• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

विदेशमा ‘हराएको’ छोराको खोजीमा काठमाडौंमा भौतारिएकी बुढीआमा


विदेशमा ‘हराएको’ छोराको खोजीमा काठमाडौंमा भौतारिएकी बुढीआमा

 काठमाडौं । उनको पहेँलो टोपी, रातो सारी र पावरवाला चश्मा लगाएकी बुढीआमा आइतबार बिहान वैदेशिक रोजगार विभागको गेटमा चप्पल घिसार्दै पुगिन् । मसिनो काँपेको स्वर निकँल्दै सुरक्षागार्डलाई सोधिन्, ‘हाकिम सा’ब हुनुहुन्छ बाबु ?’

म्यानपावर कम्पनी र दलालहरुले ठगेका युवाहरु पुग्ने विभागमा बयोवृद्धको उपस्थिति अपवाद थियो । सुरक्षा गार्डले बिनम्रतापूर्वक तेस्रो तलामा जान सुझाए ।

उनी भर्‍याङमा तीन ठाउँमा रोकिएर विभागका महानिर्देशक कुमारप्रसाद दाहालको कर्यकक्षमा पुगिन् । महानिर्देशकलाई हात जोड्दै भनिन्, ‘छोरा खोजिदिनुहुन्छ कि भनेर हजुरकहाँ आएँ । गएको असोजबाट मेरो छोरा विदेशमै हरायो ।’

उनी कैलालीको गोदावरी-९ धनचौडीकी सुनमतीदेवी जोशी हुन् । उमेरले ७७ काट्न लाग्यो, आँखा राम्रो देख्दिनन् । चिसो काठमाडौंमा उनको मन छोराको पीरले भतभती पोलेको छ । र, त्यही दुःख बिसाउन सरकारी अड्डा धाइरहेकी छन् ।

साँझ परेपछि कहिले भदा कहाँ त कहिले आफन्त कहाँ बास बस्न पुग्छिन् र, उज्यालो भएपछि फेरि छोरा खोजिदिन आग्रह गर्दै सरकारी अड्डा पुग्छिन् । थाहा पनि छैन, विदेशमा हराएको छोरा कसले खोजिदिन्छ ? तै पनि आश मारेकी छैनन् । सुनमतीदेवीका अनुसार ८७ वर्ष पुगेका उनका श्रीमान दानबहादुर शाही गृहमन्त्री हुँदा सुरक्षा गार्ड थिए । यो परिचयले काम भइहाल्छ कि भनेर कुन सरकारी अड्डा पुग्दा पनि श्रीमानको त्यही विगत सम्झाउँछिन् ।

सुनमती सुरुमा छोरो खोजिदिन आग्रह गर्दै पररराष्ट्र मन्त्रालयमा पुगेकी थिइन् । परराष्ट्रका कर्मचारीले सुदूरपश्चिमका मन्त्री (लेखराज भट्ट) छन् भनेर उद्योग मन्त्रालयतिर पठाइदिए । उद्योगमा पुग्दा विषयगत मन्त्रालय भन्दै श्रम मन्त्रालय जान भनियो । श्रम मन्त्रालयले वैदेशिक रोजगार विभाग देखाइदियो । त्यहीकारण उनी सोमबार बुद्धनगरस्थित विभागको कार्यालयमा आइपुगेकी हुन् ।

सुनमतीलाई सोफामा बस्न आग्रह गर्दै महानिर्देशक दाहालले सोधे, ‘कुन देश हराउनुभएको हो तपाईंको छोरा ?’

‘बहराइनमा हो सर । त्यो केटो २०७६ को पुसमा विदेश उडेको हो,’ उनले जवाफ फर्काइन् ।

महानिर्देशक दाहालले छोराको नागरिकता, पासपोर्टको फोटोकपी, फोन नम्बर केही छ ? भनेर सोधे ।

सुनमतीसँग केही कागजात थिएनन् । त्यही जवाफ दिइन ।

फोटो छ त ? महानिर्देशक दाहालले फेरि सोधे ।

‘त्यो पनि छैन’ सुनमतीले निरास हुँदै जवाफ फर्काइन् ।

सुनमतीसँग छ त, केबल छोराको नाम र ठेगाना । ‘जयराज जोशी हो छोराको नाम, माइलो छोरो हो मेरो’ उनले भनिन् ।

हराएको छोराको उमेर पनि उनलाई याद छैन । ‘४० कटिसक्यो होला,’ उनी भन्छिन् ।

०००

सुनमतीका अनुसार असोजयता छोरासँग फोनमा कुरा भएको छैन । फोन गर्ला भन्दाभन्दै ४ महिना बित्यो । बुहारीलाई सोध्दा उनले पनि फोनमा कुराकानी भएको छैन भन्छिन् । उनले बुहारीसँग छोराको फोन नम्बर मागिन् । बुहारीले स्कुल जाँदा छोरीले फोन हरायो, छोराको नम्बर पनि हरायो भनिन् ।

एकातिर सर्वोच्च अदालतमा जग्गाको किचलोको मुद्दा चलिरहेको छ, अर्कातिर कमाउन गएको छोरा हरायो । सुनमतीको मनमा अनेक कुरा खेल्न थाल्यो । एक मनमा लाग्छ, बैरीको लाग्यो कि ? फेरि असोजमा छोराले भनेको सम्झिन्छिन् । जयराजले महामारीका कारण फागुन (२०७६) यता काम बन्द भएको र कोठामै बस्नुपरेको भनेको थिए । सुनमतीले ‘र्फकेर आइज न त’ भन्दा फर्केर आउन पनि पैसा छैन भनेका थिए । ‘पैसा नभएपछि आउँछु भन्दा पनि कसरी फिरोस् ?’ सुनमती आफैं जवाफ दिन्छन् ।

उनले वैदेशिक रोजगार विभागका महानिर्देशक दाहालसामू आफ्नो दुःख बिसाउँदै भनिन्, ‘उता बुढा थलिएका छन् । यता छोरा हरायो । माइलोलाई जसरी पनि पत्ता लगाएर फिर्ता ल्याइदिनपर्‍यो । छोरा लिएर मात्रै कैलाली फर्किने इच्छा छ ।’

दाहालले सुनमतीकै सामुन्ने बहराइनस्थित नेपाली दूतावासमा फोन गरेर जयराजबारे सोधखोज गरे । तर तत्कालै कुनै पनि जानकारी पाउन सकेनन् । कर्मचारी बोलाएर सुनमतीले दिएका जयराजका विवरण टिप्न लगाए र विभागको प्रणालीमा खोज्न निर्देशन दिए । सुनमतीलाई पनि आफन्तलाई भनेर छोराको पासपोर्ट नम्बर पत्ता लगाएर आउन पनि आग्रह गरे र,  गोजीबाट बाटो खर्च भनेर ४ हजार रूपैयाँ हातमा थमाइदिए ।

छोराको खोजी हुने आशले सुनमतीको पनि अनुहार केही उज्यालियो । र, आफू खबर सोध्न आइरहने भन्दै त्यहाँबाट विदा भइन् ।

मलेसियामा छन् जयराज

वैदेशिक रोजगार विभागका अनुसार सुनमतीका छोरा जयराजको अवस्था पत्ता लगाएको छ । जयराज बहराइन नभएर मलेसिया गएका रहेछन् । सन् २०१९को डिसेम्बरमा सुरक्षा गार्डका लागि जयराज मलेसिया उडेको अभिलेखमा देखिएको महानिर्देशक दाहालले बताए । ‘डायनामिक ग्लोबल म्यानपावरबाट जयराज गएका रहेछन्,’ उनले भने, ‘उनको अवस्थाबारे बुझ्न म्यानपावरलाई भनेका थियौं । उनी सकुसल रहेको खबर आएको छ ।’

दाहालका अनुसार जयराजले घरमा श्रीमतीलाई फोन गरिरहेको बताएका छन् । ‘वास्तविकता के हो भन्ने बुझ्न बाँकी छ,’ उनी भन्छन्, ‘छोराले फोन सम्पर्क नगरेपछि आमा अत्ताल्लिनुभएको हो । नआत्ताल्लिनु पनि किन ? आमाको मन न हो !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • बारामा भेटिएको शवको पहिचान खुल्यो
  • २०७७ माघ २७, मंगलवार १२:४६
  • In "देश"
  • घरायसी विवादमा बाबुले घरमा आगो लगाउँदा दुई छोराको मृत्यु
  • २०७७ माघ २७, मंगलवार १२:४६
  • In "देश"
  • आकाशको फल आँखा तरी मर जस्तै कर्णालीको हवाई सेवा, विमानस्थलबाटै फर्काइयो बिरामीलाई
  • २०७७ माघ २७, मंगलवार १२:४६
  • In "कर्णाली प्रदेश"
Tags: #समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

सरकारले घटायो बजेटको आकार, १३ खर्ब ४४ अर्बमात्र खर्च गरिने

निर्वाचन आयोग पुगेर प्रधानमन्त्रीले भने : मैलै सूर्यबाहेक अरुबाट चुनाव लडेको छैन

अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई दियो ७ अर्बको सुनिश्चितता

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version