• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रधानमन्त्री ओली चार मन्त्रीसहित चितवन आउँदै


प्रधानमन्त्रीलाई लिखित जवाफसहित अदालतमा उपस्थित हुन आदेश

चितवन । प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न चार विभागीय मन्त्रीसहित शनिवार चितवन आउने भएका छन् । भरतपुरको गोन्द्राङ–नारायणगढ ६ लेन सडक विस्तार तथा भरतपुरमा बन्ने बहुउद्देश्यीय सिटी हल शिलान्यास गर्न प्रधानमन्त्री चितवन आउन लागेका हुन् । उनले भरतपुरमा नै हुने जनसभालाई सम्वोधन गर्न कार्यक्रम पनि छ ।

ओलीका साथमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, भौतिक योजना पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ, शहरी विकास मन्त्री प्रभु शाह, राज्यमन्त्री रामवीर मानन्धर चितवन आउने भएका हुन् । यतिका धेरै मन्त्री एकैपटक चितवन आउन लागेको यो पहिलोपटक हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षकी नेतृ एवम् राष्ट्रिय सभा सांसद पार्वती रावलले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओली विहान ११ बजे भरतपुर आइपुग्ने कार्यक्रम छ । विहानको मौसम नखुलेकाले केही ढिला हुनसक्ने उनले बताइन् ।

प्रधानमन्त्री ओली भरतपुर आएलगत्तै विमानस्थल गेट नजिकै पूर्वपश्चिम राजमार्गको छेउमा गोन्द्राङ–नारायणगढ ६ लेन सडक शिलान्यास गर्ने कार्यक्रम छ । त्यसपछि भरतपुरमा रहेको नेपाली सेनाको ब्यारेकमा केहीबेर आराम गर्ने र त्यसलगत्तै भरतपुरको बाइपास सडक नजिक बन्न लागेको बहुउद्देश्यीय सिटी हलको शिलान्यास गर्ने कार्यक्रम छ ।

सो शिलान्यास सकेपछि प्रधानमन्त्री ओली भरतपुर केन्द्रीय बस टर्मिलनमा हुने जनसभालाई सम्बोधन गर्न जाने छन् । सभामा ५० हजारको जनसहभागीता रहने दावी ओली पक्षले गरेको छ ।

ओली पक्षकी नेता एवम् नेकपा केन्द्रीय सदस्य पार्वती रावलले चितवनका हरेक वडावडामा कार्यक्रममा सहभागिता जनाउन जनपरिचालन गरिएको जानकारी दिइन् । त्यसको संयोजन नेकपाका केन्द्रीय सदस्य काशीनाथ अधिकारीले गरिरहेका छन् । सभाअघि पूर्व क्षेत्रको गोन्द्राङ बसन्तचोक, पश्चिम क्षेत्रको चौविसकोठी र उत्तर क्षेको मालपोत चोकबाट र्‍याली निकालिने छ ।

प्रधानमन्त्रीसहित चितवन आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले भरतपुरका विभिन्न क्षेत्रमा आवश्यक सुुरक्षाकर्मी परिचालन गरिएको बताए । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को गृह जिल्ला चितवनमा मन्त्रीहरुसहित प्रधानमन्त्री आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

भरतपुर महानगर र प्रचण्ड माधव समूहको विरोध

प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुरको सिटी हल र नारायणगढ–गोन्द्राङ ६ लेन सडक शिलान्यास गर्ने कार्यक्रमको भरतपुर महानगरपालिका र प्रचण्ड–माधव पक्षीय नेकपा चितवनले विरोध गरेका छन् । उनीहरुले क्षेत्राधिकार मिचेर शिलान्यास गर्न लागेको, निर्वाचन आचारसंहिता लागेको, सरकार कामचलाउ भएकाले शिलान्यास गर्न नपाउने दावी गर्दै आएका छन् ।

भरतपुर महानगरकी मेयर रेनु दाहालले महानगरसँग समन्वय नगरी शिलान्यास गर्न लागिएको भन्दै विरोध गरिन् । उनले आफ्नो पहलकदमीमा सिटी हल र सडक विस्तार गर्न लागिएको दावी गर्दै आएकी छिन् । तर, यी दुबै योजना संघीय सरकारको बजेट र कार्यक्रम रहेको ओली पक्षको भनाइ छ ।

यस्तै, प्रचण्ड माधव समूहले पनि निर्वाचन आचारसंहिता विपरीत कामचलाउ प्रधानमन्त्रीले शिलान्यास गर्न लागेको भन्दै नाटक मञ्चन गरिएको आरोप लगाएको छ । सो समूहका जिल्ला इन्चार्ज कृष्ण खनालले प्रधानमन्त्रीले दीर्घकालीन महत्वका कामको शिलान्यास यतिबेला गर्न नपाउने बताए ।

सिटी हल र छ लेन सडक विस्तार द्रूत गतिमा

सघन सहरी तथा भवन निर्माण आयोजना अन्तर्गत सङ्घीय सरकारको ८७ करोड ८८ लाख रुपैयाँ लागतमा सिटी हलको ठेक्का सम्झौता भएको छ । जिल्ला समन्वय समितिले उपलब्ध गराएको चार बिघा चार कठ्ठा जग्गामा सिटी हल बन्न लागेको हो ।

सभागृहमा मुख्य अडिटोरियम ब्लकमा दुई हजार जना अट्ने सुविधा सम्पन्न सभाहल हुनेछ ।

सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरका प्रमुख प्रकाश अर्यालका अनुसार तीन सय क्षमताको कन्फ्रेन्स हल रहने छ । विशिष्ट व्यक्तिका लागि छुट्टै कक्ष हुने छ । चारवटा भर्याङ, प्रवेशद्वार, आकर्षक स्टेज, रिहर्सल कक्ष पनि रहने छन् । मुख्य ब्लक सात हजार वर्गमिटरमा हुने उनले जानकारी दिए ।

सभागृहमा प्रशासनिक कक्ष, पुस्तकालय, सूचना प्रविधि, अतिविशिष्ट कक्ष, फुड ल्याण्ड र बगैँचा हुनेछ । २५७ गाडी र ३१७ मोटरसाइकल एवं साइकल अट्ने पार्किङ स्थल रहने छ ।

भरतपुरमा नै नारायणगढको पुल्चोकदेखि गोन्द्राङसम्म एक अर्ब १२ करोड रुपैयाँको लागतमा ६ लेनको सडक दुई वर्ष ४ महिनाभित्र बनिसक्ने गरी ठेक्का सम्झौता भैसकेको छ । दुबै आयोजनाको निर्माणको जिम्मा इन्डो सगुन रौताहा जेभीले लिएको छ ।

टिकौली जंंगल छेउ गोन्द्राङदेखि केन्द्रीय बस टर्मिनलचोकसम्म अहिले दुई लेन रहेको सडक केन्द्रीय वस टर्मिनलदेखि रिजालचोकसम्म ४ लेन छ । यो सडकमा अहिले चौबिसकोठी, भरतपुर ओरालो र बजार क्षेत्रमा ४ लेन छ ।

दुई लेन भएको स्थानमा थप ४ लेन र ४ लेन भएको स्थानमा थप २ लेन थपिने डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर एवम् प्रवक्ता शिव खनालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रधानमन्त्री ओलीलाई रेणु दाहालको चुनौती
  • २०७७ माघ १७, शनिबार ११:५३
  • In "देश"
  • ओली चितवन जाने भएपछि प्रचण्ड–नेपाल पक्षद्वारा प्रदर्शन, सुरक्षाव्यवस्थामा कडाई
  • २०७७ माघ १७, शनिबार ११:५३
  • In "देश"
  • प्रचण्डलाई प्रधानमन्त्रीको प्रश्न : राम मन्दीरबारे किन बोल्नु हुन्न ?
  • २०७७ माघ १७, शनिबार ११:५३
  • In "देश"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

नेकपा विभाजनको असर विकासमा : रोल्पामा बनिरहेको पुल शिलान्यास गर्न खोजेको भन्दै विरोध

चिनियाँसहित ४ कम्पनी सरकारको कालोसूचीमा

फेसबुक सर्वोच्च अदालतको पहिलो फैसला, उल्टिए ४ निर्णय

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version