• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रदेश १ मा अविश्वासको प्रस्ताव पारित हुन्छ : भीम आचार्य


प्रदेश १ मा अविश्वासको प्रस्ताव पारित हुन्छ : भीम आचार्य

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेता भीम आचार्यले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पारित हुने बताएका छन् । विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले प्रदेशसभाको अबको बैठकमा उक्त प्रस्ताव पारित हुने बताए ।

गत पुस १२ गते नेकपा प्रचण्ड–माधव समूहले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा आचार्यलाई मुख्यमन्त्रीको रुपमा अघि सारेको छ । ७ माघमा प्रदेश १ को सातौं हिउँदे अधिवेशनको पहिलो बैठक करिब ३ मिनेट बसेर अनिश्चितकालका लागि स्थगित भएको थियो ।

प्रदेश १ मुख्यमन्त्री शेरधन राईको विवाहका कारण प्रदेश १ को हिउँदे अधिवेशन केही दिनलाई रोकिएको उल्लेख गर्दै आचार्यले अविश्वासको प्रस्तावमा प्रतिपक्षी दलहरुले पनि समर्थन गर्ने बताए ।

अविश्वासको प्रस्ताव पारित गर्ने र त्यसपछि सरकार गठनका विषयमा प्रतिपक्षी दलसँग सहकार्य गर्ने उनले बताए । बुधबार पत्रकार सम्मेलन गर्दै उनले अविश्वासको प्रस्ताव पास गराएर कांग्रेससँग सरकार र पदीय भागवण्डाका विषयमा छलफल हुने बताए ।

अविश्वसको प्रस्तावमा हस्ताक्षर गरेका पाँचजनाले हस्ताक्षर फिर्ता लिएपनि पार्टीको संसदीय दल भित्र आफ्नो समूहको स्पष्ट बहुमत रहेको उनले बताए ।

६० हजारलाई सडकमा उतार्ने

प्रतिनिधिसभा विघटनको विरोधमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले विराटनगरमा ६० हजार समर्थक उतार्ने दावी गरेको छ ।

शुक्रबार विराटनगरमा ६० हजार समर्थक उतार्ने तयारी भएको आचार्यले बताए । भेलालाई सम्बोधन गर्न नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड आउनेछन् ।

प्रतिगमनको विरोधमा र्‍यालीसहित विराटनगर बजार परिक्रमा गरी महेन्द्र चोकमा कोणसभा गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रदेश १ सभाको बैठक आज, ओली समूह रोक्ने पक्षमा
  • २०७७ माघ १४, बुधबार २०:३४
  • In "कोशी प्रदेश"
  • प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेश
  • २०७७ माघ १४, बुधबार २०:३४
  • In "कोशी प्रदेश"
  • प्रदेश १ मा अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदसँग स्पष्टिकरण
  • २०७७ माघ १४, बुधबार २०:३४
  • In "कोशी प्रदेश"
Tags: #राजनीति#विचार#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

बी डिभिजन क्लबका खेलाडी सम्पर्कविहीन

नेपालमा झन् बढ्यो भ्रष्टाचार : ट्रान्सपरेन्सी इन्टरनेशनल

प्रधानमन्त्रीलाई लिखित जवाफसहित अदालतमा उपस्थित हुन आदेश

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version