• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

स्पेनमा ५० वर्षयताकै ठूलो हिमपात, देशका अधिकांश भूभाग रेड अलर्टमा


स्पेनमा ५० वर्षयताकै ठूलो हिमपात, देशका अधिकांश भूभाग रेड अलर्टमा

स्पेन। स्पेनमा भीषण हिमपात भएको छ। पछिल्लो ५० वर्षमा देखिएको सबैभन्दा ठूलो हिमपातका कारण आधा देश नै रेड अलर्टमा छ। सबैभन्दा प्रभावित क्षेत्रमध्ये एक राजधानी म्याड्रिडमा ८ इन्चसम्म हिउँ जमेको छ।

हवाई उडानलगायत सहरका धेरै सडकहरू बन्द भएका छन् । शुक्रबार साँझ राजधानी नजीकका राजमार्गमा थुप्रै सवारी साधनहरु फसेका थिए। स्पेनको एक पत्रिका एलपाईसका अनुसार हिमपातका कारण अहिलेसम्म तीनजनाको मृत्यु भएको छ भने सयौं सवारी चालकहरू अलपत्र परेका छन्।

फिलोमेना नामको तूफान जिब्राल्टरको सामुद्रिक क्षेत्रबाट उत्तरतिर लागेकाले लगातार हिमपात भएको स्पेनको मौसम विज्ञान बिभाग (एईएमईटी) ले जनाएको छ। स्पेनका मिडियाहरुले शताब्दीमा नै देखिएको सबैभन्दा खराब हिमपात भनी उल्लेख गरेका छन् ।

राजधानी म्याड्रिड अलवा अल्बासेट, कुएन्का, टोलेडो, गुआडालाजारा, भ्यालेन्सिया, कास्टेलन, तारागोना,टेरुएल र सारगोजामा ८ इन्चसम्म हिउँ जम्ने अनुमान छ। मौसमविद्हरुले अझै केही समयसम्म भारी हिमपात हुनसक्ने बताएका छन्।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले नागरिकहरूलाई यात्रा नगर्न र आपतकालिन सेवाहरूको निर्देशन अनुसरण गर्न आग्रह गरेका छन्। उनले हिउँमा फसेको मानिसहरुलाई उद्धारकार्य जारी राखेको जनाएका छन्।

झन्डै डेढ दशकदेखि राजधानी म्याड्रिडमा बस्दै आएका एक नेपाली राककृष्ण पुडासैनीले हिमपातका कारण जनजीवन कष्टकर बन्दै गएको बताए। उनले भने, ‘पछिल्लो पटक सन् २००९ मा जनवरीमा पनि हिमपात भएको थियो तर त्यो सामान्य थियो। अहिले राजमार्ग नै बन्द भएका छन्।जनजीवन कष्टकर भएको छ। शुक्रबार दिउँसो ३ बजेदेखि अहिलेसम्म पनि हिमपात भइरहेको छ।’

राजधानी म्याड्रिडमा अन्य सार्बजनिक यातायात प्रभावित भएकाले भूमिगत मेट्रो सेवालाई भने २४ घण्टा नै खुलाईएको छ। हिउँमा रमाईलो गर्नेको संख्यामा पनि उत्तिकै रहेको छ। एनआरएनए क्षेत्रीय समिति म्याड्रिडका अध्यक्ष सुजिल गोले भन्छन्,’ कोरोना कारण बाहिर घुमफिर गर्न नपाएकाले लामो समयपछि मानिसहरु सडकमा आएर हिउँमा रमाइलो गरेका छन्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पश्चिमी न्यूनचापीय प्रणाली बाहिरियो, भोलिदेखि मौसम खुल्ने
  • २०७७ पुष २६, आईतवार १४:५४
  • In "BannerNews"
  • अत्यधिक गर्मीका कारण फ्रान्समा मृत्यु संख्या बढ्यो
  • २०७७ पुष २६, आईतवार १४:५४
  • In "BannerNews"
  • आज अधिकांश स्थानमा वर्षा, उच्च हिमाली भेगमा हिमपात
  • २०७७ पुष २६, आईतवार १४:५४
  • In "थप"
Tags: #समाजिक#स्वस्थ-जीवनशैली

नेपाल एक्सन

सम्बन्धित खबर

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

स्वास्थ्यको लागि खेलकूद, राष्ट्रियको लागि खेलकूद भन्दै गोलबजारमा राष्ट्रिय स्तरको खेल हुँदै

कन्चनपुरमा घर निर्माणमा रोक लगाईएको समाचार गलत: एसएसबी

नेकपा मिलाउन नसके 'सोसलिष्ट सेन्टर' बनाउने गृहकार्य गर्दै चीन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version