राजबिराज । आफुसहित नेताहरु केपी शर्मा ओली नेतृत्वको नेकपामा प्रवेश गर्न लागेको भन्दै आएका समाचारमा सत्यता नरहेको जनता समाजवादी पार्टी (जसपा) का नेता राजकिशोर यादवले जनाएका छन् ।
यादवसहित विमल श्रीवास्तव, प्रदीप यादव, रेणु यादव, उमाशंकर अरगरियालगायतका नेताहरू ओली समुहमा प्रवेश गर्न लागेको भन्दै समाचार आएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन ।
अपहरण काण्डपछि चर्चामा रहेका मोहोतरी क्षेत्र नं. ४ का सांसद डा. सुरेन्द्र यादव पनि ओली समूहमा प्रवेश गर्न लागेको र ओली समुहसँग उनीहरुको पटक–पटक छलफल भएको विषयमा उनले यस्तो प्रतिक्रिया जनाएका हुन् ।
जसपाभित्र सुरु देखि नै विभिन्न विषयमा मदभेद, मतमतान्तर र आन्तररिक असन्तुष्टि रहँदै आएको अवस्थालाई मुल्लांकन गरी अनुमानका भरमा समाचार प्रकाशन गरिएको र त्यसमा कुनै सत्यता नरहेको उनको भनाई छ । ‘पार्टी भित्र केहि समस्या छन्, यो कुरा लुकाएर लुक्ने विषय पनि होईन’ उनले भने–‘त्यसैका आधारमा अनुमानीत समाचार प्रकाशन भएका छन्, त्यसमा सत्यता छैन।’














