No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

अम्लिसाेकाे कुचो मात्र होईन डाँठबाट पनि हुन्छ मनग्य आम्दानी

अम्लिसाेकाे कुचो मात्र होईन डाँठबाट पनि हुन्छ मनग्य आम्दानी

भगीरथ भण्डारी
इलाम । माईजोगमाई गाउँपालिका प्याङका श्याम थेबेको पनि विगतका वर्षहरूमा कुचो नबिकेर घरमै मकिएर खेर गयो । गतवर्ष नविकेकै कारण यस वर्ष कुचो नथुत्ने योजनामा रहेका थेबे यसवर्ष मूल्य आएसँगै बगानको सबै कुचो थुति सकेका छन् । माईजोगमाई गाउँपालिकाका सोयाङका सुमन बेगाले आफ्नो अम्लिसो बगानमा खेताला लगाएर कुचो निकाले । गत वर्षकोे तुलनामा कुचोको मूल्य बढेसँगै उनले खेताला लगाएर कुचो निकालेका हुन् । थेबे र बेगा मात्र होईन जिल्लाका कृषक कुचोको मूल्य आएसँगै हर्षित बनेका छन् ।

विगतका वर्षहरूमा प्रतिकिलो ३० रुपैयाँदेखि ४० रुपैयाँसम्म गाउँघरमा किनबेच हुने कुचो यसवर्ष प्रतिमन कुचो ५ हजार रुपैयाँदेखि ५ हजार ५ सय रुपैयाँले किनबेच भएसँगै किसान हर्षित बनेका हुन् ।जिल्लाका अधिकांश ठाउँमा हुने कुचोको मूल्य आएसँगै किसानले कुचो थुति सकेका छन् ।

गाई बस्तुलाई हिउँदे घाँसका लागि धेरै जसो किसानले अम्लिसो रोप्ने गर्छन् । अम्लिसो मलिलो, खुला र पाखाबारीमा राम्रोसँग फस्टाउने गर्छ । एक पटक रोपेपछि यसले ११–१२ वर्षसम्म घाँससँगै कुचो उत्पादन दिइरहने हुँदा सबैको घासको रोजाइमा अम्लिसो पर्ने गरेको छ । रोपेको २ वर्षदेखि घाससँगै कुचो उत्पादन हुनुको साथै यसको हेरचाह गर्न खासै मेहनत गर्नु नपर्ने हुँदा गाई भैंसीको लागि मुख्य घाँसको रुपमा किसानहरुले अम्लिसो रोप्ने गर्छन् । यो वर्ष कुचोको भाउ आएकोले व्यापारी घरमै आउने थालेका छन् । ‘भाउको त टुङ्गै हुँदैन । कहिले आउँछ, कहिले आउँदैन’, कुचो किसान मातृका घिमिरेले भने । कुचोको बिक्रीसमेत अन्य वस्तुको जस्तो सहज हुँदैन । काँचो टिपेमा यसको भुँवा झरेर घट्ने सम्भावना बढी हुन्छ ।

यसैले किसानले टिप्ने बेलामा सचेत नभएमा उपयुक्त दाम नपाउन सक्छन् । घिमिरेका अनुसार तयारी चिया, अलैँची जस्ता पदार्थ एक वर्षको उत्पादन अर्को वर्ष बेच्दा मिल्छ । कुचो उत्पादन भएकै वर्ष बेची सक्नुपर्छ । सोही वर्ष नबिके अर्को वर्ष गुणस्तरहीन हुन्छ । पछिल्ला वर्षमा भारतकै ग्रामीण भेगमा अम्लिसो उत्पादन हुन थालेपछि नेपाली कुचोको माग घट्न थालेको थियो ।

कुचो मात्र होईन डाँठ पनि बिक्री
इलामको रोङ गाउँपालिका किसानले अहिले अम्लिसोको कुचो र डाँठ दुवै बिक्री भईरहेको छ । डाँठ पनि बढार्नकै लागि बिक्री हुने गरेको हो । अम्लिसोको डाँठ बेच्नका लागि करिब दुईदेखि अढाइ फिट बनाउनुपर्छ । यसको मूल्य किसानले प्रतिकिलो पाँचदेखि  दशसम्म पर्छ । व्यवसायी जीवनहरि भट्टराईका अनुसार यहाँ धेरै पहिलादेखि डाँठ बिक्न थालेको हो । यसको खास प्रयोग चाहिँ कुचोको बीचमा राख्नका लागि प्रयोग हुन्छ । कुचोको मुठा आकर्षक देखाउन व्यवसायीले डाँठ किन्ने गर्छन् । अहिले यो क्षेत्रको अम्लिसोको कुनै भाग पनि खेर जाँदैन ।

‘झापाको नजिकको गाउँपालिका भएकाले पनि किसानलाई बजारको समस्या छैन । भट्टराईले भने, ‘कुचोको माग भारतबाट समेत आउने गर्दछ । झापास्थित धुलाबारी, काँकडभिट्टामा खपत हुन्छ भने भारतसमेत जाने गर्छ । प्रतिकिलोको दरमा बिक्री हुनेभन्दा यसरी कुचो बनाउँदा धेरै आम्दानी हुन्छ । ‘कुचो बनाएर बेच्दा धेरै मूल्यमा बिक्री हुन्छ ।’

कागज बनाउँने उद्योग बन्द
झापामा अम्लिसोको डाँठबाट कागज बन्थ्यो । त्यसबेला किसानसहित व्यवसायीले पनि यसबाट राम्रो मूल्य पाउँथे । झापामा सञ्चालनमा रहेको उद्योग बन्द छ । अहिले नेपालभर यस्तो उद्योग छैन । विगतमा जस्तो मूल्य किसान र व्यवसायीले पाएका छैनन् । यदि स्थानीय स्तरमै उद्योग निर्माण भए किसानले उल्लेख्य मूल्य पाउने व्यवसायी भट्टराई बताउँछन् । झापामा उद्योग सञ्चालन हुँदा कागज मात्रै होइन, डाँठबाटै कार्टुनसमेत बन्थ्यो । व्यवसायी भट्टराईका अनुसार निजी क्षेत्रबाट समेत अम्लिसोका लागि खासै प्रयास नभएका हुन् । अन्य कृषिजन्य पदार्थका संघ/महासङ्घ बनेपछि किसान, श्रमिक वा व्यवसायीको यसतर्फ ध्यान गएको छैन ।

उस्तै कृषिजन्य पदार्थ चिया र अलैँचीमा वर्षेनी प्रोत्साहनका कार्यक्रम आउँदा अम्लिसोका लागि रकम नै नछुटेको गुनासो छ । किसानले धेरै उत्पादन गरेका बेला कम र कम उत्पादन गरेका बेला बढी मूल्य हुने गरेको छ । बजार मूल्यको अस्थिरताका कारणले पनि धेरै किसानले अम्लिसाे विस्थापन गरेर वैकल्पिक खेती गर्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #आर्थिक#समाजिक#सूचना-प्रविधि
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post
प्रधानमन्त्री ओली रोएकै हुन् कि चिसो लाग्यो ?

प्रधानमन्त्री ओली रोएकै हुन् कि चिसो लाग्यो ?

नेपाल र चीनका विदेशमन्त्रीबीच सम्वाद, ५ लाख डोज कोरोना खोप दिने घोषणा

नेपाल र चीनका विदेशमन्त्रीबीच सम्वाद, ५ लाख डोज कोरोना खोप दिने घोषणा

डीएसपी ढुंगेलको पक्षमा सर्वोच्चको आदेश

डीएसपी ढुंगेलको पक्षमा सर्वोच्चको आदेश

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .