङ्क हो भन्ने भ्रममा छ । कक्षा ११ मा भर्ना लिने विद्यालयहरू पनि यही भ्रम पालेर बसेको देखिन्छ ।

अब के गर्न सकिन्छ ?

विश्वका सबैजसो उत्कृष्ट विद्यालय र विश्वविद्यालयहरूको पाठ्यक्रम गतिशील हुन्छ, जसको निर्माणमा समेत शिक्षक वा फ्याकल्टी स्वयंको सहभागिता हुने गर्छ ।

निरन्तर निर्माणात्मक मूल्याङ्कनका थुप्रै विधिहरूबाट सिकाइका चरण र प्रक्रिया तथा योगात्मक परीक्षाबाट समष्टिगत मूल्याङ्कन गर्दै शैक्षिक उपलब्धि पूरा गराउने सम्पूर्ण जिम्मेवारी पनि शिक्षक स्वयंकै हो जसको पञ्जीकरणमात्र विश्वविद्यालयको परीक्षा विभाग, रजिस्ट्रार वा बोर्डले गर्छ । यसरी तयार हुन्छ संसारकै उत्कृष्ट जनशक्ति ।

आज कतिपय प्रयोगात्मक परीक्षा समेत खुल्ला किताब प्रणालीबाट हुने गर्छ । पढाइका अलावा २१औं शताब्दीका क्षमताहरू र भावी पेसा वा उद्यमशीलताका सम्भावनाहरूको समेत निरन्तर मूल्याङ्कन हुने गर्र्छ ।

हरेक मूल्याङ्कन स्तरीकृत रुब्रिक्सको आधारमा मात्र हुन्छ र त्यसको जानकारी विद्यार्थीलाई दिइरहनुपर्छ । रुब्रिक्सको राज्यस्तरीय स्तरीकरण समेत हुने गर्छ । यस्तो स्तरीकृत रुब्रिक्सको प्रयोगबाट मूल्याङ्कनमा हुने अन्तर एकदमै न्यून वा नगण्य हुन्छ । जुन परीक्षकले परीक्षण गरे पनि उस्तै नतिजा आउँछ जसबाट मूल्याङ्कनको रिलायबिलिटी र भ्यालिडिटी कायम हुन्छ ।

हामीले नेपालमा पनि शिक्षामा रूपान्तरण गर्ने हो भने शिक्षक र विद्यालयलाई यसका लागि योग्य र सक्षम बनाउनुपर्छ । सिकाइको मूल्याङ्कन मात्र होइन, सिकाइका लागि मूल्याङ्कन पनि सँगसँगै लैजानु जरुरी छ । यसका लागि विविधिकृत निरन्तर निर्माणात्मक पद्धति स्थापित गर्नुपर्छ ।

बेइमानी हुन नसक्ने आधारहरू र दण्ड सजायको यथेष्ट व्यवस्था गर्दै निरन्तर निगरानी–नियमन मात्र गरे पर्याप्त हुन्छ । यसो भयो भने शिक्षकले गुमेको सम्मान फिर्ता पाउँछन् । सिकाइप्रति विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावक सबै जिम्मेवार बन्नेछन् ।

निजीले बढी मनोमानी गरे त ?

हालसम्म उपलब्ध तथ्यांकले यसको संकेत त गर्छ तर पुष्टि गर्ने सम्पूर्ण तथ्याङ्क अहिलेसम्म उपलब्ध छैन । यसको अध्ययन जरुरी छ । यस्तो बेइमानी कतैबाट पनि हुनुहुन्न ।

नेपालको शिक्षामा एउटा सत्य के पनि हो भने तुलनात्मक रूपमा निजीको नतिजा आफैँमा बढी उत्कृष्ट छँदै थियो । एसईई २०७५ लाई हेर्ने हो भने जीपीए ३.६५–४ वा बोलीचालीको भाषामा ए प्लस ल्याउने कूल १७,५८० विद्यार्थीमध्ये निजीका १४,७८८ (८४.१२ प्रतिशत) थिए । र पनि यस वर्षको ४ जीपीएको वास्तविकता खोजी गरिनु आवश्यक छ ।

विरोध, अपमान र विद्यार्थी मनोविज्ञान

बढेको ४ जीपीएको नतिजालाई ‘सित्तैमा पाएको’, ‘नदिएको परीक्षाको नतिजा’, ‘कोरोना ब्याच’ आदिको ट्याग भिराउँदै सामाजिक सञ्जाल अतिरञ्जित छ । हिजो परीक्षाको नतिजा अपेक्षा गरिएअनुसार नआउँदा विद्यार्थीहरूले आत्मदाह गर्ने गरेको नबिर्सौं ।

तपाईंको निकृष्ट टिप्पणी कुनै विद्यार्थीको प्राणमाथि प्रहार नहोस् । आफूलाई यही ब्याचको इमान्दार विद्यार्थीको रूपमा कल्पना गर्दै सोचौं– उनीहरूको कुनै गल्ती या अपराध छ र ? कोरोना महामारी फैलिनुमा उनीहरू दोषी हुन् त ?

यसपालि परीक्षा केन्द्रमा पुगिसकेका विद्यार्थीहरू फर्काइएका हुन् । त्यसपछिको अन्योल, त्रास र जोखिमका बीच पनि उनीहरू निरन्तर परीक्षाको तयारीमा जुटिरहेका थिए । यसबीचमा भएका थुप्रै अनलाइन–अफलाइन छलफलमा विद्यार्थीहरूले परीक्षा लिनु नै सर्वोत्तम भएको विचार दिएका थिए । त्यसरी बोल्नेहरू ४ जीपीएलाई लक्ष्य बनाएका हुन्थे ।

उनीहरूले तपाईं ठूलाहरूले जस्तो सडक जाम गरेनन्, टायर जलाएनन्, ढुङ्गामुढा गरेनन् । न त नेपाल बन्दको आह्वान गरे । किनकि उनीहरू आफ्नो भविष्यप्रति चिन्तित थिए । अहिले उनीहरूको नतिजाको अपमान गर्नु भनेको संवेदनाहीनताको पराकाष्ठा हो ।

विद्यालयहरूको गल्तीको सजाय विद्यार्थीले पाउनुहुन्न । विद्यालयहरूलाई नै कठघरामा उभ्याइनुपर्छ । विद्यार्थी भाइबहिनीहरू पनि यस्ता अविवेकी आक्षेप र लान्छनाबाट कति पनि विचलित हुनुहुन्न । बरु, असल, सुसंस्कृत र अग्रगामी विद्यार्थीको रूपमा उदाहरणीय सफलताको तयारीमा लाग्नुपर्छ ।

तपाईंहरू फलाना वैज्ञानिक, आविष्कारक, चिकित्सक, उद्योगी, उद्यमी, शिक्षाकर्मी, आदि भएको अबको १० वर्षमा सबैले देखून् । अनि तपाईंहरू भन्नुस्– ‘म एसईई २०७६ ब्याचको हुँ ।’ तपाईंहरूको क्षमता र सम्भावनामा म पूर्ण रुपमा विश्वस्त छु । हार्दिक शुभकामना ।

(लामा भक्तपुरको गोल्डेन गेट इङ्गलिस सेकेण्डरी स्कुलका प्रिन्सिपल हुन् ।) onlinekhabar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • एसइईमा ‘ए’ प्लस ल्याउने विद्यार्थीलाई मासिक भत्ता
  • २०७७ भाद्र ४, बिहीबार १६:१७
  • In "BannerNews"
  • एसईई अब विद्यालयले लिन नपाउने
  • २०७७ भाद्र ४, बिहीबार १६:१७
  • In "देश"
  • एसईई नतिजा : ३.६ देखि ४ जीपीए ल्याएर ९ हजार ६३३ विद्यार्थी उत्तीर्ण (विवरणसहित)
  • २०७७ भाद्र ४, बिहीबार १६:१७
  • In "BannerNews"

Netramani Singh

सम्बन्धित खबर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

Next Post

प्रदेश २ : अनुदानको सोलार पम्पसेटमा करोडौको अनियमितता

राष्ट्र बैंकको निर्देशनको भोली पल्टै बैंकका शाखा कार्यालयहरु बन्द

कोरोना संक्रमितको संख्या साढे २९ हजार नाघ्यो, २४ घन्टामा थप ७०७ जनामा संक्रमण

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version