• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बढी मोटोपनले मानिसको स्वास्थ्यलाई सधैं जोखिममा


मोटोपन

मोटोपन

काठमाडौं  : बढी मोटोपनले मानिसको स्वास्थ्यलाई सधैं जोखिममा राख्छ  । मधुमेह, मुटुरोग, क्यान्सरजस्ता रोगका लागि घातक मानिने मोटोपन कोभिड– १९ संक्रमणका दृष्टिले समेत खतरनाक हुने विभिन्न अध्ययनले देखाएका छन्  ।

मोटोपन र बढी वजन भएका संक्रमितलाई निको हुन गाह्रो हुने भएकाले त्यसलाई कम गर्न ध्यान दिनुपर्ने कोभिड– १९ उपचारमा संलग्न नेपाली चिकित्सकले सुझाएका छन् । विशेषगरी लकडाउनका बेला व्यायामको कमी र घरमै बसेर खाना खाइरहँदा मोटोपन झन् बढेको उनीहरूको तर्क छ । नेपालमा हालसम्म कोरोना संक्रमित र यसबाट मृत्यु भइसकेकामा मोटोपनको असरबारे प्रामाणिक अध्ययन भने भएको छैन । अत्यधिक संक्रमित युवा र आप्रवासी कामदार भएकाले मोटोपनको समस्या नदेखिए पनि समुदायमा महामारी फैलँदा यो समस्या ठूलो हुँदै जाने देखिएको छ ।

सन् २०१९ मा नेपाल स्वास्थ्य अनुसन्धान परिषदले प्रकाशन गरेको ‘नसर्ने रोगको जनसंख्यागत व्याप्ति’ नामक एक अध्ययन प्रतिवेदनअनुसार नेपालमा २३.५ प्रतिशत जनसंख्यामा अधिक तौल अर्थात् ‘ओभरवेट’ छ भने अधिक मोटोपन अर्थात् ‘ओबेसेटी’ रहेको जनसंख्या ७.२ प्रतिशत छ । बडी मास इन्डेक्स (बीएमआई) का आधारमा यी दुवैको आँकलन गरिन्छ । मानिसको तौल र उचाइलाई हिसाब गरेर बीएमआई निकालिन्छ ।

कुनै मानिसको बीएमआई २५ वा सोभन्दा बढी रहे अधिक तौल भएको मानिन्छ भने ३० वा सोभन्दा बढी बीएमआई भए अधिक मोटोपन मानिन्छ । मानिसको शरीरमा अत्यधिक र असामान्य हिसाबले बोसो सञ्चय भए धेरै मोटाउने र वजन थपिने गर्छ । ४० देखि ५९ वर्ष उमेर समूहमा २६.८ प्रतिशत, महिलामा २४.१ प्रतिशत, केही समृद्ध जनजातिमा २९.९ प्रतिशत र किराँतमा २७.३ प्रतिशत अधिक तौल रहेको परिषदको सो प्रतिवेदनले देखाएको छ ।

यसैगरी, सरकारी तथा गैरसरकारी क्षेत्रमा काम गर्ने एक तिहाइभन्दा बढी कर्मचारी तथा गण्डकी र वाग्मती प्रदेशका झन्डै एक तिहाइ जनसंख्या अधिक वजनका छन् । सहरी जनसंख्याको झन्डै ३० प्रतिशत मानिस यो समस्याबाट ग्रसित छन् । नेपालमा ‘ओबेसेटी’ समस्या पनि ४० देखि ४९ वर्षबीचको उमेरसमूह र महिलामा ९ प्रतिशत छ भने क्रिस्चियन धर्मावलम्बीमा १४.३ प्रतिशत, केही समृद्ध जनजाति समूहमा ११.५ प्रतिशत, सरकारी तथा गैरसरकारी क्षेत्रमा काम गर्ने कर्मचारीमा ९ प्रतिशत, प्रदेश– ३ मा १२.३ प्रतिशत र सहरी जनसंख्यामा १०.७ प्रतिशत रहेको सो अध्ययनले देखाएको छ ।

नेपालमा ५१ प्रतिशत महिला र २४ प्रतिशत पुरुषमा पेटको मोटोपन छ । कम्मरको परिधि ८० सेन्टिमिटरको हाराहारीमा रहेका महिला र ९० सेन्टिमिटरको हाराहारीमा रहेका पुरुषलाई मोटो मानिएको छ । मोटोपनले संक्रमितलाई जोखिम बढाउने र उपचारका क्रममा ‘खराब नतिजा’ का लागि यो कारक बन्ने कोरोना संक्रमितको उपचारमा संलग्न नेपालका चिकित्सकहरूले बताएको खबर श्रीराम सुवेदीको बाइलाइनमा मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • के बालबालिकाहरु मोटोपनको सिकार हुँदैछन् ?
  • २०७७ भाद्र २, मंगलवार ११:३६
  • In "जीवनशैली"
  • खोप अभियानको गति बढाऊ, बुस्टर डोजको व्यवस्था गर
  • २०७७ भाद्र २, मंगलवार ११:३६
  • In "समाचार"
  • चीनमा कोभिड : विश्वकै ठूलो आइफोन प्लान्ट बन्द
  • २०७७ भाद्र २, मंगलवार ११:३६
  • In "BannerNews"
Tags: #कोरोना

नेपाल एक्सन

सम्बन्धित खबर

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

२५ प्रतिशत विवाहित दम्पतीमा बाँझोपनको समस्या देखिन थालेको छ

वडा अध्यक्ष चौधरीद्वारा स्थानीय युवालाई खेलकुद सामाग्री हस्तान्तरण

प्रादेशिक अस्पताल जनकपुरको प्रयोगहीन मोडुलर ओटी सञ्चालनमा

आमाबुवाले गर्ने ५ गल्ती, जसले बच्चाको आत्मविश्वास कमजोर बनाउँछ

Next Post

सुनको भाउ पुन बढेको छ |

आजबाट सिपीएल सुरु, सन्दीपको टीमको पहिलो खेल भोलि

महाकाली नदिमा अबैध उत्खनन् मा रोक

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version