No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कोहलपुर-सुर्खेत प्रसारण लाइनका लागि १३ हजार रूख काटिने

कोहलपुर-सुर्खेत प्रसारण लाइनका लागि १३ हजार रूख काटिने

सुर्खेत । १३२ केभीए कोहलपुर–सुर्खेत विद्युत् लाइन विस्तारका लागि १३ हजार ५६ वटा रूख काटिने भएको छ ।

आयोजना क्षेत्रभित्र पर्ने रूख काट्नका लागि सरकारसँग अनुमति मागेको आयोजना प्रमुख रविकुमार चौधरीले बताए । ‘स्थलगत अध्ययनले १३ हजार बढी रूख काट्नुपर्ने देखिएको छ, त्यसका लागि नेपाल सरकारसँग अनुमति समेत माग गरेका छौं,’ उनले भने ।

उनका अनुसार आयोजना विस्तार गर्दा सुर्खेतमा ६ हजार ८२०, बर्दियामा तीन हजार ३२० बाँकेमा दुई हजार ९१६ वटा रूख काट्नुपर्ने देखिएको छ । सुर्खेतको वीरेनद्रनगर, भेरीगंगा र लेकवेशी नगरपालिका, बर्दियाको बर्दिया राष्ट्रिय निकुञ्ज, बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका क्षेत्रभित्रका १३ हजार बढी रुख काट्न अनुमति माग गरिएको प्रमुख चौधरीले बताए ।

आयोजनाले रूख काट्ने अनुमतिका लागि निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रा.लि.ले तयार पारेको प्रतिवेदन सरकारसँग पेश गरेको छ ।

‘ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयमा अनुमतिका लागि फाइल पेश भइसकेको छ,’ चौधरीले भने, ‘आयोजना ऊर्जा मन्त्रालयसँग सम्बन्धित हो । तर, रूख कटान अनुमतिका लागि वन मन्त्रालयमा पनि फाइल पेस गरिएको छ ।’

रूख कटानको अनुमति मन्त्रिपरिषद बैठकले दिनुपर्छ । आयोजना विस्तार गर्दा विद्युत्का ठुला पोलहरु राख्नुपर्ने र ती पोलले ठूलो क्षेत्र ओगट्ने भएकाले पनि धेरै रूखहरू काट्नु पर्ने भएको आयोजना प्रमुख चौधरीले बताए ।

‘आयोजना विस्तारका लागि जम्मा १६० पोल निर्माण गर्नुपर्ने हुन्छ, तीमध्ये १३० वटा पोल सार्वजनिक तथा राष्ट्रिय निकुञ्ज र बाँकी ३० वटा पोल व्यक्तिको जग्गामा निर्माण गरिनेछ,’ उनले भने, ‘जसमा केही एंगल टावरसमेत रहने छन् ।’

गत असार २२ गते १३२ केभीए कोहलपुर–सुर्खेत विद्युत् लाइन विस्तारको जिम्मा भारतीय निर्माण कम्पनी ‘आरएस इन्फ्राप्रोजेक्ट प्रालि’ले लिएको छ । उक्त कम्पनीले ७० करोड रुपैयाँमो ठेक्का लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

अन्तिम संस्कार गर्ने पैसा नभएपछि छोराले आफ्ना बुवाको लाशलाई २ वर्षसम्म घरमै दराजमा राखे

अन्तिम संस्कार गर्ने पैसा नभएपछि छोराले आफ्ना बुवाको लाशलाई २ वर्षसम्म घरमै दराजमा राखे

प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वतन्त्रता सेनानी यादवको निधन

प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वतन्त्रता सेनानी यादवको निधन

युद्ध अन्त्य गर्न युक्रेन र रुस सहमति नजिक

युद्ध अन्त्य गर्न युक्रेन र रुस सहमति नजिक

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास

प्रधानमन्त्रीसँग जापानका उपमन्त्रीको भेट

प्रधानमन्त्रीसँग जापानका उपमन्त्रीको भेट

समाज रूपान्तरण र समानताका लागि स्थानीयस्तरमा पहल

समाज रूपान्तरण र समानताका लागि स्थानीयस्तरमा पहल

Next Post
सिरहा र महोत्तरीमा जेठ मसान्तसम्म निषेधाज्ञा लम्बियो

सिरहा र महोत्तरीमा जेठ मसान्तसम्म निषेधाज्ञा लम्बियो

बोल्दाबोल्दै बिरामीले आँखा चिम्लिन्छन्, मनै कुडिन्छ

बोल्दाबोल्दै बिरामीले आँखा चिम्लिन्छन्, मनै कुडिन्छ

माधव नेपाल समूहको निश्कर्ष : वैकल्पिक बाटो अवलम्बन गर्नुपर्ने हुन सक्छ

माधव नेपाल समूहको निश्कर्ष : वैकल्पिक बाटो अवलम्बन गर्नुपर्ने हुन सक्छ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

अन्तिम संस्कार गर्ने पैसा नभएपछि छोराले आफ्ना बुवाको लाशलाई २ वर्षसम्म घरमै दराजमा राखे

अन्तिम संस्कार गर्ने पैसा नभएपछि छोराले आफ्ना बुवाको लाशलाई २ वर्षसम्म घरमै दराजमा राखे

प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वतन्त्रता सेनानी यादवको निधन

प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वतन्त्रता सेनानी यादवको निधन

युद्ध अन्त्य गर्न युक्रेन र रुस सहमति नजिक

युद्ध अन्त्य गर्न युक्रेन र रुस सहमति नजिक

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास

प्रधानमन्त्रीसँग जापानका उपमन्त्रीको भेट

प्रधानमन्त्रीसँग जापानका उपमन्त्रीको भेट

समाज रूपान्तरण र समानताका लागि स्थानीयस्तरमा पहल

समाज रूपान्तरण र समानताका लागि स्थानीयस्तरमा पहल

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

टिकटकमा लाइभ भिडियो प्रसारण गरिरहेकी मोडलको दिनदहाडै गोली हानी हत्या

टिकटकमा लाइभ भिडियो प्रसारण गरिरहेकी मोडलको दिनदहाडै गोली हानी हत्या

पाकिस्तानमा आणविक विकिरण चुहावट भएको आशंकाले किन पूरै विश्व त्रसित भयो ?

पाकिस्तानमा आणविक विकिरण चुहावट भएको आशंकाले किन पूरै विश्व त्रसित भयो ?

पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त छुट्टै देश बनेको घोषणा, मान्यता दिन राष्ट्रसंघमा अपिल

पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त छुट्टै देश बनेको घोषणा, मान्यता दिन राष्ट्रसंघमा अपिल

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .