• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अब ट्रायल पास गर्नेलाई दुई थरी लाइसेन्स


अब ट्रायल पास गर्नेलाई दुई थरी लाइसेन्स

काठमाडौं । अब सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) २ प्रकारको हुने भएको छ । ट्रायल पास गरेको एक वर्षको अवधिका लागि प्रोभिजनल (परीक्षणकाल) लाइसेन्स र परीक्षणकाल उत्तीर्ण भए मात्र स्मार्ट लाइसेन्स दिइने व्यवस्था यातायात व्यवस्था विभागले गर्न लागेको हो ।सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा ट्रायल पास गरेको शुरुको एक वर्षका लागि परीक्षणकालमा रहने गरी दिइने भन्ने व्यवस्था छ ।

कानूनमा भएको व्यवस्थालाई कडाइका साथ पालना गर्न चालकलाई २ प्रकारको लाइसेन्स दिने व्यवस्था गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक नवराज घिमिरेले बताए ।परीक्षणकालको एक वर्षको अवधिमा चालकले ५ पटक ट्राफिक नियम उल्लंघन गरेमा लाइसेन्स खारेज हुने घिमिरेले बताए । चालकले नियम उल्लंघन गरेको डाटा ट्राफिक र यातायात व्यवस्था विभागसँग उपलब्ध छैन ।

स्मार्ट कार्ड प्वाल पार्न मिल्दैन । तर प्रोभिजनल लाइसेन्स प्वाल पार्न मिल्छ । ट्राफिक तथा विभागले लाइसेन्समा परेको प्वालको आधारमा चालकले कति पटक नियम उल्लंघन गरेको भन्ने विवरण थाहा पाउँछन् ।एक वर्षको परीक्षणकाल अवधिमा ५ पटकभन्दा कम नियम उल्लंघन गर्नेलाई भने स्मार्ट लाइसेन्स दिइनेछ । सडकमा सवारीसाधन गुडाउन योग्य व्यक्तिलाई चालक अनुमति पत्र दिइने हो । नेपालमा विभागले तोकेको मापदण्ड पूरा गरे लाइसेन्स प्राप्त हुन्छ ।

२÷४ दिन मज्जाले ट्रायल सेन्टरमा सिकेको आधारमा लाइसेन्स लिन सकिन्छ ।त्यहाँ सिकेको भरमा चालकले सडकमा ट्राफिक नियमपूर्वक सवारी चलाउँछन् भन्ने सुनिश्चित हुन सक्दैनन् । नयाँ लाइसेन्स लिने चालकले लापरबाही गरेर सवारी सञ्चालन पनि गर्दै आएका छन् । यसले गर्दा दुर्घटना बढी रहेको छ ।नयाँ लाइसेन्स प्राप्त गर्नेलाई ट्राफिक नियम उल्लंघन गर्दा लाइसेन्स खारेज हुन्छ भन्ने ज्ञान दिन एक वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिन लागिएको उनको दावी छ ।

विभागले २०७८ जेठबाटै परीक्षणकालीन लाइसेन्स दिने तयारी गरेको थियो । तर निषेधाज्ञाका कारण योजना अनुसार अघि बढ्न नसकेको उनले बताए ।निषेधाज्ञा खुकुलो भएमा साउन १ गतेबाट पीभीसी कार्डबाट निर्मित लाइसेन्स वितरण शुरु गर्ने विभागको योजना छ । पीभीसी कार्डमा स्मार्ट लाइसेन्सको जस्तो चिप हुँदैन ।

पीभीसी कार्डमा बार कोर्ड हुन्छ । उक्त बारकोडमा स्मार्ट लाइसेन्समा रहेको चिपमा जस्तै सवारी चालकको सम्पूर्ण विवरण हुन्छ ।२०७२ सालदेखि स्मार्ट लाइसेन्स वितरण हुन थालेदेखि विभागले माग अनुसारको आपूत्र्ति दिन सकेको छ ।

हाल पनि ३ लाखको हाराहारीमा स्मार्ट लाइसेन्सको माग छ । नयाँ चालकलाई एक वर्षको अवधिका लागि परीक्षणकालीन लाइसेन्स वितरण गर्दा स्मार्ट लाइसेन्स सहज रुपमा वितरण गर्न सकिने विभागको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • लाइसेन्सको आवेदन अनिश्चितकाल बन्द, ३ लाखले परीक्षा र ६ लाखले कार्ड कुर्दै
  • २०७८ असार ६, आईतवार १४:२४
  • In "देश"
  • लाइसेन्स निकाल्न नयाँ प्रावधान आउँदै, अब सहजै ट्राइल पास गर्न सकिने
  • २०७८ असार ६, आईतवार १४:२४
  • In "देश"
  • चार वर्ष नबित्दै स्मार्ट लाइसेन्स खारेज हुने, यस्तो छ कारण
  • २०७८ असार ६, आईतवार १४:२४
  • In "देश"
Tags: #यातायात

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post

खुशी हुन के गर्ने ?

धनुषामा मदिरा लोड अटो प्रहरी नियन्त्रणमा, चालकसहित ४ जना पक्राउ

बस र मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version