• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कोरोना परीक्षण गर्न पीसीआर भन्दा सस्तो प्रविधि नेपालमा प्रमाणीकरण


कोरोना परीक्षण गर्न पीसीआर भन्दा सस्तो प्रविधि नेपालमा प्रमाणीकरण

काठमाडौं । कोरोना संक्रमण परीक्षण गर्ने ‘सेरलक-क्रिस्पर सार्स कोभ- २ किट’ नेपालमा प्रमाणीकरण गरिएको छ । क्रिस्पर टेक्नोनोलोजीले उत्पादन गरेको यो किटको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा (एनपीएचएल) प्रमाणीकरण (भ्यालिडेसन) गरिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार ‘सेरलक-क्रिस्पर सार्स कोभ २ किट’ प्रमाणीकरण गर्ने क्रममा ३ सय ६० जनाको  नमुना परीक्षण गरिएको थियो । जसमा ९८.३३ प्रतिशत समानता देखिएको थियो । पीसीआर र क्रिस्पर दुबै प्रविधिमा रिपोर्ट समान आएपछि उक्त प्रविधिलाई नेपालमा प्रयोग गर्न स्विकृति दिने स्वास्थ्य मन्त्रालयले तयारी गरेको छ ।

अमेरिकाको नियमनकारी निकाय फुड एण्ड ड्रग एडमिनिष्ट्रेसनले आपतकालीन प्रयोगको लागि स्वीकृति दिइसकेको उक्त प्रविधि अमेरिकाको मासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) मा कार्यरत वैज्ञानिक दिग्विजयराज महत र जोन हप्किन्स हेल्थ सिस्टममा कार्यरत क्वालिटी म्यानेजर तथा चिकित्सकीय एनालिटिक्सका विज्ञ डा. विशाल भण्डारीको पहलमा नेपाल भित्र्याइएको हो ।

‘सेरलक-क्रिस्पर सार्स कोभ २ किट’ पीसीआर परीक्षण भन्दा सस्तो र ‘मास टेस्टिङ’ गर्नको लागि उपयुक्त भएको वैज्ञानिक महत बताउँछन् । उनका अनुसार १० मिनेटमा ९० जनासम्मको परीक्षण गर्न सकिने यो प्रविधिले स्वाब दिएको ७० मिनेट भित्रमा रिपोर्ट दिन्छ । दैनिक १० देखि १२ हजार मानिसको परीक्षण गर्न सकिने यो प्रविधिले नेपालमा महामारी नियन्त्रणमा सहयोग पुर्‍याउने महत बताउँछन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले क्रिस्पर टेक्नोलोजी प्रविधिलाई कोरोना परीक्षणको उपयुक्त विधि भएको प्रमाणीकरण गरेको प्रयोगशालाकी निर्देशक डा. रुना झा बताउँछिन् । उनका अनुसार यो प्रविधिको प्रयोग प्रभावकारी हुने देखिएको छ र यसलाई स्वीकृति दिने कि नदिने भन्ने विषय छलफलमै छ ।

यो किटबाट कोरोना परीक्षण गर्नको लागि भीटीएम किट तथा आरएनए एक्सट्रयाक्सन किट पनि चाहिँदैन । सोही कारण यो अन्य परीक्षण प्रविधिमा भन्दा सस्तो समेत पर्न जाने महतको दाबी छ । ‘यसमा पीसीआर प्रविधिमाजस्तो रिएजेण्ट प्रयोग नहुने हुनाले यसको रिएजेण्ट सबैतिर पाइन्छ’ महत भन्छन्, ‘यसको रिएजेण्ट आफैं बनाउन पनि सकिन्छ ।’

दुई तरिकाबाट परीक्षण गर्न सकिने हुनाले यो अन्य प्रविधिभन्दा बढी प्रभावकारी भएको महतको दाबी छ । प्रयोगशाला र मेसिन नभएको ठाउँमा ट्युबबाट परीक्षण गर्न सकिने भए पनि प्रयोगशाला भएको ठाउँमा धेरै  संख्यामा परीक्षण गर्न सकिन्छ । प्रयोगशालामा ‘इलाइजा प्लेट रिडर’ले परीक्षण गर्ने महत बताउँछन् ।

‘यो प्रविधिबाट परीक्षण गर्नको लागि नयाँ मेसिनहरु ल्याउनुपर्दैन, यहीँको प्रयोगशालामा भएका मेसिनले परीक्षण गर्न सक्छ’ महत भन्छन्, ‘क्रिस्पर प्रविधिले पीसीआरले जस्तै संक्रमण भएको वा नभएको पत्ता लगाउँछ, यो एन्टीवडी परीक्षणको लागि होइन ।’

त्यसैगरी, व्यक्ति स्वयंले स्वाब झिकेरसमेत यो प्रविधिबाट परीक्षण गर्न सक्ने महत बताउँछन् । उनका अनुसार स्वाबलाई ट्युबमा राखेर पानीमा रिएजेण्ट मिसाएर ६० डिग्री तापक्रममा तताएर कागज (ल्याटरल फ्लो स्ट्रिप’) राख्दा त्यहाँ नतिजा देखाउँछ । उक्त स्ट्रिपमा एउटा धर्का आयो भने नेगेटिभ र २ वटा धर्का आयो भने पोजेटिभ हुन्छ । क्रिस्पर प्रविधिको यो परीक्षण विधि कम जनसङ्ख्या भएको ठाउँ या दुर्गममा प्रयोग गर्न सकिने महतको दावी छ । ‘ट्युबलाई बोकेर जहाँ पनि लैजान सकिने भएकाले यो तरिका कम मानिस भएको ठाउँमा परीक्षण गर्न उपयुक्त हुन्छ’ उनी भन्छन् ।

अमेरिकाको सेरलक बायोसाइन्सेसले उत्पादन गरेको उक्त किटलाई नेपाल भित्र्याउन उत्पादक कम्पनी सेरलक र फिलान्थ्रोपी प्रोजेक्टले १/१ लाख डलर अनुदान सहयोग गरेका छन् । पहिलो चरणमा ८ हजार परीक्षण किट ल्याइएको  वैज्ञानिक महतले जानकारी दिए । उनले भने, ‘नेपालले यो प्रविधिबाट कोरोना परीक्षण गर्न लागि स्वीकृति दियो भने यो पीसीआर परीक्षण भन्दा सजिलो र सस्तो छ ।’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले क्रिस्पर टेक्नोलोजी प्रविधिलाई कोरोना परीक्षणको उपयुक्त विधि भएको प्रमाणीकरण गरेको प्रयोगशालाकी निर्देशक डा. रुना झा बताउँछिन् । उनका अनुसार यो प्रविधिको प्रयोग प्रभावकारी हुने देखिएको छ र यसलाई स्वीकृति दिने कि नदिने भन्ने विषय छलफलमै छ ।

‘क्रिस्पर प्रविधिले पीसीआर भन्दा छिटो नतिजा दिने मात्र होइन सस्तो पनि रहेछ, प्रमाणीकरणको नतिजाबाट हामी सन्तुष्ट छौं’ डा. झा भन्छिन्, ‘अब यसलाई प्रयोगमा ल्याउने वा नल्याउने विषय मन्त्रालयकै निर्णयमा भर पर्छ ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम  क्रिस्पर टेक्नोलोजीको परीक्षण किटलाई प्रयोगको स्वीकृति दिने विषयमा छलफल चलिरहेको बताउँछन् । उक्त प्रविधिको प्रमाणीकरणको नतिजा राम्रो भएकाले स्वीकृति दिने सम्भावना रहेको पनि उनले बताए । ‘सम्भवत यो विषयमा छिट्टै निर्णय हुन्छ’ डा. गौतमले भने ।

यो प्रविधि प्रमाणीकरणका लागि एनपीएचएलमा स्वास्थ्य सचिव लक्ष्मण अर्याल, मन्त्रालयको अनुगमन महाशाखा प्रमुख डा. विकास देवकोटा, एनपीएचलको प्रमुख डा. रुना झा, मन्त्रालयका डा. जागेश्वर गौतम, डा. समीर अधिकारी, डा. ज्योति अधिकारी, डा.  महेश अधिकारीलगायतले समन्वय गरेका थिए । प्रमाणीकरण गर्ने एनपीएचएलको टिममा वैज्ञानिक महत पनि संलग्न थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नेपालमै पीसीआर गरेको रिपोर्ट देखाएर दिल्लीबाट यात्रु नेपालमा !
  • २०७७ माघ २, शुक्रबार २१:१२
  • In "थप"
  • नयाँ कोरोना भाइरस : नेपालमा के होला ?
  • २०७७ माघ २, शुक्रबार २१:१२
  • In "थप"
  • पत्थरीको शल्यक्रिया गर्न ल्याइएकी महिलाको कोरोनाले मृत्यु
  • २०७७ माघ २, शुक्रबार २१:१२
  • In "समाचार"
Tags: #Covid-19#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

Next Post

चिनियाँ राजदूत रास्ट्रपति कार्यालय छिरेपछी..

विपन्न बस्तीमा शीतलहर : परालको ओछ्यान, परालकै ओढ्ने

आधा उद्योग-व्यवसायमा अझै कोभिडको असर

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version