No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

विशाल दलित सभाको सन्देश: कम्युनिस्टहरूले भोटको लागि मात्र प्रयोग गरे

विशाल दलित सभाको सन्देश: कम्युनिस्टहरूले भोटको लागि मात्र प्रयोग गरे

दैलेख । लामो समयदेखि समाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक रुपबाट अपहेलित, उपेक्षित र अधिकारबाट बन्चित दलित समुदायलाई सचेत र जागृति गराउने हिसाबले पूर्वमा सप्तरीको राजविराज र पश्चिममा दैलेखमा एकैसाथ राष्ट्रिय दलित मुक्ति जागरण अभियानले दुई ठुला- ठुला जनसभा आयोजना गरेको छ।

राजविराजमा भएको जनसभामा अभियानका पूर्वी संयोजक राजेश विद्रोहीले दलित समुदायलाई राजनीतिक दलहरुले अहिलेसम्म भोट बैंकको रुपमा प्रयोग मात्र गर्दैआएकोले यस विषयमा आफै गम्भीर बन्नुपर्ने आवश्यकता बताए। उनले भने,‘ कम्युनिष्ट पार्टी चुनावका बेला दलित समुदायलाई प्रयोग मात्रै गर्ने गरेका छन्।’

दलित एवम् उत्पीडित समुदायमाथि हत्या, हिंसा, बलात्कार जस्ता जघन्य घटनाहरु भईरहँदा पनि सरकार मात्र नभई राजनीतिक दलहरुले मौनता साधेको बताए। उनले भने ‘दलित समुदायलाई राजनीतिक दलहरुले भोट बैंकको रुपमा प्रयोग मात्र गर्दैआएकोले यस विषयमा दलित समुदाय गम्भीर बन्नु आवश्यक छ।’

सरकारको मौनताले कडा परिश्रम गर्ने दलित एवम् उत्पीडित समुदायलाई भोकभोकै मर्नुपर्ने बाध्यता आइलागेको चर्चा गर्दै उनले भने ‘पटक–पटक आन्दोलन भए, ती आन्दोलनहरुमा दलितसहित उत्पीडित समुदायले भोकभोकै बसेर सहभागिता जनाए, दर्जनौंले बलिदानी पनि दिइरहे तर, अझै दलित समुदायको सामाजिक, आर्थिक र राजनीतिक अवस्था भने फेरिएको छैन् ।’ गरीब झन गरीब भएका छन् भने सामन्त जमिनदारहरु नै सत्तामा पुगेर थप सवल भएका छन् ।’

सामन्त जमिनहरु नै सत्ता पुगे पनि उत्पिडितलाई हेर्ने दृष्टिमा फरक नआएका कारण आज पनि उत्पीडित समुदायलाई भोकभोकै बस्नुपर्ने बाध्यता आइलागेको विद्रोहीले बताए । अब पनि दलित समुदाय सचेत नभए समाजमा दशकौं उत्पीडनबाट मुक्ति पाउन नसकिने उनले दावी गरे ।

राजनीतिमा लागेका केही दलित अगुवाहरुलाई समेत समुचित अवसरबाट वञ्चित गरेर कार्यकर्ताको रुपमा प्रयोग गर्न खोजेको बताउँदै उनले भने ‘हरेक राजनीतिक परिवर्तनहरुमा दलित समुदायले सहभागिता मात्र नभई बलिदान समेत दिएका छन् तर अवसरमा भने अझैं समानता पाउन सकेको छैन त्यसैले हामी सधैं अरुकै लागि लड्यौं, अब आफ्नैलागि एकतावद्ध भएर संघर्ष गर्नुको विकल्प छैन ।’

त्यस्तै दैलेखमा भएको सो कार्यक्रममा पूर्व सांसद पार्वती बिशुन्केले दलित समुदायले पुस्तौं पुस्तादेखि बसोबास गर्दै आइरहेका जग्गाको हकभोग सहित लालपूर्जा व्यवस्था
सरकारले गरिनुपर्ने बताए। उनले जल, जंगल, जमीन र पुँजीमा हकबन्दी कायम गरिनुपर्ने, छुट्टै दलितको कानूनी व्यवस्था गरी राष्ट्रिय दलित आयोगलाई स्थानीय तहसम्म विस्तार गरिनुपर्ने सरकारसँग माग गरे।

त्यस्तै पश्चिम संयोजक– खगेन्द्र सोनारले अहिलेसम्म नेपाल सरकारले दलितमाथि गरेको भेदभाव कार्यशैलीको विरुद्ध लाग्नु पर्ने बताए। उनले भने,‘दलित समुदायलाई सरकारले हेपेको छ।’

राष्ट्रिय दलित मुक्ती जागरण अभियान अन्तरगर्त दैलेखमा भएको दलित समुदायको विशाल भेलाले राष्ट्रिय स्तरमा नेपाल सरकारसँग १४ बुँदे माग–पत्र समेत सार्वजनिक गरेको छ । मागपत्रमा क्षतिपूर्ति सहित दलितहरुलाई विषेश अधिकारको व्यवस्था गरिनुपर्ने, उच्च शिक्षा, प्राविधिक शिक्षा तथा स्वास्थ्य सेवालाई निशुल्क गरिनुपर्ने, नागरिकता विहिन दलितहरुका लागि अविलम्व नागरिकता व्यवस्था गरिनुपर्ने उल्लेख छ ।

पछिल्लाे केही समय यता दलित समुदायकाे हकहितका लागि नेपाली काँग्रेसले बुलन्द रूपमा अावज उठाइरहेकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
कर्णालीका मुख्य न्यायाधिवक्ता मानन्धरले दिए राजीनामा

कर्णालीका मुख्य न्यायाधिवक्ता मानन्धरले दिए राजीनामा

#covi

नेपालमा फेरि नयाँ कोरोना भाइरसको संक्रमणको आशंका

प्रदेश १ सरकारको वार्षिकोत्सव कांग्रेस र प्रचण्ड-माधव समूहद्वारा बहिस्कार

प्रदेश १ सरकारको वार्षिकोत्सव कांग्रेस र प्रचण्ड-माधव समूहद्वारा बहिस्कार

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...