• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

आकाशको फल आँखा तरी मर जस्तै कर्णालीको हवाई सेवा, विमानस्थलबाटै फर्काइयो बिरामीलाई


आकाशको फल आँखा तरी मर जस्तै कर्णालीको हवाई सेवा, विमानस्थलबाटै फर्काइयो बिरामीलाई

जुम्ला  । हट्दैनन् कर्णालीका दुःख । कहिले भोकमारी त कहिले रोगमारी । कर्णालीमा हाल यातायातको सुविधा भएता पनि दुःखी र गरिबको लागि भने पुरानै कर्णाली भएको अनुभुति छ । कर्णालीका सर्वसाधारण विरामी हुँदा उपचार गर्न सरल र सहज बातावरण अझै बन्न सकेको छैन । हरेक दिन गाउँ घरको सामुने हवाइ जहाज उडेपनि सर्वसाधारणका लागि कर्णालीको हवाई सेवा आकाशको फल आँखा तरी मर जस्तै भएको छ ।

यसै क्रममा जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले रेफर गरेको कागज देखाउँदै गुठीचौर गाउँपालिकाका रिमाल पाण्डे विमानस्थल पुगिन् । उनको तीन महिनाको छोरा रिवानलाई एक्कासि श्वासप्रश्वासको समस्या भएपछि अस्पतालमा उपचारत थिए ।

अस्पतालले नर्मल श्वासप्रश्वासको दर ५० देखि ६० हुनुपर्ने भए पनि घटेर ३६ मा पुगेपछि थप उपचारका लागि शनिबार नै रेफर गरेको थियो । निकै गम्भीर प्रकृतिको बिरामी छोरा लिएर उनी विमानस्थल तर्फ लागिन् । हवाई टिकटका लागि एयरलाइन्सका कर्मचारीदेखि एजेन्सी सबैलाई हारगुहार गरिन् तर कतैबाट टिकट पाउन सकिनन् ।

विमानस्थल जानुअघि उनले पटकपटक फोन गरेको सुनाइन् । उनले रेफर कागज देखनउँदा पनि विमानस्थलले सुनुवाई नगरेको गुनासो गरिन् । टिकट नपाए पछि छोरा लिएर घर निराश हुँदै घर पर्किनु बाध्यता भयो उनलाई । ‘समयमै रेफर गरिएको अस्पतालमा लिएको भए छोरा निको हुने आश गरेको थिए,’ उनले भनिन्, ‘विमानस्थलमा देखिएको मनपरीले बिरामी छोरो बोकेर घर फर्किन बाध्य भए । दुई दिनअघिदेखि टिकटका लागि पहल थालेको थिएँ । एयरलाइन्स र एजेन्सीका मान्छेलाई फोन गरेको थिएँ । छोराको अवस्था जटिल हुँदै टिकटका लागि पहल गरेको थिएँ तर टिकट पाउन सकिनँ । अन्ततः बिरामी छोरो बोकेर घर फर्किंए ।’

जुम्लाको विमानस्थलमा एयरलाइन्सका कर्मचारी र एजेन्सीका मान्छेले तीन दिनअघि देखि सिट प्याक भइसकेको भनेर पर्काइदिएको उनले सुनाइन् । बिरामीले जहाजमा उड्न नपाउनु विडम्बना हो । ‘हामी अफ्ठयारो गाह्रो पर्दा हारगुहार माग्छौँ,’उनले भनिन्, ‘टिकट पाउँदैनौँ । हवाई सेवा पहुँचवालाको मात्र होइन ।’

दुई दिनअघि जुम्ला विमानस्थलमा भएको सर्वपक्षीय बैठकले बिरामीलाई पहिलो प्राथमिकतामा राखेर टिकट व्यवस्थापन गर्नुपर्नेमा जोड दिएको थियो । कुनै पनि बिरामी जहाजमा जान पाउनुपर्ने जनाउँदै बिरामीको विकल्प अरू हुन नसक्ने बैठकको निष्कर्ष थियो ।

नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले बिरामीले टिकट नपाउनु सुखद पक्ष नभएको बताए । ‘जुनसुकै एयर कम्पनीले बिरामीलाई मध्यनजर गर्दै पहिलो प्राथमिकता दिनुपर्छ,’ उनले भने, ‘अनि मात्र जहाज कम्पनीले सेवा दिएको अनुभूति हुनेछ ।’ उनले दुःखी बिरामीका लागि कर्णालीको हवाई सेवा आकाशको फल आँखा तरी मर जस्तै भएको बताउँदै दुखेसो पोखे ।

विमानस्थलमा भएको भद्रगोलको बारेमा जति निर्णय र छलफल भए पनि इटिकटको व्यवस्था नभएसम्म नरोकिने उनले जानकारी दिए ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले हवाई सेवामा रेफर भएका बिरामीलाई पहिलो प्राथमिकता दिन निर्देश गरिएको जानकारी दिए । ‘धेरै दिनदेखि बिरामी होल्डमा थिए,’ उनले भने, ‘अक्सिजन सिलिन्डर अभावले रोकिएका पातारासीका एक बिरामीलाई सोमबार पठाइएको थियो । अन्य बिरामीलाई जटिलता हेरेर प्राथमिकता दिइन्छ । सबैले समान रुपमा हवाई सेवा पाउनुपर्छ ।’ उनका अनुसार बिरामीलाई टिकट मिलाउन पहल गर्ने तिर प्रशासन लाग्ने बताए । जुम्ला एयरलायन्स कार्यलयका अनुसार उहाँ तारा, सीता र समिट एयरका जहाज चल्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नेपालको सान , कर्णालीको स्याउ बजारमा आएपछि भारत र चीनको स्याउको बिक्री ठप्प
  • २०७८ कार्तिक ९, मंगलवार २१:५९
  • In "आर्थिक"
  • मुख्यमन्त्री शाही र बेलायती विशेष दूतबीच भेटवार्ता
  • २०७८ कार्तिक ९, मंगलवार २१:५९
  • In "देश"
  • अमेरिकाले हात झिके पनि स्थानीय तहमा बेलायतको सहयोग, ५० पालिकाका लागि आशयपत्र आह्वान
  • २०७८ कार्तिक ९, मंगलवार २१:५९
  • In "BannerNews"
Tags: #यातायात

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

घाटामा चल्न थाल्यो नेपाल बिद्युत प्राधिकरण

अनुमति नलिई अब सामाजिक सञ्जालमा विज्ञापन गर्न नपाइने, यस्तो छ प्रस्तावित आचारसंहिता

अमेरिकाले ५५ हजार ६०० मुस्लिमलाई शरण दिने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version