• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

२७ लाख ज्येष्ठ नागरिकलाई खोप दिने सरकारको योजना


२७ लाख ज्येष्ठ नागरिकलाई खोप दिने सरकारको योजना

काठमाडौं । सरकारले खरिद गरेको १० लाख डोज खोप आइतबार काठमाडौं आइपुगेको छ । भारतको सेरम इन्ष्टिच्युटबाट खरिद गरिएको कोभिशिल्ड खोप आइतबार एयर इन्डियाको विमानबाट ल्याइएको हो ।

सेरम इन्ष्टिच्युटबाट २० लाख डोज खोप खरिदका लागि सरकारले रकम पठाइसकेको छ । बाँकी १० लाख खोप नेपालले माग गरेको समयमा उपलब्ध गराउने सहमति भएको स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाका प्रमुख डा. भीमसिहं तिकंरी बताउँछन् ।

यसअघि भारतले अनुदानमा दिएको १० लाख डोज कोभिशिल्ड खोपबाटै नेपालमा माघ १४ गतेदेखि खोप अभियान सुरु भएको थियो । अहिले खरिद गरेको थप १० लाख डोज खोप उपलब्ध भएपछि अभियान निरन्तर चल्ने भएको छ र सरकारले समुदायस्तरमै पुगेर नागरिकलाई खोप दिनेछ ।

अनुदानमा उपलब्ध खोप सुरुमा स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शववाहन चालकसहित फ्रन्टलाइनरलाई दिइएको थियो । त्यसपछि पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई दिइएको थियो । हाल उक्त खोप बैंक तथा वित्तीय संस्थाका कर्मचारी, नापी विभाग, जिल्ला प्रशासन कार्यालयका कमर्चारीले लगाइरहेका छन् । अनुदानमा प्राप्त १० लाख खोपबाट शनिबार साँझसम्म ४ लाख २ हजार जनाले खोप लगाएका छन् ।

अब फागुन २३ गतेदेखि ६० वर्षमाथिका ज्येष्ठ नागरिक, शिक्षक र सार्वजानिक यातायातमा कार्यरत कर्मचारीलाई खोप दिने स्वास्थ्य मन्त्रालयको तयारी छ । मन्त्रिपरिषदको बैठकले ५५ वर्षमाथिका नागरिकलाई दोस्रो चरणमा खोप दिने निर्णय गरेको थियो, मन्त्रालयले ६० वर्षमाथिकालाई मात्र अहिले खोप अभियानमा सहभागी गराउने तयारी गरेको छ । यद्यपि खोपको उपलब्धता हेरेर प्राथमिकता हेरफेर गर्न सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याल बताउँछन् ।

करिब २७ लाख जेष्ठ नागरिकहरुलाई खोप लगाउने मन्त्रालयले योजना बनाएको छ । यो तथ्यांकमा केही घटबढ हुन सक्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारी बताउँछन् । ‘सरकारका तथ्याकंमा भएका सबै मानिसले खोप लगाउँछन् भन्ने हुन्न, हामीले अनुमान गरेको २७ लाख हो’ उनले भने ।

‘तथ्यांकमा भएका सबै मानिस आउने/नआउने अर्को कुरा तर हाम्रो योजना २७ लाख नागरिकलाई खोप दिने हो’ डा. अधिकारीले भने ।

पहिले अनुदानमा आएको र खरिद गरिएको २० लाख डोज खोप पनि अपुग भए कोभ्याक्समार्फत थप २२ लाख डोज खोप आउने अधिकारीले बताए । ‘ त्यसैले हामी खोप पुग्नेमा ढुक्क छौं’ उनले भने ।

कसरी सञ्चालन हुन्छ खोप अभियान ?

बाल कल्याण तथा खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार देशभर रहेका स्वास्थ्य चौकीबाट खोप अभियान सञ्चालन गर्ने तयारी भएको छ । ज्येष्ठ नागरिकले आफ्नो स्थानीय तहकै स्वास्थ्य संस्थाबाट खोप पाउनेछन् । ‘पुरानै संरचना अनुसार खोप वितरण हुन्छ हामी यसपटक स्थानीय तहमै पुगेर खोप अभियान सञ्चालन गर्छौ’ सहप्रवक्ता डा. अधिकारीले भने ।

देशव्यापी रुपमा खोप अभियान सञ्चालन गर्न स्थानीय तहका स्वास्थ्यकर्मीलाई तालिम दिने तयारी भइसकेको खोप महाशाखा प्रमुख डा. गौतम बताउँछन् ।

पहिलो चरणमा जिल्ला अस्पताल र राजधानीको पनि निश्चित स्थानमा मात्र खोप केन्द्र भएका कारण लक्षित समूहका धेरै जना खोपको पहुँचमा आउन नसकेका कारण यो पटक समुदायस्तरमै खोप अभियान सञ्चालन गर्न लागिएको उनले जानकारी दिए ।

कसले लगाउनु हुँदैन खोप ?

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना महामारीको जोखिममा वृद्ध वृद्धा र दीर्घरोगीहरु बढी छन् । त्यसैले ६० वर्षमाथि उमेर समूहका सबैले खोप लगाउन मिल्ने खोप महाशाखा प्रमुख डा. गौतम बताउँछन् । ‘रगत पातलो बनाउने औषधि खाएका, संक्रमण भएको ८ हप्ता ननाघेका र खोप/औषधिको गम्भीर एलर्जी हुनेबाहेक अरु सबैले खोप लगाउन मिल्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • आइतबार भारतबाट आउँदैछ १० लाख डोज कोरोना खोप
  • २०७७ फाल्गुन ९, आईतवार २०:४७
  • In "देश"
  • दर्ता प्रक्रिया पूरा नगरि महँगो मूल्यमा ल्याइँदै कोरोनाविरुद्धको चिनियाँ खोप
  • २०७७ फाल्गुन ९, आईतवार २०:४७
  • In "देश"
  • ३ लाख डोज कोरोना खोप अनुदान दिने चीनको घोषणा
  • २०७७ फाल्गुन ९, आईतवार २०:४७
  • In "देश"
Tags: #स्वस्थ-जीवनशैली

नेपाल एक्सन

सम्बन्धित खबर

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

Next Post

शिरमा देश र मनमा मधेस राखेर काम थालेको छु : प्रदेश प्रमुख अहिराज

एलन मस्क पुनः बने विश्वकै धनी मान्छे

पाङ्‌गोङ तालबाट पछि हट्‍ने भारत-चीनको सम्झौता स्वागतयोग्य : ईएफएसएएस

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version