सिरहा । सिरहामा आइतबार दिउँसो भएको बम विस्फोटमा गम्भीर घाइते भएका एक जनाको थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ ।
सिरहाको लहान नगरपालिका वडा ८ स्थित मालपोत कार्यालयमा गराइएको विस्फोटमा ६ जना घाइते भएका छन् । घाइतेहरु मध्ये धनगढीमाई नगरपालिका वडा नम्वर १३ बस्ने दिनेश कुमार भण्डारीलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौं पठाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
यसैबीच, घटनाको जिम्मा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा ९क्रान्तिकारी० ले लिएको छ । आइतबारै एक विज्ञप्ति जारी गर्दै गोइतले तराईमा भ्रष्टाचार विरोधी अभियान अन्तर्गत उक्त स्थानमा विष्फोट गराएको विज्ञप्तिमा जनाइएको छ ।