• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पौडेलले लिए काङ्ग्रेसलाई नै सिध्याउने लाईन


पौडेलले लिए काङ्ग्रेसलाई नै सिध्याउने लाईन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टी नेपाल (जसपा) नेताद्वय महन्थ ठाकुर र बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका छन् ।
नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान पत्रकार ऋषि धमलासँगको अन्तर्वार्ताका क्रममा पौडेलले कांग्रेस सभापति शेरबहादुर देउवाले निकास दिनुपर्ने बताए ।

देउवालाई महन्थ ठाकुर र बाबुराम भट्टराईमध्ये एकलाई प्रधानमन्त्री बनाएर कांग्रेसलाई जसपाको पुच्छर बनाएर सरकार बनाउन पौडेलले सुझाव दिएका हुन् ।

जसपाका नेताद्वय भट्टराई र ठाकुरले भारतप्रति झुकाब राख्ने गरेको आरोप लाग्दै आएका बेला पौडेलले नै उनीहरूलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेका छन् ।

देउवाले कांग्रेसले नेतृत्व नपाउने हो भने पार्टीलाई अरु दलको पुच्छर बनाएर सरकारमा जाने सम्भावना नरहेको बताइरहेका बेला नेता पौडेलले ठाकुर र भट्टराईमध्ये एउटालाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका छन् । पौडेलको यो प्रस्तावले कांग्रेसलाई कमजोर बनाएको भनेर पार्टीभित्र नयाँ तरंग उत्पन्न भएको छ ।

पौडेलले भनेका छन्, ‘महन्थ ठाकुर र बाबुराम भट्टराई जो प्रधानमन्त्री बने पनि हुन्छ । फलानो व्यक्ति भन्ने छैन । कांग्रेसकै नेतृत्वमा भए पनि हुन्छ । जनता समाजवादी पार्टीको नेतृत्वमा भए पनि हुन्छ । यो र उसको भन्ने कुरा छैन ।’
नेता पौडेलले देउवालाई प्रधानमन्त्रीको दाबी नगर्न सुझाव दिएका छन् । उनले देउवाले प्रधानमन्त्रीमा लोभ नदेखाउने हो भने निकास निस्कने बताएका छन् ।

‘सभापति शेरबहादुर देउवाले निकास दिनुपर्छ’, पौडेलले भने, ‘आफू बनेर भए पनि वा अरुलाई बनाएर पनि निकास दिनुपर्छ । देउवाले बिकल्प दिनुप¥यो ।’

नेता पौडेलले नयाँ सरकारका विषयमा भनेका छन्, ‘सरकार मैले दिने होइन । म संसदमा छैन । संसदमा भएका साथीहरूले दिने हो । पार्टीको संसदीय दलको नेताले दिने हो । पार्टीको सभापतिले दिने हो, सरकार । पार्टीको सभापति र दलको नेताको जिम्मेवारी हो । त्यो जिम्मेवारी उहाँले पूरा नगर्ने, म बाहिर बसेको मान्छेले कसरी पूरा गर्ने ?’
नेता पौडेलले कांग्रेसले सरकारको नेतृत्वभन्दा पनि अरु दलहरूलाई नेतृत्व दिएर सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन् ।

‘कांग्रेसले सरकारको नेतृत्वमा गर्न तयार हुने मात्र कुरा होइन । परिआयो भने नेतृत्व गर्ने र अर्कोलाई दिएर भएपनि यो संसद बचाउन पर्छ’, कांग्रेस नेता पौडेलले भने, ‘जनता समाजवादी पार्टीलाई तपाईहरूले लिएर भए पनि आउनुस् मिलेर गरम्, उनीहरूले संसदलाई कारगर बनाऔँ । हामीले पुनःस्थापन गरेर ल्याएको संसद यसलाई उपयोगी बनाउन प¥यो ।’
‘यो प्रणालीको रक्षा गर्नुप¥यो । संविधानको रक्षा गर्नुप¥यो । संविधान, संसदीय प्रणाली र लोकतन्त्रको रक्षा गरौँ । हामी बने पनि बन्ने, तपाई बने पनि बन्ने’, उनले भने, ‘सरकारको बिकल्प दिऔँ । केपी ओलीको बिकल्प दिनुपर्छ भनेर हाम्रो नेतृत्वले भन्नुपर्छ ।’

पौडेलले भनेका छन्, ‘ओली इतर सबै मिल्नुपर्छ । त्यसमा जसले जसलाई नेतृत्व स्वीकार गरे पनि केही छैन । ओली इतर मिलेर, ओलीको सत्तालाई ओलीको बहिरगमनलाई प्रधानमन्त्री पदमा राखिरहन हुँदैन । ओली इतर मिलेर उनलाई हटाउनुपर्छ ।’
उनले भने, ‘जनता समाजवादी पार्टीका केही नेता र हाम्रै पार्टीका केही नेताहरूले के गरेका हुन् । हलो अड्काएका छन् । यिनीहरू कसको भनाइमा लागेका हुन् ? यही नै बुझ्न गाह्रो भयो ।’
‘देशको राजनीतिले जे मागेको छ नेतृत्वले त्यो कदम चाल्नै पर्छ’, पौडेलले भने, ‘मैले शेरबहादुर जीलाई वा अर्को जीलाई बनाउन लागेको छैन । म सिद्धान्तको कुरा गर्ने हो ।’
कांग्रेसका नेताद्वय कृष्णप्रसाद सिटौला र डा.शेखर कोइरालाका पछिल्ला अभिव्यक्तिप्रति आक्रोशित देखिएका नेता पौडेलले अहिले चुनाव हुन नसक्ने बताएका छन् । पौडेलले कृष्णप्रसाद सिटौला र डा.शेखर कोइरालालाई मुख सम्हाल्न पनि चेतावनी दिएका छन् ।

‘संसदले समाधान दिनुपर्छ । हतरपतर नयाँ जनादेश नयाँ जनादेश भनेर यहाँ गिरिजाप्रसादका फलोअर्स हुँ भन्नेले पनि त्यस्तो भनेको सुन्छु म । कसरी हुन्छ चुनाव ? कहाँबाट हुन्छ चुनाव ?’, कृष्णप्रसाद सिटौला र डा.शेखर कोइरालाप्रति लक्षित गरेर पौडेलले भनेका छन् ।

‘केपी ओलीको नेतृत्वमा देशलाई चलाउने भनेको अदालतमाथि अपमान गर्नु हो । संविधानमाथि गरेको खेलवाड गर्नु हो’, उनले भने, ‘लोकतन्त्रमाथि उपहास गर्नु हो । नेपालको राजनीतिक नैतिक धरातललाई ध्वस्त पार्नु हो । केपी ओलीलाई अहिले समर्थन गर्नु मिल्दैन ।’

‘केपी ओलीले समर्थन गरेर अहिले हिँड्नेले राजनीतिक नेतृत्व गरे, देश लोकतन्त्रको नेतृत्वको नेता हुँ भन्न मिल्दैन’, पौडेलले भनेका छन् ।

नेता पौडेलले गिरिजाप्रसाद कोइरालालाई आफूले सम्झिरहेको बताएका छन् । ‘सम्झनुपर्नेले सम्झिएका छैनन् । मैले सम्झी राखेको छु’, उनले भने, ‘मैले गिरिजाप्रसादको लाइनलाई जहाँसुकै प्रमोट गरिरहेको छु । उहाँको लाइनअनुसार देशको राजनीतिमा अडान मैले लिएको छु ।’

‘गिरिजाप्रसादले जसरी विघटन भएको प्रतिनिधि सभालाई पुनःस्थापन गरेर त्यसबाट समस्याको समाधान गराउनुभयो, म पनि पुनःस्थापन गरेर यसबाट देशको समस्याको समाधान पार्लियामेन्ट्री प्रणालीको रक्षा गर्ने काममा लागेको छु’, उनले भने, ‘मैले गिरिजाप्रसादलाई बिर्सिएको छैन । अरुहरूले बिर्सिएका छन् । चुनाव–चुनाव भन्नेहरूले पार्टीको नयाँ जनादेश–नयाँ जनादेश भन्नेहरूले गिरिजालाई बिर्सिएका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • महन्थ ठाकुरको प्रधानमन्त्री दाबी
  • २०७७ चैत्र ८, आईतवार १०:४८
  • In "देश"
  • देउवाले थेगेर थेगिँदैन, प्रदेश सरकारको विपक्षमा उभिन्छौं : पौडेल
  • २०७७ चैत्र ८, आईतवार १०:४८
  • In "देश"
  • प्रधानमन्त्री पाउँ भनेको छैन, जिम्मेवारी आए भाग्दिनँ : देउवा
  • २०७७ चैत्र ८, आईतवार १०:४८
  • In "देश"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

Next Post

सरकारलाई दिएको समर्थन फिर्ता नलिन दबाब दिन प्रचण्ड निवासमा चिनियाँ राजदूत

क्लिनिकल ट्रायलको कागजात बिनै चिनियाँ खोप नेपाल ल्याउन लागियो

ओलीले बालुवाटार प्रवेशमा निषेध गरेपछि विष्णुको शरणमा सिंहदरवार पुगिन चिनियाँ राजदूत

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version