• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

के हो बाइसेक्सुअल ?


के हो बाइसेक्सुअल ?

एक भन्दा अधिक व्यक्तिसँग शारीरिक, यौन र भावनात्मक अर्कषण महसुष हुने व्यक्तिलाई ‘बाइसेक्सुअल’ भनिन्छ । समान र विपरीत लिंगका दुई व्यक्तिबीच एकअर्काको सुन्दरतालाई लिएर आकर्षित हुनु चाहि बाइसेक्सुअल होइन । तर, उनीहरु फगत शारीरिक रुपमा आकर्षित मात्र नभई एकअर्कासँग शारीरिक भोग गर्ने इच्छा पनि राख्छन् भने उनीहरु बाइसेक्सुअल हुन् ।

कुनै व्यक्ति पुरुष छन् । ऊ पुरुषसँग नै आकर्षित हुन्छन् । साथसाथै महिलासँग पनि । अर्थात दुबै महिला र पुरुषसँग उनको आकर्षण सराबरी हुन्छ । त्यसैगरी यौन व्यवहार पनि दुबैसँग बराबरी हुन्छ । के यो उनको इच्छाले मात्र भएको हो ? कुनै व्यक्ति कसरी बाइसेक्सुअल हुन्छन् ?

यसबारे कुनै ठोस निष्कर्ष अहिलेसम्म आएको छैन । केही अध्ययनबाट के तथ्य बाहिर आएको छ भने, जन्मअघि नै उनीहरुमा यस किसिमको प्रवृत्ति विकास भएको हुन्छ ।

सेक्सुअल ओरिएन्टेशन कुनै विकल्प होइन, न यसलाई बदल्न नै सकिन्छ । कुनैपनि थेरापी, उपचार वा अन्य उपायबाट व्यक्तिको सेक्सुअल ओरिएन्टेशनलाई बदल्न सकिदैन । त्यसैगरी कुनैपनि व्यक्तिलाई बाइसेक्सुअलमा पनि परिवर्तन गर्न सकिदैन ।

जब कुनै व्यक्ति हुँर्कदै जान्छन्, उनीहरुलाई आफ्नो स्वभाव एवं प्रवृत्तिबारे पनि थाह हुन थाल्छ । उनी महिला वा पुरुषतर्फ आकर्षित हुन्छन् भन्ने कुरा विस्तारै खुल्दै जान्छ । उनीहरुले आफै महसुष गर्छन् कि म गे, लेस्बियन वा बाइसेक्सुअल हुँ । सेक्सुअल ओरिएन्टेशन सामान्यत सुरुवाती चरणमै निर्धारित हुन्छ । तर, जीवनको कुनै मोडमा उनको इच्छा परिवर्तन हुनु असामान्य होइन । यसलाई फ्लयूडिटी भनिन्छ ।

बाइसेक्सुअल हुनु एक प्राकृतिक कुरा हो । यसमा तपाईको कुनै दोष छैन । यसबाट हतोत्साही हुनु वा दुःखी हुनुको अर्थ पनि छैन । प्राकृतिक कुरालाई स्विकार्नुको हामीसँग विकल्प हुँदैन ।

जबकी कतिपयलाई आफु बाइसेक्सुअल भएको महसुष भएर पनि उनीहरु खुलेर यसबारे बताउन चाहँदैनन् । समाज वा आफन्तले नराम्रो सोच्छन् भन्ने भय छ । तर, आफुलाई कहिलेसम्म लुकाउने ? कहिलेसम्म खुम्चाउने ? कहिलेसम्म गुम्साउने ?

आफ्ना विश्वसनिय, भरपर्दो र नजिकका साथीलाई आफ्नो प्रवृत्तिबारे खुलेर भन्न सकिन्छ । यसरी क्रमस हामी खुल्दै जान सक्छौं ।

कतिपय अवस्थामा कुनै व्यक्ति गे, लेस्बियन र बाइसेक्सुअल छ भन्ने कुरा उनीहरुको व्यवहार र पहिरन शैलीबाट पनि थाहा पाउन सकिन्छ । तर, कुनैपनि व्यक्तिको सेक्सुअल ओरिएन्टेशनलाई उनको पहिरनबाट मात्र पनि अनुमान लगाउन गलत हुन्छ । उनीहरुको व्यवहार, प्रवृत्तिबाट मात्र उनीहरु को हुन् भन्ने कुरा अनुमान गर्न सही नहुन पनि सक्छ ।

यदि कुनै साथी समलैंगिक वा बाइसेक्सुअल छ भन्ने कुरा पत्ता लगाउने भरपर्दो तरिका एउटै छ, उसलाई सोध्ने । उनले तपाईंलाई बताउन सक्छ कि उसको सेक्सुअल ओरिएन्टेशन के हो ? यदि उनले बताउन चाहेन भने जबरजस्ती चाहि नगरौं । यदि उनले खुलेर भन्यो भने, उनको जे पनि सेक्सुअल ओरिएन्टेशन छ, त्यसलाई स्विकार र समर्थन गरौं । उनलाई हतोत्साही वा घृणा गर्ने काम नगरौं ।

यदि साथी बाइसेक्सअुल छ भने उनलाई असहज हुने वातावरण नबनाऔं । उनलाई संकुचित हुने अवस्था पैदा नगरौं । उनीहरुले पनि खुलेर, हासेर, रमाएर बाँच्न पाउनुपर्छ, त्यसका लागि हामीले यसलाई स्वभाविक रुपमा ग्रहण गरौं ।

मानौं तपाईंलाई थाहा भयो कि, तपाईंको पार्टनर बाइसेक्सुअल हुन् । तब उनीसँग तपाईंले के गर्नुपर्छ ? निश्चय पनि उनलाई तपाईंको साथ चाहिन्छ । तपाईंले भरपर्दो साथ दिनुपर्छ । आफ्ना पार्टनरसँग यस सम्बन्धमा खुलेर कुराकानी गर्नुपर्छ । यसका साथै उनलाई भावनात्मक रुपले बलियो बनाउन प्रयास गर्नुपर्छ । उनीसँग समय विताउनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • उमेर नपुग्दै महिनावारी : खानपान, तनाव र जलवायु परिवर्तनको असर
  • २०७७ माघ १२, सोमबार १२:५५
  • In "जीवनशैली"
  • डेटिङमा डर : उमेर हद तोक्न कति जरुरी ?
  • २०७७ माघ १२, सोमबार १२:५५
  • In "जीवनशैली"
  • आफ्ना छोराछोरीलाई यौन शिक्षा कुन उमेरमा दिनुपर्छ ?
  • २०७७ माघ १२, सोमबार १२:५५
  • In "शिक्षा"
Tags: #समाजिक#स्वस्थ-जीवनशैली

नेपाल एक्सन

सम्बन्धित खबर

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

Next Post

गुल्मीको मालिकामा २ वटा पक्की पुल शिलान्यास

सामुदायिक विद्यालयमा विद्यार्थी थेग्नै धौ : एउटै कक्षामा २०० विद्यार्थी

के गुगलले अष्ट्रेलिया छाड्न सक्छ ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version