• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

काठमाडौं महानगरका १८ सय स्थायी कर्मचारीको स्वतः एक तह बढुवा


काठमाडौं महानगरका १८ सय स्थायी कर्मचारीको स्वतः एक तह बढुवा

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्ना सबै स्थायी दरबन्दीका कर्मचारीको एक तह/स्तर बढुवा गरेको छ । महानगरपालिकाले कर्मचारी समायोजन ऐन २०७७ जारी गर्दै श्रेणीविहीन र सबै श्रेणीका कर्मचारीको समायोजनको निर्णय गरेको हो ।

महानगरको नगर परिषद बैठकले सो ऐन पारित गरेलगत्तै मंगलबार सबै कर्मचारीको एक तह/स्तर बढुवा भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञावालीले जानकारी दिए ।यसअनुसार करिब एक हजार ८ सय कर्मचारीको एकैपटक बढुवा भएको उनले जानकारी दिए ।

उनका अनुसार महानगरमा भर्ना भएर लामो समयदेखि काम गरिरहेका कर्मचारीको श्रेणीभन्दा संघबाट आउने भर्खरै भर्ना भएर आउने कर्मचारी माथिल्लो तहमा आएपछि महानगरमा कर्मचारी समायोजनको माग उठेको थियो ।

हाल संघबाट पाँच वर्ष सेवा अवधि पुरा गरेका शाखा अधिकृत महानगरमा आठौं, ५ वर्ष सेवा अवधि नपुगेका उपसचिव नवौं र ५ वर्षभन्दा बढी सेवा अवधि पार गरेका उपसचिव दशौं तहमा कार्यरत छन् । तर, महानगरमा २० वर्षअघि भर्ना भएका कर्मचारीहरु अहिले पनि आठौं तहमा रहेपछि महानगरका कर्मचारीले असन्तुष्टि जनाउँदै आएका थिए ।

‘महानगरभित्रका कर्मचारीहरुलाई उत्प्रेरित गर्नको लागि नै नगर परिषदबाट समायोजनसम्बन्धी कानून पारित भएको हो,’ ज्ञावालीले भने,’यसपछि महानगरका कर्मचारीको सेवाप्रवाह सुध्रने अपेक्षा गरेका छौं ।’

यसरी समायोजन भएपछि सबै कर्मचारीको तलब भत्ता पनि स्वतः बढेको छ । यसअनुसार महानगरपालिकालाई महिनामा करिब ३० लाख रुपैयाँ थप वित्तीय भार थपिएको छ । कर्मचारी समायोजनले वर्षमा करिब ३ करोड ६० लाख रुपैयाँ अतिरिक्त भार थपिएको छ ।

यसअघि महानगरमा नेपाल सरकारका सचिव प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था थियो । तर, महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य असन्तुष्टिपछि सचिवको सट्टा सहसचविले नै प्रशासकीय अधिृकतको जिम्मेवारी पाउने व्यवस्था गरेको थियो ।

महानगरका कर्मचारीले पनि संघबाट भर्खर भर्ना भएर आएका कर्मचारीभन्दा तल बसेर काम गर्न असहज भएको भन्दै असन्तुष्टि पोख्दै आएका थिए । मेयर शाक्यले कर्मचारीको माग सम्बोधन गर्न समायोजनको योजना बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • स्वास्थ्य तर्फका कर्मचारीको समायोजन : प्राथमिकतामा प्रदेशबाट स्थानीय तहमा जानेहरू
  • २०७७ फाल्गुन ५, बुधबार १३:३१
  • In "देश"
  • एक इमान्दार कर्मचारीको हुर्मत लिएको मधेश सरकार, बढुवाको एकवर्षपछि जिम्मेबारी
  • २०७७ फाल्गुन ५, बुधबार १३:३१
  • In "BannerNews"
  • समानताको हक विपरीत मधेश प्रदेशको ऐन, १२४ कर्मचारीद्वारा सर्बोच्चमा चुनौती
  • २०७७ फाल्गुन ५, बुधबार १३:३१
  • In "मधेश प्रदेश"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

Next Post

दमकमा निर्माणाधीन क्लिन पार्कका पीडितको न्यायका लागि लिम्बुवानले प्रर्दशन गर्दै

भागरथी प्रकरणको अनुसन्धान टोलीलाई स्थानीयले लगाइदिए फूलमाला

सुनको भाउ आठ महिनायताकै सस्तो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version