• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पूर्वाधार निर्माणसँगै राउण्ड धौलागिरिको यात्रा सहज बन्दै


पूर्वाधार निर्माणसँगै राउण्ड धौलागिरिको यात्रा सहज बन्दै

शिव बाेहाेरा
म्याग्दी । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमालको आधार शिविर पदमार्गको यात्रा सहज बन्न थालेको छ । आधार शिविरसम्म ब्यवस्थित पदमार्ग निर्माण भएपछि आवत जावतमा सहज हुनुका साथै पर्यटक आगमन बढ्ने अपेक्षा गरिएको छ ।

धौलागिरि आधार शिविरको पर्यटन विकासका लागि धवलागिरी गाउँपालिका, संघीय र प्रदेश सरकारको साझेदारीमा पदमार्ग, सूचना केन्द्र र मोवाइल फोन सेवा बिस्तारको लागि बिटिएस भवन निर्माण भएको छ । नाउराको भीरदेखि इटली आधार शिविरसम्म आधारभूत स्तरको पदमार्ग निर्माण भएको हो ।

यसअघि साँघुरो बाटोमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता नयाँ पदमार्ग निर्माण भएपछि हटेको छ । पदमार्ग बनेपछि भरिया र हेलिकाेप्टरको विकल्पमा खच्चरबाट सामान ढुवानी हुन थालेको छ । पर्यटकहरु पैदल यात्रा गरेर आधार शिविर पुग्न थालेका स्थानीय ब्यवसायी यामलाल शर्माले बताउनुभयो ।

भीर र जङ्गलको जोखिमपूर्ण ठाउँमा बाटो फराकिलो र सिढी सहितको पदमार्ग बनाउन गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पछिल्ला दुई वर्षमा करिब दुई करोड रुपैयाँ लगानी गरेको छ । २०७५ सालमा ५० लाखमा नाउरा भीरदेखि सल्लाघारीसम्म र २०७६ मा ४० लाखमा तलित्रेदेखि इटली आधार शिविरसम्म ६ किलोमिटर पदमार्ग निर्माण भएको छ ।

प्रदेश सरकारले अर्को शीर्षकमा २०६५ मै बिनियोजन गरेको ५० लाखबाट मुदी, नाउरा, खाम्ला, घिमलेटी, खिवाङ–देउराली क्षेत्रमा पदमार्ग बनाइएको उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद तिलिजाले बताउनुभयो ।

गत आर्थिक वर्षमै धवलागिरी गाउँपालिकाको ३० लाखमा बगर, बाँसबोट, सिङकुस, जुरकुस हँदै मल्कबाङ जोड्ने डाँडाखर्कसम्मको पदमार्ग पनि निर्माण भएको छ । पर्यटकको तथ्याङ्क राख्न, सूचना र प्राथमिक उपचार सेवा उपलब्ध गराउन इटाली आधार शिविरमा चेक पोष्ट सञ्चालनका लागि ३१ लाख रुपैयाँ खर्चेर तीन कोठे भवन बनाएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो ।

चालु आर्थिक वर्षमा पर्यटन विभागले थप चार करोडको ठेक्का प्रक्रिया अघि बढाएको छ ।

संघीय सरकारको पर्यटन मन्त्रालयबाट विनियोजन भएको १५ लाख बजेटबाट २०७५ मा इटाली क्याम्पदेखि स्वीस क्याम्पसम्म ढुङ्गाको सिढी चिनेर पदमार्ग बनाइएको थियो ।

बगरको प्राकृतिक तातोपानी कुण्डलाई व्यवस्थित र आधार शिविरसम्म मोवाइल सेवा विस्तार गर्न बगरको देउरालीमा टेलिकमले बिटिएस टावर स्थापना गर्न भवन निर्माण भएको छ ।

जापानीज आधार शिविरमा म्याग्दी खोलामाथि ४६ मिटर र इटली आधार शिविरमा अर्को ३५० मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि सर्वेक्षण गरिएको छ । थप ५ ठाउँमा पुल र स्वीस क्याम्पबाट जापानीज क्याम्पसम्म पदमार्ग निर्माणको आवश्यकता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • लयमा फर्किंदै बन्दीपुरको होटल व्यवसाय, पर्यटकको चहलपहल बढ्यो
  • २०७७ माघ १८, आईतवार २१:११
  • In "BannerNews"
  • नारायणी नदी पार गर्नका लागि झोलुंगे पुल निर्माण भएसँगै नवलपरासी सुस्तावासीमा खुशीयाली
  • २०७७ माघ १८, आईतवार २१:११
  • In "BannerNews"
  • आर्थिक समृद्धिको महत्पूर्ण आधार मानिने पर्यटन , माओवादी केन्द्रको घोषणा पत्र जारी
  • २०७७ माघ १८, आईतवार २१:११
  • In "BannerNews"
Tags: #समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

Next Post

३ लाख डोज कोरोना खोप अनुदान दिने चीनको घोषणा

गर्भपतन रोक्ने ७२ घण्टे औषधिको मनपरी प्रयोग-‘कलेज ड्रेसमै किन्न आउछन्’

केपी ओलीविरुद्ध कांग्रेसभित्र विशाल एकता, १३ क्षेत्रबाट एकैपल्ट देशैभर प्रहार !

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version