No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

स्याङ्जाका ४९ होमस्टे गाउँ पाहुना राख्न तयार

स्याङ्जाका ४९ होमस्टे गाउँ पाहुना राख्न तयार

पोखरा । २०५४ सालमा स्याङ्जाको सिरुबारीमा तत्कालीन सांसद क्याप्टेन रुद्रमान गुरुङले सामुदायिक घरबास (होमस्टे) को अवधारणा ल्याए ।

होमस्टे सञ्चालन गर्नेका लागि सिरुबारी एउटा पाठशाला बन्यो । त्यसपछि होमस्टे अवधारणा गाउँहरुमा पनि फैलिँदै गयो ।स्याङ्जाकै अन्य गाउँहरुमा पनि होमस्टे लहरै चल्यो ।

सिरुबारीजस्तै स्याङ्जाकै वालिङ नगरपालिका–४ मा सुन्तलाबारी सामुदायिक होमस्टे सञ्चालनमा आयो । वालिङ नगरपालिका–५ मा पित्लेक देउराली होमस्टे सञ्चालनमा आयो । भीरकोट नगरपालिका–७ मा खिलुङ होमस्टेले पनि पाहुना राख्न थाल्यो ।

स्याङ्जामा हाल ४९ समुदायले होमस्टे सञ्चालन गरिरहेका छन् । होमस्टे अवधारणाको अग्रणी जिल्ला स्याङ्जालाई पछिल्लो समय होमस्टेको राजधानी बनाउने अभियानै चल्यो । सरकारले अनुदानसमेत दिने भएपछि धेरै गाउँहरुमा होमस्टेको थालनी भइरहेका थिए । हाल यहाँका होमस्टेमा २ हजार जना पाहुना अटाउँछन् ।

गत वर्ष चैतदेखि सुरु भएको कोरोना भाइरस महामारीका कारण होमस्टे व्यवसाय पनि ठप्प रह्यो । कोरोनाको संकट कम भएर पर्यटनले लय समात्न थालेपछि फेरि स्याङ्जाका होमस्टे गाउँहरुले पाहुना बोलाउन थालेका छन् । माघ २७ गतेदेखि स्याङ्जाका होमस्टे पाहुनाका लागि खुल्ने भएका छन् ।

होमस्टे एसोसिएसन, सिरुबारी होमस्टे, आन्तरिक पर्यटन पुनरुत्थान समिति र नेपाल पर्यटन बोर्डले आइतबार पोखरामा पत्रकार सम्मेलन गर्दै स्याङ्जाका होमस्टे पाहुना राख्न तयार रहेको बताएका छन् ।

२७ गते सिरुबारीमा स्याङ्जाका होमस्टे गाउँका प्रतिनिधिले परिचयात्मक कार्यक्रम राखेका छन् । चैत २७ देखि २९ गतेसम्म सुन्तलाबारी होमस्टेमा क्यानोनिङ महोत्सव हुने भएको छ ।

वालिङ–४ सुन्तलाबारीमा एउटा झरना छ । त्यसको नाम कुलमान घिसिङ झरना राखिएको छ । त्यही झरनामा एक दिन मैत्रीपूर्ण क्यानोनिङ प्रतियोगिता र अर्को दिन महोत्सव गर्न लागिएको होमस्टे एसोसिएसन नेपाल स्याङ्जा संयोजक मोहन खनालले जानकारी दिए ।

चैत २७ गते सिरुबारीमै होमस्टेमा कोरोना महामारीको प्रभावबारे विज्ञहरुसहित विमर्श हुने भएको छ । सिरुबारी होमस्टेका संयोजक जुम गुरुङले सिरुबारी होमस्टे गाउँहरुमै पहिलो भए पनि पछिल्लो समय खस्किँदै गएको गुनासोलाई मध्यनजर गर्दै अब पाहुनालाई अर्गानिक परिकार पस्कने बताए ।

पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराईले होमस्टे गाउँहरुले अब उत्पादन र जिविकोपार्जनलाई जोडेर लैजान सुझाव दिए । ‘आलुसमेत बजारबाटै लैजानुपर्ने अवस्थाको अन्त्य गरौं,’ भट्टराईले भने ।

आन्तरिक पर्यटन पुनरुत्थान समिति प्रदेश संयोजक अग्नि कँडेलले आन्तरिक पर्यटनलाई चलायमान बनाउन होमस्टे गाउँहरुले ठूलो महत्व राख्ने बताए । ‘आन्तरिक पर्यटनलाई बलियो बनायौं भने वाह्य पर्यटक नआउँदा पनि हामी बाँच्न सक्छौं,’ कँडेलले भने, ‘कोभिड–१९ ले पनि त्यो पाठ सिकाएको छ ।’

नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख काशीराज भण्डारीले कोभिड–१९ को महामारीले बन्द भएको ११ महिना १४ दिनपछि स्याङ्जाका गाउँहरु पर्यटकका लागि खुला रहेको सन्देश दिएको बताए । सहरबाट गाउँको पर्यटनलाई चलायमान बनाउन महत्वपूर्ण योगदान हुनुपर्ने उनको भनाइ थियो ।

स्याङ्जाका होमस्टेमा एक रातको ६ सयदेखि २१ सय ५० सम्मको प्याकेज छन् । यी सबै होमस्टे गाउँमा सडकको पहुँच पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post
प्रधानमन्त्री ओलीले भगवानप्रतिको आस्थामा खेल्न खोजे : गगन थापा

प्रधानमन्त्री ओलीले भगवानप्रतिको आस्थामा खेल्न खोजे : गगन थापा

ठूलो परिमाणमा लागूऔषध बरामद

ठूलो परिमाणमा लागूऔषध बरामद

कहीँ नभएको जात्रा प्रदेश १ मा, एक दिन माग्दा सरकारलाई १४ दिन समय

कहीँ नभएको जात्रा प्रदेश १ मा, एक दिन माग्दा सरकारलाई १४ दिन समय

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .