• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

गत वर्षको आर्थिक वृद्धि ०.६ प्रतिशत, गरिबी ४ प्रतिशतले बढ्यो


गत वर्षको आर्थिक वृद्धि ०.६ प्रतिशत, गरिबी ४ प्रतिशतले बढ्यो

काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्र रहने भएको छ ।  कोभिड १९ महामारीबाट मुलुकको आर्थिक, सामाजिक क्षेत्रमा परेको प्रभावसम्बन्धी अध्ययन प्रतिवेदनले यस्तो प्रक्षेपण गरेको हो ।

यो प्रतिवेदन राष्ट्रिय योजना आयोगले तयार पारेको हो । आयोगले यो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको छ, तर सार्वजनिक भने गरेको छैन ।

तर, अध्ययन प्रतिवेदनसमेत समावेश गरी आयोगले तयार पारेको वाषिर्क प्रतिवेदनमा भने अध्ययनको सारांश राखिएको छ ।

उक्त सारांशले आर्थिक वर्ष २०७६/७७ मा आर्थिक वृद्धिदर शून्यमा झर्ने स्पष्ट पारेको छ । प्रतिवेदन अनुसार २०७६/७७ को कुल गार्हस्थ उत्पादनको वृद्धिदर ०.६ प्रतिशत मात्र रहने छ । कोभिड-१९ को संक्रमण नियन्त्रण गर्न २०७६ चैत ११ देखि २०७७ जेठसम्म अवलम्बन गरिएको पूर्ण बन्दाबन्दी र २०७७ असारमा आंशिक आर्थिक गतिविधि खुकुलो पारिएको थियो । त्यसका आधारमा आर्थिक वृद्धिदरमा ठूलो संकुचन देखिएको हो । यसअघि आयोग मातहतकै केन्दि्रय तथ्यांक विभागले सो आवमा २.२७ प्रतिशत वृद्धिदर हुने अनुमान गरिएको थियो ।

विभागको अनुमानभन्दा पनि अर्थतन्त्रमा अझ ठूलो खाडल परेको आयोगको प्रतिवेदनले पुष्टी गरेको छ । आयोगका अनुसार यस आर्थिक वर्षमा कृषि क्षेत्र २.६ प्रतिशतले विस्तार हुनेछ । गैरकृषि क्षेत्रमा भने ०.२ प्रतिशतको संकुचन देखिएको छ । यसले समग्र वृद्धिदर समेत १ भन्दा तल झरेको हो ।

‘यो वर्ष वृद्धिदर ३.८ प्रतिशतसम्म झर्छ’

अध्ययनको सारांशमा कोरोना भाइरसले चालु आर्थिक वर्षमा समेत अर्थतन्त्र प्रभावित हुने प्रक्षेपण गरिएको छ । यो वर्ष सरकारले ७ प्रतिशत हाराहारीको आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान गरेको छ ।

तर, चालु आवमा समेत २०७७ सालकै जस्तो आर्थिक बन्दाबन्दीको अवस्था रहेमा यो वर्ष आर्थिक वृद्धिदर २.६ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । तर, असारकै जस्तो अवस्था अहिले छैन ।

दोस्रो परिदृष्य अनुसार पहिलो चौमासिकमा बन्दाबन्दी खुकुलो भई दोस्रो चौमासिकदेखि आर्थिक क्रियाकलाप पूर्ववतः सूचारु भएमा भने ७ प्रतिशतको आर्थिक वृद्धिदर कायम रहन्छ ।

तर, संक्रमणदर लामो समय वृद्धि भई अवरोध र बन्दाबन्दीको अवस्था रहेमा भने आर्थिक वृद्धि ३.८ प्रतिशतमा र्झछ । अहिले पर्यटन, होटेलसहितका सेवा क्षेत्र बन्दाबन्दी सरहकै अवस्थामा रहेको अवस्था छ ।

अन्य क्षेत्र क्रमशः सूचारु भएपनि पूर्ववतः अवस्थामा अर्थतन्त्र भने फर्किसकेको छैन । चालु आर्थिक वर्षमा समेत सरकारी संयन्त्रको तुलनामा अन्तर्राष्ट्रिय एजेन्सीहरुले भने ठूलो आर्थिक प्रभावको अनुमान गरेका छन् ।

विश्व बैंकले सन् २०२१ मा पहिलो प्रतिवेदन सार्वजनिक गर्दै नेपालले चालु आवमा मात्र ०.६ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्ने बताएको छ । नेपाल पर्यटनमा आधारित अर्थतन्त्र भएको मुलुक भएको भन्दै पर्यटक नआउँदा यसले कृषि, यातायातसहित बहुआयामिक क्षेत्रमा प्रभाव पर्ने विश्व बैंकको अनुमान छ ।

गरिबी ४ प्रतिशतले बढ्यो

कोरोनाले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन सोच हासिल गर्ने सरकारको लक्ष्यमा भने ठूलो प्रभाव पारेको छ ।

योजना आयोगका अनुसार कोरोनाका कारण ४ प्रतिशतले गरिबी बढेको छ । कोरोना भाइरसको नियन्त्रण गर्न सरकारले अपनाएका गतिविधिकै कारण थप १२ लाख जनसंख्या गरिबीको रेखामुनी पर्न गएको अनुमान गरिएको छ ।

कोभिडले २०७९ सालसम्म अतिकम विकसित मुलुकबाट विकाससिल मुलुकमा स्तरोन्नति हुने लक्ष्य समेत प्रभावित हुने भएको छ ।

प्रतिव्यक्ति आम्दानी घट्यो

आव २०७६/७७ मा नेपालीको प्रतिव्यक्ति आम्दानी समेत घटेको छ । आव २०७५/७६ मा नेपालीको प्रतिव्यक्ति आम्दानी १०३९ रहेको थियो । सरकारले यो वर्ष १०८५ अमेरिकी डलर प्रतिव्यक्ति आय पुग्ने प्रक्षेपण गरेको थियो । तर, नतिजामा भने मात्र १०६७ डलरमा सिमित भएको प्रतिवेदनमा उल्लेख छ ।

बन्दाबन्दीको समयमा नेपाल महंगीको मारमा भने पर्न पर्न नपाएको प्रतिवेदनले देखाएको छ । बन्दाबन्दीको समयमा बजारमा स्वतः माग कम भएको र तीन वटै तहका सरकारले आपूर्ति व्यवस्थापन प्रभावित नहुने गरी काम गरेका कारण बन्दाबन्दीको समयमा मंहगी भने खेप्न नपरेको अध्ययन प्रतिवेदनले जनाएको छ ।

यस समयमा बैंक तथा वित्तीय संस्थामा बचत परिचालन वृद्धि भएको र लगानीमा कमी आएको देखिएको छ । जसले गर्दा अधिक तरलताको सामना भने बैंक तथा वित्तीय संस्थाले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नेपाली अर्थतन्त्रको आकार : ३९ खर्ब ४३ अर्ब ६६ करोड
  • २०७७ माघ ५, सोमबार १८:०६
  • In "देश"
  • नेपालको आर्थिक वृद्धिदर? विश्व बैंक भन्छ– घट्छ
  • २०७७ माघ ५, सोमबार १८:०६
  • In "BannerNews"
  • गत वर्षको आर्थिक वृद्धिदर ऋणात्मक, भूकम्पले भन्दा महामारीले बढी क्षति
  • २०७७ माघ ५, सोमबार १८:०६
  • In "देश"
Tags: #अपराध#आर्थिक#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

१० अर्ब प्रदूषण शुल्क उठाएर अन्यत्रै खर्च

नेपालमा कोरोनाको नयाँ प्रकार भित्रिएको पुष्टि

संसद विघटनको बहसमा सुवास नेम्वाङको अभिव्यक्तिको चर्चा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version