• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नेकपाको सभा – खाजा र दुई सय भत्ता !


नेकपाको सभा – खाजा र दुई सय भत्ता !

सप्तरी । दिउँसोको २ बजे । सप्तरी सदरमुकाम राजविराजमा घाम लागेको थिएन । कुहिरोले डम्म ढाकेको अवस्थामा स्थानीय राज रंगशालामा व्यक्तिको चहल-पहल ठूलै थियो । कति शान्त भएर बसेका थिए भने कतिपय मानिसहरु यता-उता ओहोर-दोहोर गरिरहेका थिए । चिसो हावा बगिरहँदा कतिजना कठ्यांगि्ररहेका थिए ।

यही रंगशालामा थिए सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर १ नकटीरायपुरका भोला सदा । भीडभन्दा अलि पर अञ्दाजी ५० बर्षका देखिने उनी तीनजना महिलासँग बसिरहेका थिए ।

चिसो हावा बढ्दै गएपछि उनले आफ्नो साथमा ल्याएको धोती महिलाको सहयोगमा पट्याउन थाले । पुरानो धोती पट्याएर ओढे । तैपनि उनको शरीर थर्र..थर्र.. काँपिरहेको देखिन्थ्यो ।

तराईको यो जाडोमा घरबाट निस्किने मानिसहरु कमै हुन्छन् । तर, भोला सदा भने घरदेखि १० किलोमिटर टाढा सदरमुकामसम्म आए । ठूलै संकट परेर उनलाई घरभन्दा बाहिर आउनुपरेको अवस्था भने होइन । २ सय रुपैयाँ र खाजा खुवाउने लोभ देखाएर उनीसहित नकटीरायपुरका १५ जनालाई एउटा ट्याक्टरमा बसाएर राजविराज ल्याइएको रहेछ ।

उनीहरुलाई यहाँ प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेपाल कम्युनिष्ट पार्टी -नेकपा) ले आयोजना गरेको आमसभामा सहभागी गराउन ल्याइएको हो ।

‘प्रतिव्यक्ति २ सय रुपैयाँ दिने र खाजा दिने भन्दै आफूहरुलाई यहाँ ल्याइएको छ’ भोलाले भने, ‘अहिले जाडोमा कुनै काम पनि पाउँदिनँ । कम्तिमा २ सय रुपैयाँ त आउँछ भनेर आएको हुँ ।’

भोलासँगै बसिरहेकी सोही ठाउँकी मुक्तादेवी सदाले आफूहरुको घर नजिकै ट्याक्टर पठाएर स्थानीय नेता दुर्गा ठाकुरले कार्यक्रममा ल्याएको बताइन् । ‘भोक पनि लागिसकेको छ,’ उनले भनिन्, ‘खाजा कतिखेर दिन्छ, थाहा छैन ।’

सत्तापक्षीय नेकपाको प्रदर्शनमा तिरहुत गाउँपालिका वडा नम्बर ३ गोइठीबाट झण्डै ६० जना मुसहर समुदायका व्यक्ति पनि आएका छन् । उनीहरुलाई पनि खाजा दिने गरी स्थानीय नेताले यहाँ ल्याएका हुन् । ‘हामीलाई बस चढाएर यहाँ ल्याइएको छ’ गोइठीबाट आएका परमेश्वर सदाले भने, ‘खाजा खान भन्दै स्थानीय उमेश डाक्टरले ४ हजार रुपैयाँ दिएका छन् । त्यो रुपैयाँको खाजा किनिसकेका छौं । अब सभा सकिएपछि खाएर घर फर्किने हो ।’

कञ्चनरुप नगरपालिका वडा नम्बर २ बरमझियाबाट सभामा सहभागी हुन आएका १५ बषर्ीय बालक इसराइलले आफू र आफ्ना साथीलाई म्याजिक चढाएर यहाँ ल्याइएको बताए । ‘स्थानीय नेता इकाइलले सभामा गए खाजा खुवाउने र ५ सय रुपैयाँ दिने भनेपछि यहाँ आएको हुँ’ साथीहरुसँगै रहेका उनले भने ।

अत्यधिक जाडो रहेको समयमा नेकपाले कार्यक्रम गरिरहँदा राज रंगशालाको एउटा कुनो भरिएको थियो । केही मान्छे छिटफुट भएर बसिरहेका थिए । रंगशालाको खुल्ला आकाशमुनि बस्ने अधिकांश गरीब र दलित समुदायका थिए । उनीहरुमध्ये पनि मुसहर समुदायका अत्यधिक ।

ओली समूहको सभामा ल्याइएकामध्ये हामीले चार दर्जन व्यक्तिसँग कुराकानी गर्दा अधिकांशले खाजा र रकम दिने भन्दै यहाँ ल्याइएको प्रतिकृया दिए ।

बालबालिका, ज्येष्ठ नागरिक र महिलाको बढी प्रयोग

नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेल, मन्त्रीहरु प्रभु साह, लीलानाथ श्रेष्ठ, जुली महतो, नेताहरु रघुबीर महासेठ, सत्यनारायण मण्डल, सुमनराज प्याकुरेलसमेतले सम्बोधन गरेको कार्यक्रममा अधिकांश महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई ट्याक्टर, म्याजिक र बसमा चढाएर रंगशालासम्म ल्याइएको खुलेको छ ।

कार्यक्रममा सहभागी भएका बिष्णुपुर गाउँपालिका गोरगम्माका अन्दाजी १५ बषर्ीय कमलेश सदाको शरीरमा पुरानो ज्याकेट भए पनि आधा शरीर खाली थियो । यत्रो जाडोमा आधा शरीर ढाक्न नपाएका उनी नेकपा ओली समूहको झण्डा बोकेर साथीहरुसँगै खुल्ला आकाशमुनि रंगशालामा रमाइरहेका थिए । उनका साथमा थिए गाउँकै राकेश सदासहितका साथीहरु ।

उनीहरुले आफूलाई साँझमा खाजा खुवाउने भन्दै गाउँकै प्रकाश ठाकुरले कार्यक्रममा सहभागी गराउन ल्याएको बताए । ‘साँझमा खाजा दिने भनेपछि हामी आएका हौं’ बालक राकेश सदाले भने, ‘त्यही भएर ट्याक्टर चढेर आयौं ।’

छिन्नमस्ता गाउँपालिकाको गोविन्दपुरका बरसी सदा ७० बर्षका भए । माघ महिनाको शीतलहरीमा एउटा पुरानो च्यादर ओढेर उनी यहाँ आइपुगेका हुन् । उनले पनि आफूलाई खाजा खुवाउने भन्दै ल्याइएको बताए । उनीसँगै ६० देखि ७० बर्ष उमेर समूहका ७ जना ज्येष्ठ नागरिक भीडभन्दा अलि टाढा बसेर गफ गर्दै थिए । ती ज्येष्ठ नागरिकहरुले आफूलाई बिनोद यादव, राजनारायण यादवसहितकाले बसमा बसाएर ल्याएको सुनाए ।

तिरहुत गाउँपालिका ३ की खकरी देवी सदा आफ्ना ९ बषर्ीय नातिलाई बोकेरै यहाँ आइन् । ‘कहिल्यै मेरो साथै छोड्दैन । त्यही भएर बोकेरै आएकी हुँ’ उनले भनिन्, ‘जाडोमा आउने मन त थिएन । तर, गाउँका अरु मान्छेले जान कर गरेपछि यहाँ आएको हुँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जाडो छल्न पराल नै मुसहरको सहारा
  • २०७७ माघ १९, सोमबार १८:४३
  • In "BannerNews"
  • देशभर चिसो महशुस हुन थालेको मौसम विद्यको भनाइ
  • २०७७ माघ १९, सोमबार १८:४३
  • In "BannerNews"
  • नबुझ्ने अधिकांश प्रदेश २ का मानिस, केपी ओली को हो प्रश्नमा : ‘सूर्य छाप, एमाले
  • २०७७ माघ १९, सोमबार १८:४३
  • In "देश"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

Next Post

सिरहामा प्रधानमन्त्री ओलीलाई देखाए कालोझण्डा

सरकार बन्छ कि बन्दैन भनेर सर्वोच्चमा ‘हिसाबकिताब’ गर्ने होइन – बिडारी

पकहा मैनपुरकाे निमित प्रमुख प्रशासकिय अधिकृत सिंहमाथी हातपात

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version