• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस : यसरी भएको थियो सुरुवात


‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस : यसरी भएको थियो सुरुवात

काठमाडौं– नेपालसहित विश्वभर आज ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस मनाइँदै छ ।

विशेषगरी युवावर्गले यसलाई उत्सवकै रुपमा मनाउने गरेका छन् । पछिल्ला केही वर्षदेखि नेपालमा पनि प्रणय दिवस विशेष रूपले मनाउने गरिएको छ ।

यस दिन प्रेमी–प्रेमिकाले एकार्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने गरिन्छ । आफूलाई मन परेका व्यक्तिसमक्ष प्रेम प्रस्तावसमेत राख्ने गरिन्छ ।

पश्चिमा मुलुकमा धेरै ठूलो साँस्कृतिक महत्व बोकेको यो ‘पर्व’ नेपालमा पनि पछिल्ला केही वर्षयता प्रणय दिवसका रुपमा, विशेषगरी युवापुस्तामाझ लोकप्रिय हुँदै आएको हो ।

नेपाललगायत पूर्वी गोलार्द्धका मुलुकमा पनि विश्वव्यापीकरण र सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण भ्यालेन्टाइन्स डे र अन्य पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको देखिन्छ ।

हुन त हामीले सुन्दै पनि आएका हौँ, ‘एकजना भ्यालेन्टाइन नाम गरेका सेन्टले रोमन साम्राज्यका सम्राटको आदेश विपरित प्रेम जोडीहरुको विवाह गराइदिएका थिए । त्यसपछि ती रोमन सम्राटले सेन्टलाई मृत्युदण्ड दिए ।

त्यसैले प्रेमका लागि शहीद हुने उनै सेन्ट भ्यालेन्टाइनको सम्झनामा हरेक वर्षको फेब्रुअरी १४ का दिन भ्यालेन्टाइन्स डे मनाइन्छ ।’ मूलधारका इतिहासकारहरुले यसैलाई भ्यालेन्टाइन्स डेको प्रादूर्भावको रुपमा लिन्छन् ।

को थिए त सेन्ट भ्यालेन्टाइन ?

सेन्ट भ्यालेन्टाइनको जन्मबारे हालसम्म कुनै ऐतिहासिक तथ्य बाहिर आएको छैन । यद्यपि उनीबारे तेश्रो शताब्दी उत्तरार्धपछिका जानकारी मात्र उपलब्ध छन् । सेन्ट भ्यालेन्टाइनको कथा यस्तो छ-

रोमन साम्राज्यको स्थापनादेखि नै रोमन सैनिकलाई विवाह गर्न प्रतिबन्ध थियो । तैपनि केही रोमन सैनिकहरु आफूलाई खटाइएको स्थानका महिलाहरुसँग विवाह गर्थे ।

सन् २३५ मा तत्कालीन रोमन सम्राट सेभरस अलेक्जेण्डरको हत्या पछि रोमन साम्राज्यमा अराजकताको अवस्था आयो । महामारी, गृहयुद्ध, आर्थिक संकट इत्यादी कारणले रोमन साम्राज्यको अवस्था दयनीय बन्दै आयो । रोमन सैनिकहरुले यस्ता नियमको बेवास्ता गर्न थाले ।

सन् २६० को दशकमा रोमन साम्राज्यमा गलेनियस नामक सम्राटको शासन थियो । त्यसबेला रोमन साम्राज्यमा अलेमानी, गोथिक लगायतका पेगन तथा बर्बरियन जातिले रोमन साम्राज्यमा आक्रमण गरिरहन्थे ।

पेगन र बर्बरियन जातिको आक्रमणबाट रोमन साम्राज्य कमजोर हुँदै आइरहेको थियो । सन् २६८ मा सम्राट गलेनियसको हत्या भयो । उनको हत्यापछि उनको स्थानमा सम्राट बन्न आइपुगे मार्कस अउरेलियस क्लाउडियस गोथिकस नामक मानिस । उनी सम्राट गलेनियसको सेनामा सैनिक अधिकारी थिए ।

उनी गोथिकहरुलाई पराजित गरेका कारण पछि गएर सम्राट क्लाउडियस गोथिकस कहलाए । उनको निर्दयिता पनि उत्तिकै कुख्यात थियो । निर्दयिताका कारण नै उनलाई ‘क्लाउडियस द क्रुल’ को नामले पनि चिनिन्छ ।

बर्बरियन तथा पेगनहरुको आक्रमण बढ्दै जाँदा क्लाउडियसले सेनालाई मजबुत बनाउनका लागि पुनः सैनिकहरुलाई कामबासनामा सामेल हुन तथा विवाह गर्न प्रतिबन्ध लगाइदिए । विवाह गर्न तथा कामबासनामा सामेल हुन नपाएका कारण रोमन सैनिकहरुलाई असहज हुँदै गयो ।

त्यसपछि मात्रै ईसाई धर्मका गुरु सेन्ट भ्यालेन्टाइनबारे जानकारी अगाडि आउँछन् । उनले सन् २६० को दशततिर सयौँ वा हजारौँ रोमन सैनिकको विवाह गराइदिएको बताइन्छ । त्यसबेला रोमन साम्राज्यमा ईसाई धर्म र धर्मावलम्बी कठोर दमनको शिकार हुने गर्थे । त्यसको शिकार सेन्ट भ्यालेन्टाइन हुनपुगे ।

आफ्ना सैनिकको विवाह गराइदिने गरेको थाहा पाएर सम्राट क्लाउडियसले उनलाई पक्राउ गर्न आदेश दिए । त्यसपछि उनलाई पक्राउ गरी रोम शहरका प्रफेक्टका सामुन्ने सार्वजनिक स्थानमा घिसारिएर ल्याइयो ।

उनलाई सम्राट क्लाउडियसले आफ्नो धर्म त्याग गर्न वा मृत्युदण्ड स्वीकार गर्न दुई विकल्प दिएको बताइन्छ । तर, उनले ईसाई धर्म त्याग गर्ने नभई बरु मृत्युदण्डको सजाय स्वीकारेको इतिहासकरहरु बताउँछन् ।

त्यसपछि उनलाई जेलमा राखियो । जेलमा रहँदा उनले आफ्ना जेलरकी दृष्टिविहीन छोरीसँग सम्बन्ध स्थापना गरेको बताइन्छ । सेन्ट भ्यालेन्टाइनले जेलरकी उनै दृष्टिविहीन छोरीको दृष्टि फर्काइदिएको समेत बताइन्छ । त्यसपछि उनलाई मृत्युदण्ड दिइयो ।

मृत्युदण्डअघि उनले जेलरकी तिनै छोरीलाई ‘तिम्रो भ्यालेन्टाइनबाट’ भन्ने सन्देश छाडेका थिए भन्ने किंबदन्ती छ ।

उनलाई सन् २७० मै वा त्यही वर्षको आसपास फेब्रुअरी १४ मा घाँटी रेटेर मृत्युदण्ड दिइएको बताइन्छ । त्यसपछिका वर्षहरुमा रोमन साम्राज्यमा ईसाई धर्म र धर्मावलम्बीलाई दमन जारी नै रहेका कारण उनीबारे धेरै विवरण उपलब्ध छैनन् ।

उनको मृत्युदण्ड पछि उनलाई ईसाई धर्मको शहीद घोषणा गरी सेन्टको दर्जा दिइयो । त्यसपछि चौथो शताब्दीको पूर्वार्धमा पोप जुलियस द फस्र्टले उनको चिहान रहेको स्थान भाया फ्लामिनामा स्मारकको स्थापना गराइदिएका थिए । पछि सन् ४९६ मा पोप गलेसियसले फेब्रुअरी १४ लाई सेन्ट भ्यालेन्टाइन्सको दिन घोषणा गरेका थिए ।

त्यसपछि भ्यालेन्टाइन डेबारे त्यति चासो दिइएको थिएन । मध्ययुगमा युरोपमा आएको पुनर्जागरण पछि मात्रै भ्यालेन्टाइन डे चर्चित भएको हो ।

पछि २० औं तथा २१ औं शताब्दीमा उपभोक्तावाद तथा पुँजीवादको विकासपछि उत्पादित सामानको विक्री बढाउनका लागि भ्यालेन्टाइन डेलाई अधिकै चर्चित बनाइँदै आइएको छ । त्यसबाहेक पछिल्ला केही वर्षमा भ्यालेन्टाइन्स डेको एक साताअघि देखि चकलेट डे, टेडी डे, रोज डे लगायत अन्य डेहरु पनि मनाउन थालिएको छ । यसलाई उपभोक्तावादको बढ्दो सँस्कृतिका रुपमा लिने गरिएको छ ।

परम्परागत रुपमा पश्चिमा मुलुकमा मनाइने भ्यालेन्टाइन डे सामाजिक सञ्जाल तथा विश्वव्यापीकरणका कारण पछिल्लो समय पूर्वी एशियातर्फ पनि उत्तिकै महत्वका साथ मनाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • आज भ्यालेन्टाइन्स डे, प्रेम साटासाट गरी विश्वभर मनाइँदै
  • २०७७ फाल्गुन २, आईतवार १४:२९
  • In "देश"
  • प्रणय-सप्ताहः प्रेम उत्सव
  • २०७७ फाल्गुन २, आईतवार १४:२९
  • In "जीवनशैली"
  • प्रणय दिवसमा छैन गुलाफको स्थानीय उत्पादन
  • २०७७ फाल्गुन २, आईतवार १४:२९
  • In "देश"
Tags: #समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

Next Post

चीनसँगका दुबै नाका फेरि बन्द

प्रचण्ड–माधव समूहद्वारा चौथो चरणको आन्दोलन घोषणा

सांगठनिक सुधारका विषयको दीर्घकालीन कार्यान्वयनमा प्रधानसेना पतिको चासो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version