• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

श्रद्धाञ्जली सभामै देउवा र पौडेलको घोचपेच


श्रद्धाञ्जली सभामै देउवा र पौडेलको घोचपेच

चितवन । नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच देखिएको मतभेद संसद पुनर्स्थापनापछि पनि रोकिएको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेपछि देउवा मध्यावधि चुनावको पक्षमा उभिएका थिए भने पौडेलले संसद पुनर्स्थापनाका लागि आन्दोलनमा जोड दिए । सर्वोच्च अदालतको आदेशले संसद पुनर्स्थापना भएपछि देउवा र पौडेलबीच नयाँ सरकार गठनलाई लिएर विवाद सुरु भएको छ ।

बुधबार पूर्वसांसद स्वर्गीय एकनाथ रानाभाटप्रति श्रद्धाञ्जली दिन आयोजित सभामा पनि बुधबार दुई नेता फरकफरक दृष्णिकोण मात्र सार्वजनिक गरेनन्, व्यक्तिगत घोचपेच गरे ।

सभामा कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको बायाँ रामचन्द्र पौडेल र दायाँ शेरबहादुर देउवा बसेका थिए । देउवाको छेउमा पार्टी महामन्त्री शशांक कोइराला थिए । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्ड–माधव समूहसँग मिलेर सरकार बनाउनुपर्ने धारणा राखेका महामन्त्री कोइरालाले श्रद्धाञ्जली कार्यक्रममा कुनै राजनीतिक टिप्पणी गरेनन् ।

तर देउवा र पौडेलले हुन त राजनीतिक भाषण गर्ने कार्यक्रम होइन भन्दै जमेर एक अर्काको आलोचना गरे ।

सभापतिभन्दा पहिला बोलेका वरिष्ठ नेता पौडेलले कांग्रेसले जनताबाट विपक्षमा बस्ने जिम्मेवारी पाएको र त्यही भूमिकालाई जिम्मेवारीपूर्वक निभाउनुपर्ने बताए । देउवाप्रति लक्षित गर्दै भने, ‘आफ्नो औकात र हैसियतभन्दा बढी आकांक्षा राख्नु महत्वाकांक्षा र विकृति हो, हैसियतभन्दा बढी आकांक्षा राख्न हुँदैन ।’

उनले अघि भने, ‘अहिले कांग्रेस प्रतिपक्षमा छ, संख्या पनि सानो छ । जुन हैसियतमा संसदमा छ, सोही अनुसारको भूमिका खेल्नुपर्छ, विपक्षीको सही भूमिका निर्वाह गर्नुपर्छ ।’ पौडेलले यसो भनिरहँदा सभापति देउवाले यताउता टाउको घुमाइरहे ।

त्यसपछि प्रमुख अतिथिका रुपमा सम्बोधन गरेका देउवाले सुरुमै पौडेललाई जवाफ दिए । ‘हुन त यो राजनीतिक कुरा गर्ने ठाउँ होइन, रामचन्द्रजी बोलिहाल्नुभयो’ भन्दै उनले पौडेललाई सानो चित्त भएको मान्छे भने । देउवाले अगाडि भने, ‘सानो चित्त नगर्नुस् रामचन्द्रजी । तपाईं विशाल हृदय राख्नुस् ।’

प्रतिपक्षमै बस्नुपर्छ भन्ने वरिष्ठ नेताको आशय व्यक्त गरेको भन्दै उनले पदको लोभ नभएको, जिम्मेवारी आए नभाग्ने बताए ।

प्रधानमन्त्री पाऊँ भनेर कतै नगएको स्भन्दै उनले अफर आए नभाग्ने बताए । सभापति देउवाले अघि भने, ‘प्रधानमन्त्री भएपनि कांग्रेसबाट नै हुने हो, पार्टीलाई फाइदा नै होला ।’ देउवाले कटाक्ष गरिरहँदा वरिष्ठ नेता पौडेल भने उनलाई हेर्दै मुसुमुसु हाँसिरहे ।

कांग्रेस चितवनका सभापति श्रेष्ठ भने पार्टी शीर्ष नेताहरुले सार्वजनिक कार्यक्रममा एकले अर्कोलाई गर्ने टिप्पणी र आरोपले पार्टीलाई फाइदा नगर्ने बताउँछन् । आन्तरिक वैठकमा छलफल, विवाद, मतमतान्तर, आरोप प्रत्यारोप भएपनि सार्वजनिक कार्यक्रममा भने नेताहरु मर्यादित र संयमित भएर प्रस्तुत नहुँदा आम कार्यकर्तामा निराशा छाउने सभापति श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पौडेलको तीन माग देउवाद्वारा अस्वीकार !
  • २०७७ फाल्गुन १९, बुधबार २१:४८
  • In "थप"
  • ‘देउवा र पौडेलले मिले संसद पुनर्स्थापना गरेर ६ महिनामै चुनाव’
  • २०७७ फाल्गुन १९, बुधबार २१:४८
  • In "देश"
  • कांग्रेस सभापति देउवासहितका शीर्ष नेता चितवन आउँदै
  • २०७७ फाल्गुन १९, बुधबार २१:४८
  • In "देश"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post

प्रचण्ड-माधव समूहद्वारा सुवास नेम्वाङ र महेश बस्नेतसहित ७ जनामाथि कारबाही

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव : केन्द्रपछि मात्रै प्रदेशको छिनोफानो

नेपाली भूमिमा चिनियाँ भन्सार भवन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version