No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

राजनीतिक सरगर्मीसँगै बढ्यो मदिराको खपत

राजनीतिक सरगर्मीसँगै बढ्यो मदिराको खपत

काठमाडौं । पछिल्ला दिनमा काठमाडौं उपत्यकामा मदिराको खपत बढेको छ । राजनीतिक अस्थिरतासँगै बढेको बढेको सरगर्मीले काठमाडौं केन्दि्रत भेटघाट तथा छलफलसहित गतिविधि बढेकाले रक्सीको माग उच्च भएको मदिरा व्यवसायी संघ काठमाडौंले जनाएको छ ।

पछिल्लो चार साताको बजार अवस्था मूल्याङ्कन गर्दा मासिक झण्डै तीन लाख लिटर भन्दा बढीले मदिरा खपत बढ्ने देखिएको संघका अध्यक्ष गोविन्द बरालले बताए ।

‘मान्छेको चहल पहल बढेको छ, स्थानीय रुपमा उत्पादित मदिरा र हि्वस्कीको खपत ह्वात्तै बढेको देखिन्छ,’ बरालले भने ।

चिसोका कारण रम, भोड्काको खपत उच्च छ भने बियर कम मात्रामा बिक्री भएको उनको भनाइ छ । बजारमा घरेलु मदिरा र बाह्य मुलुकबाट आयात भएका हि्वस्कीको खपत उच्च छ ।

काठमाडौं उपत्यकामा यस अघि मासिक २७ लाख ५० हजार लिटर भन्दामाथि मदिरा बिक्री हुने गरेकोमा अहिले ३० लाख ५० लिटर हाराहारी पुगेको संघले जनाएको छ ।

कोरोनाअघि मासिक उपत्यकामा साढे ३५ लाख लिटर मदिरा खपत हुने गरेको थियो । मदिरा आयात, उत्पादक तथा बिक्रेताको विवरण र सरकारलाई तिरेको राजस्वको आधारमा उक्त तथ्याङ्क निकालिएको संघले जनाएको छ ।

काठमाडौंमा महँगो रक्सीको माग उच्च देखिँदा नेपालीको खर्च गर्ने हैसियत बढेको जस्तो देखिएको पनि अध्यक्ष बरालले बताए ।

ठूला सहरमा विस्तारै चहल पहल

देशभरका मदिरा व्यवसायीहरुको छाता संगठन नेपाल मदिरा व्यवसायी महासंघका अनुसार देशभरका ठूला सहरमा अहिले मानवीय चहलपहल बढ्दै जाँदा व्यवसाय पुरानै अवस्थातिर जाँदैछ ।

लकडाउनका कारण सुस्त बनेको खपतमा केही तीब्रता देखिए पनि मोफसलमा उत्साह भने नदेखिएको मदिरा व्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पाले बताए ।

‘क्षेत्रीय शहरहरुमा पनि मानिसहरुको चहल पहल बढेको छ, भेटघाट र अतिथि संस्कार बढ्पछि मदिरा त आई नै हाल्छ,’ अध्यक्ष सोनामले भने ।

देशभरमा मदिराको पछिल्लो खपतबारे महासंघले तथ्याङ्क संकल गरिरहेको पनि उनले बताए । पोखरामा पनि मदिरा खपतले गति लिएको महासंघका महासचिव तारानाथ ढुंगानाले बताए ।

लकडाउन अघिको जस्तो नभए पनि आन्तरिक पर्यटक र मानिसको जमघट बाक्लीदा होटल रेष्टुराँ खुलेको र मदिरा खपत बढ्न थालेको उनले बताए । ‘काठमाडौं जस्तै त नहोला  तर केही चहलपहल बढेको छ’ ढुंगानाले भने ।

बिकेन स्वदेशी मदिरा

देखाउनकै लागि विदेशी मदिराको प्रयोग बढ्दा स्वदेशी उत्पादनका मदिराले भने बजार नपाएको महासंघले जनाएको छ । मदिरा पारखीले लोकल अथवा विदेशी रक्सी नै बढी रोज्दा नेपाली बियर र वाईनको खपत आरोलो लागेको महासंघका अध्यक्ष शेर्पा बताउँछन् ।

‘मानिसहरुले महँगा विदेशी हि्वस्की बढी मात्रामा रुचाएका छन् त्यसबाहेक लोकलमै ध्यान गएको देखिन्छ’ उनले भने । जाडोका कारण बियर कम मात्रामा प्रयोग हुनु र स्वदेशी वाईनमा सरकारले अन्तशुल्क थप गर्दा पारखीहरु विदेशी रक्सीमा लागेको संघका काठमाडौं अध्यक्ष गोविन्द बरालको भनाइ छ ।

‘सरकारले अन्तशुल्क लगाउनुपूर्व नेपाली वाइन सस्तो थियो, तर अहिले महँगो भएको छ, पैास बढी हाल्ने भए विदेशी नै खाउँ भन्ने भयो जस्तो लाग्छ,’ बरालले भने ।

भन्सार विभागकाअनुसार नेपालमा वार्षिक एक अर्ब ५० करोड रुपैयाँ बराबरको मदिरा आयात हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

रौतहटमा दलित टोलमाथि सामूहिक आक्रमण, दुई महिलासहित ६ जना घाइते

रौतहटमा दलित टोलमाथि सामूहिक आक्रमण, दुई महिलासहित ६ जना घाइते

औषधि ऐन संशोधन सरकारको प्राथमिकतामा हुन्छ : तोसिमा कार्की

औषधि ऐन संशोधन सरकारको प्राथमिकतामा हुन्छ : तोसिमा कार्की

नयाँ सरकारप्रति जनताको ठूलो अपेक्षा, सुशासन र विकासको माग

नयाँ सरकारप्रति जनताको ठूलो अपेक्षा, सुशासन र विकासको माग

प्रत्यक्षतर्फ नयाँ अनुहारको लहर, रास्वपाबाट १२५ सांसद निर्वाचित

प्रत्यक्षतर्फ नयाँ अनुहारको लहर, रास्वपाबाट १२५ सांसद निर्वाचित

पेशागत सफलता र समाजसेवामा सक्रियता: अशोक खड्काको स्पष्ट भनाइ

पेशागत सफलता र समाजसेवामा सक्रियता: अशोक खड्काको स्पष्ट भनाइ

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

Next Post
श्रीमती सधैं श्रीमानको बाँया तिर किन सुत्छिन….? जानी राखौ

श्रीमती सधैं श्रीमानको बाँया तिर किन सुत्छिन….? जानी राखौ

बौद्ध शीलालेखहरू नष्ट हुने गरी चीन र पाकिस्तानले बनाउन लागेको बाँधको बिरोध

दर्ता प्रक्रिया पूरा नगरि महँगो मूल्यमा ल्याइँदै कोरोनाविरुद्धको चिनियाँ खोप

अध्ययन भन्छ, यी कारणले गर्दा आफ्नो श्रीमानलाई धोका दिन्छन् महिला हेर्नुहोस भिडियो

अध्ययन भन्छ, यी कारणले गर्दा आफ्नो श्रीमानलाई धोका दिन्छन् महिला हेर्नुहोस भिडियो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

रौतहटमा दलित टोलमाथि सामूहिक आक्रमण, दुई महिलासहित ६ जना घाइते

रौतहटमा दलित टोलमाथि सामूहिक आक्रमण, दुई महिलासहित ६ जना घाइते

लेबनान द्वन्द्वमा एक सातामै ८३ बालबालिकाको मृत्यु, युनिसेफको चिन्ता

लेबनान द्वन्द्वमा एक सातामै ८३ बालबालिकाको मृत्यु, युनिसेफको चिन्ता

औषधि ऐन संशोधन सरकारको प्राथमिकतामा हुन्छ : तोसिमा कार्की

औषधि ऐन संशोधन सरकारको प्राथमिकतामा हुन्छ : तोसिमा कार्की

नयाँ सरकारप्रति जनताको ठूलो अपेक्षा, सुशासन र विकासको माग

नयाँ सरकारप्रति जनताको ठूलो अपेक्षा, सुशासन र विकासको माग

प्रत्यक्षतर्फ नयाँ अनुहारको लहर, रास्वपाबाट १२५ सांसद निर्वाचित

प्रत्यक्षतर्फ नयाँ अनुहारको लहर, रास्वपाबाट १२५ सांसद निर्वाचित

पेशागत सफलता र समाजसेवामा सक्रियता: अशोक खड्काको स्पष्ट भनाइ

पेशागत सफलता र समाजसेवामा सक्रियता: अशोक खड्काको स्पष्ट भनाइ

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

कर्णालीमा मतदाताले पत्याएनन् पूर्वमन्त्री, ६ जना पराजित

कर्णालीमा मतदाताले पत्याएनन् पूर्वमन्त्री, ६ जना पराजित

बालेनले बुझाए निर्वाचन खर्च विवरण, १४ लाख बढी खर्च

बालेनले बुझाए निर्वाचन खर्च विवरण, १४ लाख बढी खर्च

पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .