• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

हुम्लामा फेरि सिमा विवाद


हुम्लामा फेरि सिमा विवाद

काठमाण्डौं : पछिल्लो समय हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीमा घट्दो पशुपालनका कारण पनि चिनियाँ पक्षलाई भूमि अतिक्रमण गर्न सहज भएको भइरहेको छ।

‘२०६० को दशकमा लिमी क्षेत्रमा धेरै संख्यामा पशुपालन गर्ने भएकोले लोलुङजोङ क्षेत्रभन्दा थप २/३ किलोमिटर परसम्म हामीले खर्क बनाएर पशुवस्तु राख्ने गरेका थियौँ’, नाम नखुलाउने शर्तमा एक स्थानीयले भने,‘हामीले पशुवस्तु ङपाल्न छाडेसँगै आफैँले कमाउँदै आएको भूमि पनि छाड्नु पर्ने अवस्था आयो।’

नेपालीहरू त्यहाँबाट विनाअवरोध मानसरोवर दर्शन गर्न जाने गरेका थिए। त्यतिबेला खुला मार्गका रुपमा लिमीको लाप्चा क्षेत्र प्रयोग हुँदै आएको थियो।

‘चिनियाँ छोपा(पशुवस्तु पाल्ने) पनि हाम्रो(नेपाली) क्षेत्रमा पशु वस्तु ल्याउँथे। हामीहरुका पशुबस्तुसहित चरण् खर्क उनीहरुको क्षेत्रमा पनि जान्थ्यो, त्यो क्षेत्र उनीहरु र हामी संयुक्त रुपमा मिलेर उपभाग गरेपनि अहिलको जस्तो विवाद थिएन’, ती स्थानीयले भने।

पछिल्ला पाँच वर्षयता लिमीमा पशुवस्तुको संख्या घट्दै गएपछि आफ्नो गाउँभन्दा टाढाको क्षेत्रलाई चरण क्षेत्रका रुपमा प्रयोग गर्न छाड्दा पनि चीनले आफ्नो भू–भाग भन्दै नेपाली क्षेत्र अतिक्रमण गर्न थालेकाे ती स्थानीयकाे भनाइ छ।

बारम्बार देखिदै विवाद
हुम्लाको यो क्षेत्रमा सीमा विवाद नयाँ भने होइन। सीमाविद्का अनुसार यो समाधान भइनसकेकको पुरानो विवाद हो। नेपाल र चीनबीच सन् १९६१/६२ मा पानी ढलोको सिद्धान्तका आधारमा सीमा विवाद समाधान भएपनि पूर्ण रूपमा रूपमा समाधान नभएकाे स्थानीय बताउछन्।

सन् १९६३ मा दुवै देशका परराष्ट्रमन्त्रीले सीमा सम्बन्धी सन्धिमा हस्ताक्षर गरेका थिए। जसमा दुवै देशले तयार पारेको सीमाको नक्सा पनि समाबेश गरिएको थियो।

स्थानीय भनिरहेकै छन् –हाम्रो भूमि मिचियो
विगत ५ वर्ष पहिलेदेखि नै सो स्थानमा चीनले ११ वटा ठुला भवन निर्माण गरेको छ। नाम्खा गाउँपालिका वडा नं. ६ को क्षेत्रमा पर्ने लाप्चा क्षेत्रमा चीनले नेपालतर्फ झन्डै डेढ किलोमिटर भू–भागमा चीनले भवनहरु निर्माग गरेको स्थानीयले आरोप लगाइरहेका छन्।

नाम्खा गाउँपालिका वडा नं. ६ का एक स्थानीयका अनुसार उच्च हिमाली क्षेधा भएको र त्यहाँ नेपाली समुदायको उपस्थिति नहुने भएकोले चिनियाँ पक्षले निर्वाध रुपमा भवनहरु बनाएका हुन्।

‘विगतमा त्यहाँ हाम्रो तिरबाट पशुपालनका लागि जाने गरिन्थ्यो, पछिल्लो समय यहाँबाट कोही पनि जाँदैनन्। यताबाट खाद्यान्न लैजाने र उताबाट च्यांग्रा तथा नुन ल्याउने बाटो त्यही हो’, ती स्थानीयले भने भने,‘तर अहिले भने त्यहाँ चीनले एकतर्फी रुपमा भवनहरु निर्माण गरेको छ। हामीले पनि केही समयअघि मात्रै जानकारी पाएका हौँ। त्यो भूमि हाम्रा पुर्खाहरुको प्रयोग गर्ने गरेको भूमि हो। गोठाला जाने र त्यहाँ गाइबस्तु पाल्ने काम हुन्थ्यो, हाम्रो जग्गामा चीनले अतिक्रमण गरेको हो।’

केही वर्ष पहिले चीनले २ वटा भवन निर्माण गरेको र अहिले त्यहाँ थप ९ वटा भवन निर्माण भएको छ। लिमीका स्थानीयहरका अनुसार पछिल्लो समय चिनियाँ पक्षले आफुहरुलाई गर्ने व्यवहार पनि फेरिएको छ। त्यसलाई स्थानीयले सीमा अतिक्रमणसँग जोडेर हेर्ने गरेका छन्।

‘अहिले त्यहाँ ९ वटा भवनहरू थप गरिएको छ। चार वर्ष अगाडि २ वटा भवन बनाइएको थियो। पठार क्षेत्र भएका कारण त्यहाँ नेपाल र चीनका कुनै पनि बस्ती छैनन। भवन कुन प्रयोजनको लागि बनाइएको हो, त्यो अहिले सम्म जानकारी नभएकाे स्थानीय बताउछन्।

नाम्खा गाउँपालिका वडा नं. ६ को लिमी लाप्चामा चीनले सीमा अतिक्रमण् गरेको भनी स्थानीयले बारम्बार गुनासो गर्दै आएका छन्।

नेपाल र चीनको सीमा पूर्वदेखि पश्चिमसम्म मुख्य ७९ र सहायक २१ गरी १०० वटा मार्कर राखिएका छन। नापी विभागका अनुसार सबै ठाउँमा पिल्लर नै नराखिएकोले उत्तरी सीमा छुट्याउने ठाउँलाई मार्कर भनिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • बेईजिङमा मच्चियो हडकम्प सिमा मिचेको सत्यतथ्य बारेमा अन्तर्राष्ट्रिय बहस
  • २०७७ पुष २८, मंगलवार १६:०३
  • In "अन्तराष्ट्रिय"
  • जहाँ जहाँ सीमा त्यहाँ चिनियाँ कब्जा
  • २०७७ पुष २८, मंगलवार १६:०३
  • In "अन्तराष्ट्रिय"
  • चीनको तर्फबाट नेपाली सीमामा हस्तक्षेपभएको पहिलोपल्ट आधिकारिक दावी
  • २०७७ पुष २८, मंगलवार १६:०३
  • In "BannerNews"
Tags: #अपराध#राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post

निर्वाचनको लागि सुरक्षा निकायले माग्यो सवारी साधनदेखि बन्दोबस्तीका सामग्री

ओलीले कम्युनिष्ट आन्दोलन त्यागेको खबर सुन्न बेर छैन : माधव नेपाल

कोरोना प्रभावित ५४ प्रतिशत उद्योग-व्यवसाय सञ्चालनमा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version