• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सरकारी सहुलियत पसलमा पनि निषेधाज्ञा


सरकारी सहुलियत पसलमा पनि निषेधाज्ञा

काठमाडौं । निषेधाज्ञामा उपभोक्तालाई सहुलियत दिन साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सरकारले सुरु गरेको खाद्यान्न बिक्री मंगलबारदेखि प्रभावित भएको छ ।

निषेधाज्ञाको समयमा सर्वसाधारणको पसल बन्द रहेको र घरबाहिर निस्कन प्रतिबन्ध रहेका बेला सरकारी उपभोग्य सामग्री बिक्रेताले धमाधम सामान बिक्री गरेको भन्दै विरोध भएको थियो ।

त्यसपछि जिल्ला प्रशासन कार्यालयले साल्ट ट्रेडिङलाई पनि निषेधाज्ञा पालना गर्न आग्रह गरेको थियो । ‘निषेधाज्ञा उल्लघंन भएको भन्दै जिल्ला प्रशासनबाट बिहान मात्रै खाद्यन्न बिक्री गर्न दबाब आयो आजबाट बिहान ७ देखि ९ बजेसम्म मात्रै सेवा दिएका छौं,’ साल्ट ट्रेडिङका एक उच्च अधिकारीले भने ।

तीन दिनसम्म दिउँसो १० देखि ३ बजेसम्म खाद्य सामग्री बिक्री गरेको साल्ट ट्रेडिङले मंगलबारदेखि भने विहान २ घण्टामात्र बिक्री गरिरहेको छ । पहिले दैनिक ७ सय जनाले किनमेल गरेकामा मंगलार १५० जनाले मात्र किनमेल गरे ।

‘भिड बढेको भन्दै बिक्री केन्द्र नजिकका स्थानीयले जिल्ला प्रशासनमा उजुरी गरेपछि प्रशासनले हामीलाई बिहान मात्रै खाद्यन्न बिक्री गर्न दबाब दियो, हामीले अर्थ र वाणिज्य मन्त्रालयलाई जानकारी गराएर मंगलबारबाट दुई घण्टा मात्रै सेवा सञ्चालन गरेका छौं,’ साल्ट ट्रेडिङका ती अधिकारीले भने ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले निषेधाज्ञा सबैले पालना गर्नुपर्ने बताए । ‘अनियन्त्रित भिड भयो भन्ने गुनासोपछि हामीले निषेधाज्ञा पालना गर्नुस् भनेका हौं, कति घण्टा सेवा दिने भन्ने कुरा उहाँहरुको हो,’ अधिकारीले भने ।

बजेटमार्फत सरकारले निषेधाज्ञा अवधिभरि साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट खाद्यवस्तुमा २० प्रतिशत छुट घोषणा गरेको थियो । शुक्रबारदेखि दुवै कम्पनीले पाँच जनाको परिवारका लागि दिइने खाद्य सामाग्री र खाना पकाउने ग्यासमा छुट कार्यान्वयनमा ल्याएका थिए ।

साल्ट ट्रेडिङले बजारमा प्रतिकिलो ९५ रुपैयाँ पर्ने चिनी ६३ रुपैयाँ २० पैसामा, खाना पकाउने ग्यास ११ सय २० र पिठो प्रतिकिलो ४४ रुपैयाँमा बिक्री गरेको छ । त्यस्तै नुन प्रतिप्याकेट १६ रुपैयाँ, भटमासको तेल प्रतिलिटर १८८ रुपैयाँमा बिक्री गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नुनमा कसरी घुस्यो निजी क्षेत्र ?
  • २०७८ जेष्ठ २५, मंगलवार १८:३६
  • In "देश"
  • नौ रुपैयाँको नुन किन्न पच्चिस सय खर्च
  • २०७८ जेष्ठ २५, मंगलवार १८:३६
  • In "BannerNews"
  • दसैंको मुखमा व्यापारीले सवा २ अर्बको चिनी भित्र्याए, भाउ थामिएला?
  • २०७८ जेष्ठ २५, मंगलवार १८:३६
  • In "समाचार"
Tags: #आर्थिक#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

Next Post

सरकारी डाक्टरले निजी अस्पतालमा काम गर्न नपाउने कार्यविधि लागू गरिंदै

जब पेट भारी हुन्छ

केन्द्रीय पदाधिकारीको हस्ताक्षर जुटाउन महन्थ ठाकुरले मागे थप एक साता

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version