• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सिन्धि समुदायद्धारा अलग देशको माँग,पाकिस्तानभित्र आफ्नो स्वतन्त्रता र सार्वभौम मातृभूमिका लागि संघर्षरत


सिन्धि समुदायद्धारा अलग देशको माँग,पाकिस्तानभित्र आफ्नो स्वतन्त्रता र सार्वभौम मातृभूमिका लागि संघर्षरत

काठमाण्डौं : सिन्धु देश जसको शाब्दिक अर्थ हुन्छ सिन्धियाहरुका लागि अलग देश। सिन्धु देश एक विचार हो ।

जसले पाकिस्तानको सिन्ध प्रान्तमा बसेका र विश्वभर फैलिएको सिन्धियाहरुको एक सपना हो । सिन्धी विश्वका अन्य जातीय समुदायजस्तै आफ्ना लागि एक अलग होमल्याण्डको माग गर्दै आएका छन् । जस्तो कुर्दले अलग देशको माग गरिरहेका छन्, यहुदी समुदायका मानिसहरुले इजरायल नामको आफ्नो देश बनाएका छन् । त्यसैगरी सिन्धी पाकिस्तानभित्र एक निश्चित भूभागमा आफ्नो स्वतन्त्रता र सार्वभौम मातृभूमि चाहन्छन् ।

सिन्धु देशको मागको पृष्ठभूमि १९४७ सँग जोडिएको छ । भारतलाई स्वतन्त्रता मिलेपछि सिन्धु क्षेत्र पाकिस्तानमा पर्यो । पाकिस्तानका चार प्रान्तमध्ये एक प्रान्त बन्यो । अलग सिन्धु देशको माग १९६७ बाट सुरु भयो । जतिबेला पाकिस्तान सरकारले यहाँका बासिन्दामाथि उर्दु भाषा लादियो । यहाँका मानिसले यसको विरोध गरे । विरोधले सिन्धी अस्मिताको स्वरुप लियो । यहाँका बासिन्दाले आफ्नो भाषा र संस्कृतिको बचाउन एकजुट भए। यो अभियानमा सिन्धी हिन्दु र मुसलमान दुबै समुदाय सहभागी भए ।

आजतकको रिपोर्टअनुसार बंगलादेशको स्वतन्त्रतापछि सिन्धु देशको मागले तीव्रता लियो । १९७२ मा बंगलादेश पाकिस्तानबाट अलग भएको थियो । पूर्वी बंगालको संघर्षबाट प्रेरणा पाएर सिन्धी राजनेता जीएम सैयदले जिए सिन्ध तहरिक नामको संगठन खोले ।

सिन्धु देशको विचार आफ्ना समर्थक र सिन्धुको स्वतन्त्रतामा सहानुभूति राख्ने मानिसहरुमाझ प्रस्तुत गरे। जीएम सैयद पाकिस्तानका पहिला राजनेता थिए जसले सिन्ध देशको स्वतन्त्रताको माग गरेका थिए । सिन्ध विरुद्धका नीतिहरुको विरोध गरेको भन्दै पाकिस्तानले उनलाई ३० वर्षसम्म जेलमा कैद गर्योस ।

२६ अप्रिल १९९५ मा कराचीमा जेलमै उनको मृत्यु भयो । आइतवार अर्थात १७ जनवरीमा उनै जीएम सैयदको ११७ औ जन्म जयन्ती मनाइयो । पाकिस्तानको सिन्ध प्रान्तको सान कस्बेमा सिन्ध देशको मागको समर्थनमा एक विशाल र्या्ली निकालियो । यो र्याधलीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकाका निर्वाचित राष्ट्रपति जो बाइडेन, फ्रान्सका राष्ट्रपति, साउदी अरबका राजकुमार सलमानको तस्विर लिएर प्रदर्शन गरे । आफ्नो मुद्दामा विश्वको ध्यान खिच्न खोजे ।

मोदी सहितका नेताहरुको तस्विर हातमा लिएर उनीहरुले विश्वभरका नेताहरुको समर्थन पनि मागेका छन् । यहाँका सिन्धियाहरुले पाकिस्तानमा आफूहरुको पहिचान सुरक्षित नभएको बताउँदै आएका छन् । पाकिस्तानले उनीहरुलाई प्राकृतिक स्रोतको प्रयोग गरेर साधन मात्र बनाएको छ ।

सिन्धबाट एकमात्र राजनीतिक परिवार भुट्टो परिवारले पाकिस्तानको सत्तामा राज गरेको छ । बेनजीर भुट्टो सत्तामा हुँदा भने यो आन्दोलन दबाइएको थियो । भुट्टोको मृत्युपछि भने अभियान बढ्दो छ ।

सिन्धु देशका समर्थकहरुको तर्क छ कि सिन्धु क्षेत्र सिन्धु घाटी सभ्यताको केन्द्र हो । यसमा अंग्रेजहरुले अवैध कब्जा गरेर १९४७ मा पाकिस्तानलाई सुम्पिए । जहाँ आफूहरुमाथि निर्मम अत्याचार भइरहेको उनीहरुको गुनासो छ ।

सिन्धु देशका लागि प्रस्तावित क्षेत्र सिन्धु प्रान्तको हो । अलग सिन्धु देशको लागि पाकिस्तानमा कैयौ पार्टीहरु प्रत्यक्ष र परोक्ष रुपमा सक्रिय छन् । यसमा जिए सिन्ध महाज पार्टी, जिए सिन्ध मत्ताहिदा महाज, जिए सिन्ध स्टुडेन्ट फेडरेशन, सिन्ध नेशनल मुभमेन्ट पार्टी सहभागी छन् ।

अर्कोतिर पाकिस्तानले सिन्धु देशको अभियान दबाउन हरप्रयास गर्यो । यसमा आईएसआईको कुख्यात तरिका मानिसहरुलाई अपहरण गरेर गायब गर्ने र त्यसपछाडि उनीहरुको हत्या गरिँदै आएको छ । उनीहरुको आजाव दबाउनका लागि पाकिस्तानी हुकुमत उनीहरुमाथि लाद्न बाध्य पारिँदै आएको छ ।

पाकिस्तानी सेनाले पनि अत्याचार गर्दै आएको छ । उनीहरुको मानवअधिकारको कुनै मूल्य छैन । कसैलाई कहिले मारिन्छ थाहा छैन । कहिले रातारात गायब गरिन्छ । तर लेखाजोखा कसैले गर्दैन ।नेपालपानाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सिन्धु देशको माग गर्दै पाकिस्तानमा प्रदर्शन
  • २०७७ माघ ७, बुधबार १७:५५
  • In "अन्तराष्ट्रिय"
  • सिन्धु चलाउनु ‘युद्धको कारवाही’ मान्ने पाकिस्तानको घोषणा, शिमला सम्झौता पनि खारेज
  • २०७७ माघ ७, बुधबार १७:५५
  • In "BannerNews 2"
  • के पाकिस्तान टुक्रिएर अर्को देश बन्छ ? यस्ता छन् नयाँ देशले मान्यता पाउने अन्तर्राष्ट्रिय नियम
  • २०७७ माघ ७, बुधबार १७:५५
  • In "BannerNews"
Tags: #world#राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

Next Post

राष्ट्रिय गौरवको पश्चिम सेती जलविद्युत परियोजना निर्माण अलपत्र

अमेरिकामा बाइडन : नेपाल नीतिमा के परिवर्तन आउला ?

नेपाल–इजरायलबीच रोजगारसम्बन्धी सम्झौता कार्यान्वयनका लागि हस्ताक्षर हुँदै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version