• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

आयोग नै चुनावको पक्षमा नरहेको पूर्वप्रमुख निर्वाचन आयुक्त यादवको आरोप


आयोग नै चुनावको पक्षमा नरहेको पूर्वप्रमुख निर्वाचन आयुक्त यादवको आरोप

काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन आयोग नै चुनावको पक्षमा नरहेको आरोप लगाएका छन् । आयोगकै कारण अब वैशाख १७ र २७ का लागि तोकिएको चुनाव लगभग असम्भव रहेको उनको भनाइ छ ।

हिमालय टेलिभिजनको नियमित कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै डा. यादवले नेकपामा देखिएको विवाद समाधानमा सक्रियता नदेखाएका कारण अब वैशाखमा चुनाव हुन नसक्ने बताए । आयोगले नेकपाको विवाद समाधानमा चासो नै नदेखाएको र नेकपाको विवाद समाधान नगरी चुनाव हुने कल्पना पनि गर्न नसकिने उनको भनाइ थियो ।

मुलुकको आवश्यकताका लागि फास्ट ट्रयाकबाट राजनीतिक दल सम्बन्धी ऐन, नियम र यसअघिका नजिरका आधारमा निर्णय गर्न आयोगलाई कुनै कठिनाइ नभए पनि आयोग अग्रसर नहुँदा आयोगमाथि अनेक टिप्पणी भइरहेको यादवको भनाइ छ । आयोगमा उपलब्ध नेकपाका ४४१ सदस्सीय केन्द्रीय कमिटीको बहुमतका आधारमा आयोगले विवाद निरुपण गर्न कुनै समस्या नहुने यादवले बताए ।

विवाद गरिरहेका दलहरुले दाबी गर्दासम्म चुनाव चिन्ह, दलको नाम, झण्डा फ्रिज गर्न नपाउने र आयोगलाई त्यो अधिकार नै नभएको यादवको भनाइ छ ।

अहिलेका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया प्रति इंगित गर्दै पूर्व प्रमुख निर्वाचन आयुक्त यादवले अहिलेको राजनीतिक संस्कार अनुसार जसको आडभरोसामा संस्थाको प्रमुख भए पनि त्यो व्यक्ति संस्थाप्रति उत्तरदायी र जिम्मेवार हुनु पर्ने अन्यथा त्यसको भागीदार स्वंयम हुनु पर्ने उनको भनाइ छ । आयोग र त्यसको नेतृत्वकर्ता थपलियालाई कुनै दल वा व्यक्तिको प्रभावमा नपर्न पनि यादवले आग्रह गरेका छन् ।

पाँच जना पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले भेटेरै आयोगलाई जिम्मेवार भएर निर्णय गर्न आग्रह गरे पनि त्यो हुन नसकेको उनको भनाइ छ । नेकपाको विवाद समाधान नगरेसम्म चुनाव हुनै नसक्ने र भइहालेमा पनि त्यसले समस्या समाधान नगर्ने र मुलुकलाई थप अध्यारोतर्फ लैजाने यादवको तर्क छ ।

अहिलेको विवाद सर्वोच्चमा रहेको र अदालतले संसद पुनर्स्थापना गरे पनि नेकपा विभाजनको अवस्थामा रहेकाले आयोगले निर्णय गर्नै पर्ने उनले बताए । पुनर्स्थापनापछि संसदमा प्रतिपक्षी र सत्तापक्ष कता बस्ने भन्नका लागि पनि आयोगले निर्णय गर्नै पर्ने डा. यादवको भनाइ छ ।

यादवसँग २०६४ र ७० को संविधान सभा चुनाव गराएको अनुभव छ भने ०७४ सालको चुनाव उनकै नेतृत्वमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • निर्वाचन आयोगले सडक होइन, कानुन हेरेर निर्णय दिनुपर्छ : पूर्वप्रमुख आयुक्त श्रेष्ठ
  • २०७७ फाल्गुन ४, मंगलवार १२:५९
  • In "देश"
  • निर्वाचन आयोगले गर्ने कि सरकारले ? होला त वैशाखमा निर्वाचन ?
  • २०७७ फाल्गुन ४, मंगलवार १२:५९
  • In "देश"
  • नेकपा आधिकारिकता विवाद : निर्वाचन आयोगको भूमिकामाथि १० प्रश्न
  • २०७७ फाल्गुन ४, मंगलवार १२:५९
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post

नकारात्मक र सकारात्मक भावना कसरी पैदा हुन्छ ?

चिनियाँ राजदूत होउ यान्छीको दाबीले व्यापारीनै अचम्मित

भागरथी प्रकरणको दोषी नजिक प्रहरी पुगिसक्यो : गृहमन्त्री थापा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version