• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

माधव नेपाल समूहको प्रश्न : विधान विपरीत काम गर्ने अध्यक्षलाई कारबाही हुने कि नहुने ?


माधव नेपाल समूहको प्रश्न : विधान विपरीत काम गर्ने अध्यक्षलाई कारबाही हुने कि नहुने ?

 काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी फुटको गतिविधि अध्यक्ष केपी शर्मा ओलीले सुरु गरेको हुनाले उनी कारबाहीको भागीदार हुने बताएको छ ।

नेपाल समूहले गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाको अघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले अध्यक्ष ओलीले नै विधान विपरीत गुटको भेला गरेको र विभिन्न निर्णय गरेको भन्दै उनी नै कारबाहीको भागी हुनुपर्ने बताए ।

‘अदालतले एमालेलाई ब्युँताइदियो, ब्युँतिएको एमाले पूर्ववत रुपमा जहाँबाट ब्युँतियो त्यहीँबाट आरम्भ गर्नुपर्ने हो, त्यसभन्दा अन्य गतिविधि गर्नु पार्टीको विधान विपरीत काम कारबाही हो’ उनले भने ‘त्यो स्वयं नै कामकारबाहीहरु कारबाहीयोग्य छ । जब आफैं गलत आधारमा खडा भएको अध्यक्षले अरुलाई कारबाही गर्छु भन्न सुहाउने कुरा भएन ।’

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित चियापान कार्यक्रममा ओलीले पार्टीमा अचाक्ली भाँडभैलो गरेको भन्दै सह्य नहुने बताएका थिए ।

तर माधव नेपाल समूहका नेता पाण्डेले विधान विपरीत काम गर्ने अध्यक्षचाहिँ कारबाहीको भागीदार हुन्छ कि हुँदैन भनी प्रश्न गरे । ‘पार्टी विधान विपरीत काम गर्ने अध्यक्ष पनि कारबाहीको भागी हुने हो कि होइन अध्यक्षचाहिँ त्यसबाट मुक्त हुन्छ, अरु कारबाहीको भागी हुन्छन् भन्ने हुँदैन’ उनले भने ।

नेता पाण्डेले पार्टी विभाजनको गतिविधि ओलीले सुरु गरेको बताए ।

‘उहाँले पार्टी विभाजनको प्रारम्भ ओली कमरेडले गर्नुभएको हो । संसदको विघटन गरिसकेपछि त्यसबेला नेकपा एमालेको नयाँ कमिटी भनेर कमिटी बनाउन आरम्भ गरेको उहाँले हो, अस्तीको बैठकले पुराना काम कारबाही मान्य हुन्छ भन्नु … विभाजनको प्रारम्भ उहाँले गर्नुभयो’ पाण्डेले भने ।

राष्ट्रिय भेलाको अघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा नेपाल समूहले अध्यक्ष ओलीले आफुखुशी गतिविधि गर्ने, सर्वोच्च अदालतको फैसला कार्यान्वयन अस्वीकार गर्ने र पार्टीलाई विभाजनतिर लैजाने प्रयास गरेको आरोप लगाएको छ ।

पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईले विज्ञप्ति जारी गरी ओलीका गतिविधिविरुद्ध आफूहरु दृढतापूर्वक उभिएको र राष्ट्रिय भेलामार्फत आधारभूत तहसम्म यो सन्देश पुर्‍याउने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ‘प्रधानमन्त्री वाह्य शक्तिसामु लम्पसार परे, सर्वोच्चमा दिएको रिटबाट हस्ताक्षर फिर्ता हुन्न’
  • २०७७ चैत्र ३, मंगलवार १५:१०
  • In "देश"
  • प्रचण्ड-माधव समूहद्वारा सुवास नेम्वाङ र महेश बस्नेतसहित ७ जनामाथि कारबाही
  • २०७७ चैत्र ३, मंगलवार १५:१०
  • In "देश"
  • केपी ओलीमाथि थप अनुशासनको कारबाही गर्नुपर्ने भयो : माधव नेपाल
  • २०७७ चैत्र ३, मंगलवार १५:१०
  • In "देश"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post

इँटाभट्टाको आगोमा खसेर सञ्चालकसहित २ जना घाइते

नेपाल हुँदै भारत पुगेका दुई चिनियाँ नक्क्ली भारतीय परिचयपत्रसहित पक्राउ

गोलबजारमा जसपाकोे समानान्तर नगर समिती, प्रकाश अधिकारीले नै पार्टीमा खैलाबैला मच्चाएको आरोप

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version