No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

रानी एलिजाबेथ र प्रिन्स फिलिपको ‘कहिल्यै नमर्ने’ प्रेम

रानी एलिजाबेथ र प्रिन्स फिलिपको ‘कहिल्यै नमर्ने’ प्रेम

सामान्य मान्छेको जीवनमा घट्ने प्रेम सम्बन्ध धेरैको लागि सामान्य विषय हो । तर यही प्रेम सम्बन्धको कुरा सार्वजनिक क्षेत्रमा सक्रिय व्यक्तिहरूमा भयो भने त्यसले विश्वभरि नै चर्चाको विषय बनाइदिन सक्छ । शुक्रबार बेलायतको बकिंघम दरबारमा फिलिपको ९९ वर्षको उमेरमा निधन भएको हो ।

राजपरिवारका सबैभन्दा उच्च अवस्थामा रहेका यी दम्पतीको बिचमा एउटा रोचक प्रेम कहानी जोडिएको छ । जुन संसारभरका मान्छेको लागि एउटा प्रेरणाको स्रोत बन्न सक्छ ।

विवाहको सात दशक नाघिसकेको छ । प्रिन्स फिलिप महत्वपूर्ण सार्वजनिक समारोहहरूमा धेरैतिर रानीको सहायकको रूपमा देखा पर्ने गर्दथे । तर व्यक्तिगत जीवनमा राजकुमार त्यस्ता व्यक्ति थिए जसले महारानीलाई सबैभन्दा राम्ररी चिन्थे ।

सानैदेखि राजपरिवारमा हुर्किएकी एलिजाबेथ र फिलिपबीच किशोरावस्थामा नै चिनजान भयो । एउटा साथीको सम्बन्ध बिस्तारै प्रेम सम्बन्धमा जोडिँदै गयो । अन्तमा यसले विवाहको रूप समेत लियो ।

रानीका एक निजी सचिवले एक पटक भनेका थिए, “प्रिन्स फिलिप जसरी आफ्ना कुराहरूबाट रानीलाई हसाउने गर्ने गर्थे । त्यसैगरी उनीहरूकोबीचमा एउटा गहिरो प्रेम सम्बन्ध पनि छ ।’

प्रिन्स फिलिप र राजकुमारी एलिजाबेथको बिहे सन् १९४७ मा भएको थियो । उनीहरूले लामो समयको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए । सन् १९३९ मा डार्टमाउथ नेवल कलेजमा साथमा रहेको एउटा तस्वीरले उनीहरूको लामो समयदेखि चिनजान रहेको प्रमाण दिन्छ ।

किशरावस्थामा टेनिस र क्रोक खेल खेल्ने १८ वर्षे ड्याशिङ्ग क्याडेटमा १३ वर्षे राजकुमारी एलिजाबेथको ध्यान खिचियो । पहिलो भेटदेखि नै उनीहरू पहिले साथीको रूपमा सम्बन्धमा जोडएका थिए । समय विश्वयुद्धको थियो । फिलिप त्यतिबेला शाही सेनामा कार्यरत थिए । जुन दिन युद्ध हुन्थ्यो उक्त दिन दुवैले एक अर्कालाई चिठी लेख्ने गर्थे । बिस्तारै बिस्तारै उनीहरूबीच भेटघाट पनि सुरु भयो । त्यतिबेलै पनि राजकुमारी एलिजावेथ फिलिपको फोटो आफ्नो कोठामा राख्ने गर्थिन् ।

ग्रीसमा जन्मिएका प्रिन्स विविध कारणले आफ्नो देश छाड्न बाध्य पारिएका व्यक्ति थिए । उनी युरोपका विभिन्न मुलुकहरू हुँदै बेलायतसम्म आइपुगेका थिए । त्यतिबेलासम्म उनमा जीवन जिउनेभन्दा ठूलो महत्वाकांक्षा थिएन । उनी सानै उमेरदेखि भावनात्मक रूपमा बलिया व्यक्ति थिए । तर राजकुमारी भने फिलिपको दुनियाँभन्दा टाढाको संसारमा हुर्किएकी थिइन् । तर पनि रानी आफैँमा लजालु र समझदार स्वभावकी थिइन् । जसले फिलिपसँगको सम्बन्ध लामो समयसम्म उदाहरणीय रूपमा चल्यो ।

प्रेममा डुबेका जोडी

१९४७ मा एलिजावेथको २१ औं जन्मदिनको दिन दुवैबीच इन्गेजमेन्ट भएको थियो । यद्यपि प्रिन्स फिलिपले राजकुमारीप्रतिको प्रेम र आफ्नो इच्छा एक वर्ष पहिले नै जानकारी गराइसकेका थिए ।

आफ्नो विवाहको केही दिनअघि प्रिन्स फिलिपले आफ्नी आमालाई एउटा चिठी लेखेर एलिजाबेथसँगको सम्बन्धको बारेमा जानकारी दिएका थिए । उनले भनेका थिए “हामी कुनै शंकाविना नै पूर्ण प्रेममा डुबेका छौं।”

विवाहपछिको शाही जोडी

उनीहरू विवाहअघिसम्म अपेक्षाकृत रूपमा सामान्य जीवन बिताइरहेका थिए । एलिजाबेथ पनि शाही परिवारको भए पनि सामान्य रूपमा नै फिलिपसँग हिँडडुल गर्न मन पराउँथिन । एक फिल्म फुटेजमा उनीहरू एक अर्कासँग प्रेमील गफ गर्दै आराम गरिरहेको र दरवारीयापन छाडेर आनन्दको जीवन बिताइरहेको देख्न सकिन्थ्यो ।

राजा जर्ज छैठौं पछिको परिवर्तन

६ फेब्रुअरी १९५२ मा राजा जर्ज छैठौंको अकाल मृत्युसँगै सबै परिवर्तनहरू हुन थाले । महारानी एलिजाबेथ केवल २५ वर्षकी थिइन् । राजकुमार फिलिप ३० वर्षका थिए । उनलाई थाहा थियो कि राजकुमारी महारानी बन्नेछिन् तर आफ्नो जीवन अझ राम्रोसँग बिताउनको लागि उनीसँग अझै केही समय बाँकी थियो ।

तर जब एलिजाबेथ रानी बनिन् फिलिपको भूमिका बदलियो । अचानक जहाजलाई कमाण्डिङ्ग गर्ने व्यक्तिको भूमिकामा रहेका फिलिप महारानीको सहयोगी भूमिकामा पुगे । सन् १९५० को दशकमा कुनै पत्नीले आफ्नो लोग्नेभन्दा अगाडि सरेर भूमिका खेल्नु बेलायतमा पनि सहज भने थिएन । तर उनले एउटा कुशल सहायकको रूपमा काम गरिरहे । साथमा उनीहरूको व्यक्तिगत प्रेम जीवनमा पनि कमी आएन ।

उनीहरूको बीचमा जुन सम्बन्ध थियो ती दुई किसिमका थिए । सार्वजनिक जीवनमा उनीहरू रानी र सहयोगीको भूमिकामा थिए भने व्यक्तिगत जीवनमा श्रीमान् श्रीमती । दुईवटा भूमिकामा एउटै सम्बन्धलाई ढाल्नुपर्दा कस्तो समस्या परेको थियो, त्यो फरक कुरा रह्यो । तर प्रिन्स फिलिपले आफ्नो भूमिकालाई परिभाषित गर्न पनि समय निकाले र दुवैमा आफूलाई अब्बल बनाइरहे ।

सन् १९५६ मा उनी राष्ट्रमण्डलका देशहरूमा चार महिनासम्मको यात्रामा गए । सो समयमा एलिजाबेथ र उनीबीचको सम्बन्धका बारेमा धेरै चर्चाहरू पनि चले । धेरैले श्रीमतीप्रतिको उनको प्रेमको बारेमा प्रश्न पनि उठाए । तर जब उनी दरबार फर्किए मायामा कुनै कमी भएन । तिनै उदाहरणीय जोडी शुक्रबार सदाको लागि छुटेको छ ।

बीबीसीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post
कपाललाई स्वस्थ बनाउन केराटिन ट्रिटमेन्ट

कपाललाई स्वस्थ बनाउन केराटिन ट्रिटमेन्ट

कर्णालीमा २ मन्त्रालय लिएर कांग्रेस सरकारमा जाँदै

कर्णालीमा २ मन्त्रालय लिएर कांग्रेस सरकारमा जाँदै

प्रेमपत्र पठाएको भन्दै युवकमाथि निर्घात कुटपिट

प्रेमपत्र पठाएको भन्दै युवकमाथि निर्घात कुटपिट

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...