• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बलात्कारको विरोधमा जिउँदै शव बनेकी अन्शु


बलात्कारको विरोधमा जिउँदै शव बनेकी अन्शु

काठमाडौं । शुक्रबार दिउँसो २ बजे बसन्तपुरबाट सेतो कपडा र बाँसको खटमा एउटी महिलाको शव अगाडि बढ्यो । शवको अघिअघि जौ-तिल छर्ने र शंख बजाउनेहरू थिए भने पछाडि थियो महिलाहरूको ठूलो जुलुस ।

बसन्तपुर-न्युरोड हुँदै शव रत्नपार्क आइपुग्दासम्म हेर्नेहरूको ठूलो भिड लागिसकेको थियो । पैदलयात्रीहरू पनि आन्दोलनमा ‘कोही शहीद भएछ कि’ भन्दै शव हेर्न जम्मा भए । त्यही क्रममा एक जना वृद्धले बाँसको खाटमाथि २० रुपैयाँ चढाइदिए ।

तर, बाँसको खाटमाथि शव बनेर लडेकी महिला भने सामान्य हलचल गरिरहेकी थिइन् । उनलाई आकाशे पुल र घरको छतबाट आफूलाई हेरिरहेका मानिसतिर नजर डुलाउँथिन् । अपराधीहरूको हातबाट मृत्युवरण गर्नुपर्दाको पीडा  कल्पना गरेर आँखा बन्द गर्थिन् ।

यसरी जिउँदै शव बनेर खटमा चढेकी पात्र हुन्, अन्शु खनाल । केपी ओली सरकारको प्रतिगमनविरुद्ध भएको ‘महिला मार्च’मा सांकेतिक विद्रोह जनाउँदै उनी जिउँदै शव बनेकी हुन् ।

सडक नाटकको झल्को दिने यस किसिमको प्रस्तुतिलाई आधुनिक कलाको भाषामा ‘पर्फर्मेन्स आर्ट’ भनिन्छ । अन्शु यही पर्फर्मेन्स आर्ट देखाउँदै प्रतिगमनको विरोध गर्न जिउँदै शव बनेकी हुन् ।

गोरखा, आरुघाट घर भएकी अन्शु कविता लेखन र पत्रकारिता गर्छिन् । यसबाहेक नाटक र कलामा पनि उनको रूचि छ । यो नाटक देखाउने परिकल्पनाकारको श्रेय पनि उनलाई नै जान्छ ।

शव बनेर बलात्कार तथा प्रतिगमनको विरोध जनाउने शैली दिमागमा आएको सम्झिँदै अन्शु भन्छिन्, ‘एकदिन मैतीदेवीको बाटो हिँँड्दै गर्दा मलाई शव बनेर कला देखाउने सोच दिमागमा आयो । त्यो कुरा साथीहरूलाई भनेपछि नाटक देखाउने तय भयो ।’

अन्शुको यो परिकल्पनालाई कलाकार रसिक राज, राजु झल्लुप्रसाद, प्रज्जव अधिकारी तथा प्रभात तिमल्सिनाले साथ दिए । यसपछि यो युवा टोलीले नाटकको अभ्यास गर्न थाल्यो । करिब एक साताको अभ्यासपछि शव बोकेर विरोध गर्ने तय भएको उनी सुनाउँछिन् ।

भन्छिन्, ‘हामीले वास्तविक जीवनकै झल्को दिनेगरी नाटक देखाउने मनशायले शव-यात्राको प्रस्तुति दिएका हौं । जहाँ शव जलाउन लैजाँदा प्रयोग हुने सबै रीति देखाइएको छ ।’

यसअघि पनि अन्शु, रसिक राज र उनीहरूको संस्था ‘आभा फर क्रियटिभिटी’ले सडक आन्दोलनहरूमा कला प्रस्तुत गरिसकेको थियो । त्यही अनुभवको जगमा उनीहरूले बलात्कार र प्रतिगमनको विरोध गर्न शव-यात्रा प्रदर्शन गरे । यसपटक अन्शुको सांकेतिक शव बोक्नेमा उनका श्रीमान रसिक राज पनि थिए । रसिक राज कलाकार तथा चित्रकार हुन् ।

चरम पीडा अनुभव गरेँ : अन्शु 

शव बनेर एक घन्टासम्म बाँसको खटमाथि बस्दा निकै पीडा अनुभव गरेको सुनाउँछिन् अन्शु । भन्छिन्, ‘मलाई शव बनेर सुत्दा शरीर होइन, मन दुखेको छ । किनभने मलाई त यति सकस भयो भने बलात्कार भोग्नेलाई कति पीडा हुन्छ होला !’

नारीमाथिका अत्याचार सम्झेर भावुक भएकी अन्शु नाटक सकिएपछि पनि निकै गम्भीर देखिन्थिन् । कलिलो उमेरका युवतीमाथि भएका बलात्कार र हत्याको घटनाहरूप्रति चिन्तित थिइन् ।

२१ वर्षीय अन्शु कात्रो ओढेर खटमा पहिलोपटक चढेको भएपनि उनलाई स्ट्रेचरमा चढेको भने अनुभव थियो । ‘बाल्यकालमा निकै बिरामी पर्ने गर्थें’ उनले सुनाइन्, ‘त्यसरी बिरामी हुँदा गाउँको बाटोमा स्ट्रेचर चढेको कारण आज शव बन्दा अप्ठ्यारो लागेन ।’

अन्शुको नक्कली मलामी बनेका प्रभात तिमल्सिना पनि शव बोक्दाको वास्तविक पीडा अनुभव गरेको बताउँछन् । आधा शरीरमात्र ढाक्ने सेतो कपडा लगाएर शव बोकेका प्रभात आफन्तको शोक परेझैं महसुस भएको सुनाउँछन् । भन्छन्, ‘बलात्कारपछि हत्या गरिएका दिदीबहिनीको शव बोक्दा तिनका आफन्तलाई कति पीडा हुन्छ भन्ने बल्ल सोच्न पाएँ ।’

यता अन्शु शव बनिरहँदा उनको पछाडि महिलाहरूको ठूलो जुलुस ‘बलात्कारीलाई फाँसी दे !’ भन्ने नारासहित सिंहदरबार घेराउ गर्न हौसिएको थियो ।

बृहत् नागरिक आन्दोलनअन्तर्गत भएको उक्त महिला-मार्चमा महिला अभियन्ता, विद्यार्थी तथा साहित्यकारहरू सहभागी थिए । उनीहरूले महिलामाथि हुने सबै प्रकारका हिंसाको घोर भत्र्सना गर्दै सामूहिक मार्च गरेका थिए ।

मोहना अन्सारी, रीता परियार, शृङ्खला खतिवडा, माल्भिका सुब्बा, अर्चना थापा, अन्शुलाई बोकेको शवसँगै जुलुसमा थिए । अभियन्ताहरूले अन्शुको र उनको समूहको कलाको खुलेर प्रशंसा गरे ।

अन्शु पनि शुक्रबारको प्रस्तुतिबाट झन् धेरै आत्मविश्वास बढेको स्वीकार गर्छिन् । जिउँदैमा शव बन्न तयार भएकी उनी सबै प्रकारका विभेदमाथि महिलाहरूले विद्रोह गर्नुपर्ने मान्यता राख्छिन् । अनि छातीमा हात राखेर बाचा गरिन्, ‘नारीमाथिका सबै अत्याचारविरूद्ध यसरी नै आवाज उठाइरहने प्रतिज्ञा गरेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • विराटनगरमा चिया पसलभित्र महिला मृत फेला
  • २०७७ माघ ३०, शुक्रबार २०:३०
  • In "कोशी प्रदेश"
  • मधेशको भूमिमा कहाँबाट आएर मारिन्छ मान्छे ?
  • २०७७ माघ ३०, शुक्रबार २०:३०
  • In "BannerNews"
  • कर्णाली नदीमा बेपत्ता थप दुईजनाको शव भेटियो, एकजना अझै बेपत्ता
  • २०७७ माघ ३०, शुक्रबार २०:३०
  • In "कर्णाली प्रदेश"
Tags: #अपराध

नेपाल एक्सन

सम्बन्धित खबर

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

Next Post

गम्छा र औंठीबाट खुल्यो महिला हत्याको रहस्य

सरकारलाई राजश्व, कर्मचारीलाई बोनस, व्यवसायीलाई कमिसन, उपभोक्तालाई मूल्यवृद्धि

रौतहटमा चक्कु प्रहारबाट २ जना घाइते

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version