• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

औरही गाउँपालिकामा व्यापक भ्रष्टाचार, भत्ताको नाममा प्रमुखले झ्वाम पारे १२ लाख


औरही गाउँपालिकामा व्यापक भ्रष्टाचार, भत्ताको नाममा प्रमुखले झ्वाम पारे १२ लाख

सिरहा : कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणको नाममा सिरहाको औरही गाउँपालिकाले व्यापक अनियमतता गरेको देखिएको छ ।

गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई बुझाएको कोरोना भाइरस नियन्त्रण खर्च अनुसार २ करोड २० लाख ८० हजार ९ सय २९ रुपैया गरेको छ । सो खर्च हिसाबमा सामाग्री संख्या नदेखाई एकमुष्टै रकम देखाइएको छ ।

गाउँपालिकाका जनप्रतिनिधि समेतले कोरोनामा काम गरे वापत लाखौ रुपैया भत्ता लिएको छ । स्थानीय तह सेवा संचालन सम्बन्धी ऐन अनुसार कार्यपालिका बैठक बाहेक जनताको सेवा गरेवापत जनप्रतिनिधिले कुनै प्रकारको भत्ता लिन पाउनेछैन । तर सो पालिकाका मेयर सिद्धार्थ यादवले भ्रष्टाचारलाई खुल्ला चुनौती करीब १२ लाख रुपैया भत्ताको नाममा झ्वाम पारेका छन ।

पदाधिकारीलाई किन भत्ता दिइयो प्रसंगमा लोकपुकार सँग उपप्रमुख सीता कुमारीले कार्यपालिका बोर्ड बैठकको निर्णयबाट गरिएको वितरण गरिएको तर कसलाई दिइयो किन दिइयो भन्ने कुरा कार्यपालिका प्रमुखसँग नै सोध्नुस । तर प्रमुख यादवसँग सम्पर्क गर्न खोज्दा वेभसाइटमा दिइएको मोबाइल नम्बर गलत रहेको सम्पर्क हुन सकेन ।

निमित प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साहसँग जिज्ञासा राख्दा उनले भने पदाधिकारीको भत्ता रकम कर्मचारी होइन जनप्रतिनिधिका लागि खर्च गरिएको हो । ११ लाख ९६ हजार ६ सय रुपैया एकमुष्टै चेकमार्फत प्रमख सिद्धार्थ यादवको खातामा जम्मा गरिएको छ । त्यो रकम के कति कसलाई वितरण गरिएको हो भन्ने कुरा प्रमुखजीलाई थाहा होला ।

पालिकाले सार्वजनिक गरेको खर्च हिसाब रकम जिल्ला प्रशासन कार्यालयमा बुझाइएको छ । पदाधिकारी भत्ता खर्च हिसाब बारे प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले कुनै चासो देखाएको छैन । खुल्ला रुपमै भ्रष्टाचा गरिएको प्रति स्थानीयवासी आक्रोशित छन, तीन दिनअघि पालिका कार्यालय अगाडि प्रदर्शन समेत गरेका थिए ।

यति मात्र होइन पालिकाले कोरोना भाइरस रोकथाम खर्चमा एक मुष्टै २८ लाख २४ हजार ३ सय ८७ खर्च देखाएको छ तर के कुन सामाग्री खरीद गरिएको उल्लेख नगरी अनियमिता लुकाउन खोजिएको आरोप स्थानीयको रहेको छ । खर्च हिसाब अनुसार मुश्किलले साढे ५ हजार घर परिवारका लागि ५३ लाख ६९ हजार १ सय ९५ रुपैया खर्च गरिएको छ ।

बजार मूल्यको हिसाबले सो रकममा १५ हजारभन्दा बढी झूल किन्न सकिन्छ । तर पालिकाले कति झुलको किनेको भन्ने कुरा लुकाई रकम अनियमता गरिएको आरोप लगाइएको छ । के कति किनिएको हो भन्ने बारे पालिका अधिकृत र उपप्रमुखलाई पनि थाहा छैन । लोकपुकार सँग कुरा गर्दै उनीहरुले भने कार्यपालिकाबाट निर्णय गरी सामाग्री किनिएको हो संख्या त प्रमुख र स्टोरलाई नै थाहा होला ।

स्टोर रामपृत यादवसँग सोधपुछ गर्दा उनले भने साढे ६ हजारको दरले सामान्य र सुपानेट गरी १३ हजार किनिएको हो, किन त्यति किनिएको हो भन्ने कुरा सम्बन्धि प्रमुखलाई नै सोध्नुस । lokpukar

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रदेश २ मुख्यन्यायधिवक्ता : कानूनी व्यवस्था विपरित बजेट विनियोजन र खर्च
  • २०७७ श्रावण ३१, शनिबार १९:०२
  • In "मधेश प्रदेश"
  • स्थानीय तह भत्तामा मनपरी खर्च गर्दै सिरहामा
  • २०७७ श्रावण ३१, शनिबार १९:०२
  • In "मधेश प्रदेश"
  • शहीदनगरमा व्यापक अनियमितता : विदेश भ्रमणदेखि विभिन्न शीर्षकमा करोड बढी कानुन विपरीत खर्च
  • २०७७ श्रावण ३१, शनिबार १९:०२
  • In "देश"

Netramani Singh

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

Next Post

निधिको दावी स्वभाविक र आधारपूर्ण, निधीलाई प्रथम राष्ट्रपति डा.यादवको समर्थन

ओली–मोदीबीच फोन संवाद

अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिए : धोनी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version