• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

खुशी हुन के गर्ने ?


खुशी हुन के गर्ने ?

सुखानुभूतिका सन्दर्भमा धेरै अध्ययन भएको पाइन्छ । अध्यात्म र विज्ञान दुवैले सुख वा खुशीलार्ई कसरी अनुभूति गर्न सकिन्छ भन्ने विषयमा विभिन्न खालका धारणा प्रस्तुत गरेका छन् ।

साधारणतया खुशीलाई एक विशेष घटनासँग जोडेर हेर्ने गरिन्छ भने सुखलाई निरन्तर प्रक्रियाको रुपमा हेर्ने गरिन्छ । अर्थात् जो लामो समयसम्म खुशी छ उसलाई सुखी भन्न सकिन्छ । जो कोही मानिस सुख प्राप्तिको निम्ति तल्लीन हुन्छ । तथापि प्रायः मानिसहरू दुःखी भेटिन्छन् । कारण सोध्ने हो भने हरेकसँग अनेक कारणहरू भेटिन सक्छन् ।

तर तपाईं दुःखी हुनुको प्रमुख कारण भनेको तपाईं खुशी हुन नचाहनु हो । धेरैले भन्नुहोला यो झुट हो । यो केही हदसम्म ठीक पनि हो तर  हामीले आफ्ना बानीहरूलाई यसरी विकसित गरेका छौं कि हामी चाहेर पनि खुशी हुन सक्दैनौं । त्यसो हो भने खुशी हुन के गर्ने ? यो प्रश्नको उत्तर खोज्ने प्रयत्न गरौं ।

खुशी हुन नसक्नुका दुई कारण छन् । एक– आन्तरिक, दोस्रो– वातावरणीय वा बाह्य कारण । हामी वातावरणीय कारणलाई प्रमुख ठान्ने गर्छौं । जस्तै कि आफ्नो नजिकको मान्छेले तपाईंको इच्छा विपरीत कुनै कार्य गर्नु, धोका दिनु वा कहिलेकाहीं तपाईंले भन्दै नभनेका भावना बुझ्न नसक्नु लगायतका कारणले तपाईंले दुःखी अनुभव गर्नुहुन्छ ।

वातावरणमा जस्तो परिस्थिति आए पनि आफूलाई शान्त र धैर्य राख्न सक्नु नै वास्तविक सुख हो । यो कुरालाई बुझ्न र कार्यान्वयन गर्न निश्चय नै केही समय लाग्न सक्छ । किनकि हामीले सत्य मानिरहेको कुरालाई नकार्दै नयाँ ढाँचामा ढल्न केही कसरत गर्नैपर्ने हुन्छ ।

अझ कतिपय अवस्थामा त कसैले ठूलो स्वरमा बोल्यो मात्रै भने पनि हाम्रो मन दुख्छ । कति कुराहरू त हामीसँग सम्बन्धित नहुँदा पनि हामी खराब महसुस गरिरहेका हुन्छौं । जस्तै कि कोभिड महामारीमा आफू सुरक्षित रहँदा पनि मृत्युदर बढेको खबरले हामीलाई त्रसित तुल्याउँछ, फलस्वरुप हामी दुःखी हुन पुग्छौं ।

वातावरणमा हुने हाम्रा इच्छा विपरीतका घटनाहरूले हामीलाई दुःखी तुल्याउँछन्, जुन घटना हाम्रो नियन्त्रण बाहिरका हुन्छन् । आन्तरिक रुपमा हेर्ने हो भने हामी विगतमा रुमल्लिएर वा भविष्यको चिन्ता गरेर पनि दुःखी बनिरहेका हुन्छौं । हामीमध्ये कति त हुनै नसक्ने प्रकृतिका समस्याहरूको कल्पना गरेर समेत दुःखी बनिरहेका हुन्छौं ।

खुशी हुनका लागि सबैभन्दा पहिले यो बुझ्न जरुरी छ कि वातावरणमा हुने घटना र हाम्रो खुशी अन्तरसम्बन्धित विषय होइनन् र वातावरणमा घट्ने घटनामा हाम्रो नियन्त्रण पनि हुँदैन । तर यी परिस्थितिमा हामीले जनाउने प्रतिक्रियामा हाम्रो नियन्त्रण रहन्छ ।

त्यसैले कुनै परिस्थिति विशेषले कसैलाई एकदम ठूलो चोट पुर्‍याउँछ भने सोही विषयले कसैलाई केही असर समेत गर्दैन । यस अर्थमा खुशी नितान्त हाम्रो सोच वा हामीले जनाउने प्रतिक्रियाद्वारा निर्मित हुने विषय हो ।

वातावरणमा जस्तो परिस्थिति आए पनि आफूलाई शान्त र धैर्य राख्न सक्नु नै वास्तविक सुख हो । यो कुरालाई बुझ्न र कार्यान्वयन गर्न निश्चय नै केही समय लाग्न सक्छ । किनकि हामीले सत्य मानिरहेको कुरालाई नकार्दै नयाँ ढाँचामा ढल्न केही कसरत गर्नैपर्ने हुन्छ । तर यो सम्भव छ, भन्ने नयाँ चिन्तनले तपाईंलाई विषम परिस्थितिमा पनि सकारात्मक रहन प्रेरित गर्नेछ ।

यसबाहेक हाम्रो दैनिकीमा सामान्य फेरबदल कसरत र योग, स्वस्थ्य खाना, साँझ बिहान भगवानसँग प्रार्थनाले हामीलाई फूर्तिलो तथा मानसिक रुपले बलियो बनाउँछ । आजको समयमा त अनावश्यक र अत्याधिक मात्रामा नकारात्मक सूचनाको प्रवाहले हामीमा यस्तै सूचना ग्रहण गर्ने बानी परेको छ । यसले गर्दा पनि हामीमा कुनै पनि घटनाप्रति नकारात्मक दृष्टिकोण र पूर्वाग्रह मिश्रित सोच हाबी हुने गर्छ । त्यसैले सही र आवश्यक सूचनाको मात्र खपत गर्ने बानीको विकासले थकान कम गराइ खुशीको अनुभव गराउँछ ।

समय–समयमा हुने पारिवारिक वा मन मिल्ने व्यक्तिसँगको भेटघाटले पनि आनन्दित तुल्याउँछ । आफ्नो रुचिको क्षेत्रमा नयाँ कुरा सिक्दा पनि हामी खुशी पाउँछौं ।

समग्रमा भन्नुपर्दा सुखी रहन चाहने व्यक्तिले आफ्नो सोचमा आवश्यकता अनुरुपको नियन्त्रण राखेर विषम परिस्थितिमा पनि त्यसको फलस्वरुप प्राप्त भएका पाठहरूलाई याद गरेर शान्त रहने कोशिश गर्नुपर्छ ।

मनको शान्ति नै सुखको रहस्य हो । यसका लागि आफ्ना कमीकमजोरी केलाउँदै स्वचिन्तन् गर्नुपर्छ । यसले एकातर्फ खुशी प्रदान गर्छ भने अर्कोतर्फ व्यक्तित्व विकासमा समेत सहयोग गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नकारात्मक र सकारात्मक भावना कसरी पैदा हुन्छ ?
  • २०७८ असार ६, आईतवार १४:३६
  • In "जीवनशैली"
  • गर्भनिरोधका लागि पुरूषले कस्तो उपाय अपनाउन सक्छन् ?
  • २०७८ असार ६, आईतवार १४:३६
  • In "शिक्षा"
  • तीन औषधि, जसले सम्बन्धलाई प्रेमिल बनाउँछ
  • २०७८ असार ६, आईतवार १४:३६
  • In "जीवनशैली"
Tags: #स्वस्थ-जीवनशैली

नेपाल एक्सन

सम्बन्धित खबर

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

प्रेमीको खोजीमा युवतीले खुलाइन् आवेदन, एकै दिनमा ३ हजारको दरखास्त

Next Post

धनुषामा मदिरा लोड अटो प्रहरी नियन्त्रणमा, चालकसहित ४ जना पक्राउ

बस र मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु

महोत्तरीबाट स्रोत नखुलेको झण्डै ४० लाखसहित सुनचाँदी व्यापारी पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version