• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मोबाइलमा तल्लिन बालबच्चालाई कसरी पाठ्यपुस्तकमा अभ्यस्त गराउने ?


मोबाइलमा तल्लिन बालबच्चालाई कसरी पाठ्यपुस्तकमा अभ्यस्त गराउने ?

अहिलेका बच्चाहरु ‘ग्याजेट्स’मा लिप्त हुन थालेका छन् । उनीहरु पाठ्यपुस्तकमा भन्दा मोवाइल, ल्यापटप, ट्याबमा समय विताउन थालेका छन् । यसमा उनीहरु भिडियो हेर्छन्, गेम खेल्छन् । यसरी डिटिजल डिभाइसमा अभ्यस्त हुँदै गएका विद्यार्थीमा ध्यान केन्द्रित गर्ने क्षमता कमजोर हुँदैछ । उनीहरुलाई कक्षाकोठामा राखेर पाठ्यपुस्तक पढाउन लेखाउन चुनौतीपूर्ण हुन थालेको छ । जेनेरेशन जेड (१० देखि २४ बर्ष) र जेनेरेशन अल्फा (९ बर्षभन्दा कम उमेरका) बच्चा यस्तो दुनियामा पैदा भएका छन्, जहाँ स्मार्टफोनले उनीहरुको दिशा तय गरिरहेको छ ।

अहिलेका बालबालिका स्मार्टफोन एप्स र स्ट्रीमिङ प्लेटफर्मबाट आइरहेको उत्तेजनाको लतमा यसरी फसेका छन् कि, उनीहरुको ध्यान कक्षाकोठाबाट भंग भएको छ । यसले शिक्षकमाथि ठूलो चुनौती थपिएको छ । विद्यार्थीलाई प्रविधिका साथसाथै पारम्परिक शिक्षा कसरी दिने ?

कृपया ध्यान दिनुहोस्

बच्चाको मस्तिष्कको विकास एक जटिल विषय हो । पछिल्लो केही बर्षमा विश्वभरका शोधकर्ताले एकाग्रतामाथि स्मार्टफोन र मिडया मल्टी–टक्सिङको दुष्प्रभावमाथि चिन्ता व्यक्त गरेका छन् ।

‘रेजिंग जेनेरेशन टेक’का लेखक डाक्टर जिम टेलर भन्छन्, ‘यसको स्पष्ट प्रमाण के भने, प्रविधि, सोशल मिडिया, इन्टरनेसम्म तुरुन्त पहुँच र स्मार्टफोनले बच्चालाई हानी गरिरहेको छ ।’

उनको प्रमाण पूर्ण रुपमा प्रमाणित भएको छैन, उनको विरुद्ध तर्क पेश गर्न सकिन्छ ।

टेलर भन्छन्, ‘हामीले बच्चाको सोच्ने र उनको मस्तिष्क विकासको तरिकालाई मौलिक रुपमा बदल्दैछौं ।’

फिलाडेल्फियामा सातौं र अठारौं क्लास (१२ देखि १४ बर्ष)का बच्चालाई पढाउने लारा शाद भन्छन् कि, औसत किशोर लगभग २८ सेकेन्डसम्म ध्यान केन्द्रित गर्न सक्छन् ।

स्मार्टफोनले उनीहरुको दिमागी विकासलाई प्रभावित गरेको छ । र, शिक्षकले कुनै भेउ पाइरहेका छैनन् कि यसबाट कसरी विद्यार्थीलाई उन्मुक्ति दिलाउने ।

लारा शाद सन् २०१५ मा शिक्षक बनेकी थिइन् । उनले यस कुराको कुनै प्रशिक्षण लिएकी छैनन् कि, डिजिटल युगमा पैदा भएको बच्चालाई कसरी पढाउने ?

पारम्परिक स्कुलमा पाइने पाठ्यक्रम र पढाईमा प्रविधिको प्रभाव देख्न थालिएको छ । बच्चाहरुमा पाठ्याक्रममा आधारित डिजिटल मिडियादेखि इन्टाग्राम र स्नेपच्याट जस्ता एप्सको प्रयोग थप बढेको छ, जसमा चित्र भरमार छ ।

एरिका स्विफ्ट क्यालिफोर्निमा एक विद्यालयमा छैठौं कक्षाका विद्यार्थी पढाउँछिन् । उनी भन्छिन्, ‘लामो र जटिल पाठ पढाउन विद्यार्थीलाई निकै गाह्रो हुन थालेको छ । जबकी पहिलेका विद्यार्थीहरु यस्तो पाठ पढ्न कतिपनि झर्को मान्दैनथे ।’

अहिलेका विद्यार्थीहरु जटिल एवं लामो पाठ सहजै बुझ्न सक्दैनन् । उनीहरुलाई ब्रेक गर्दै पढाउनुपर्ने हुन्छ । कति बच्चाले त लामो पाठ पढ्न छाडिदिएका छन् ।

पाठलाई कुनै डिभाइसमा स्थान्तरण गर्नु पनि त्यती उपयोगी नहुन सक्छ । समस्या केवल प्रिन्टमा स्क्रिनलाई वरियता दिनुभन्दा केही गहिरो छ ।

टेलरका अनुसार एकाग्रता कुनैपनि कुरा सिक्नका लागि प्रवेश द्वार हो । स्मरणले बुझाईलाई थप गहिराइमा पु¥याउँछ ।

टेलर भन्छन्, ‘ध्यान दिने क्षमताबिना बच्चा कुनैपनि सूचना तयार गर्नमा सक्षम हुँदैन । उनीहरु त्यसलाई स्मरण गर्न पाइरहेका हुँदैनन् । यसको अर्थ के हो भने यो उनको व्याख्या, विश्लेषण, संश्लेषण र आलोचना गर्न पाउँदैनन र सूचनाको बारेमा कुनै निष्कर्षसम्म पुग्न सक्दैनन् ।’

भविष्यको कक्षाकोठा

विद्यार्थीहरुले जब लामो पाठ बुझ्न वा स्मरण गर्न सक्दैनन्, तब शिक्षकले पाठलाई छोटो–छोटो हिस्सामा बर्गिकरण गर्छन् । शिक्षकलाई लाग्छ कि, छोटो पाठ उपयुक्त हुन्छ ।

कतिपय शिक्षकले विद्यार्थीमा एकाग्रता बढाउनका लागि ध्यान पनि गराइरहेका छन् । एक शिक्षकले विद्यार्थीलाई ध्यान एवं मेडिटेशनमा सहयोग पु¥याउनका लागि क्लाम एप पनि बनाएका थिए ।

कतिपय शिक्षक विद्यार्थीसँग गएर त्यहाँ संवाद गरिरहेका छन्, जहाँ उनीहरु हुनछन् । जस्तो कि युट्युब र इन्स्टाग्राम ।

एजुकेशनल पब्लिशर पियर्सनका ग्लोबल रिसर्च एन्ड इनसाइटका भाइस प्रसिडेन्ट आशा चोकसी एक शिक्षकको उदाहरण दिन्छन्, जसले एक वैज्ञानिक प्रयोगबाट आफ्नो भिडियो बनाए र त्यसलाई युट्युबमा राखिदिए ।

त्यही भिडियो उनले क्लासरुमको विद्यार्थीलाई देखाए र विद्यार्थीलाई पाठ सम्झाउने प्रयास गर्न थाले ।

डिजिटल प्लेटफर्ममा विद्यार्थीको ध्यान तान्न सकिन्छ, यदि त्यसमा उनीहरुको रुची भए । डेस्तलर ति शिक्षकको तारिफ गर्छन्, जसले नाजी दुष्प्रचारको इतिहासलाई साइबर बुलिङसँग जोडे ।

उनी भन्छन्, ‘यदि तपाई अनिवार्य पाठ्यक्रममा आजको प्रासंगिक चिजलाई जोड्नुहुन्छ भने, त्यसलाई विद्यार्थीले बढी रुचीपूर्वक बुझ्ने कोशिस गर्छन् ।’

फ्लिपग्रिड जस्ता शैक्षणिक प्लेटफर्म, जहाँ विद्यार्थीले प्रजेन्टेशन दिएर आफ्नो भिडियो शेयर गर्न सक्छन्, शिक्षकले विद्यार्थीलाई यसमा जोडिएर सहयोग गर्न सक्छन् ।

पियर्सनको २०१८ को अध्ययनमा पाइयो कि जेनेरेशन जेडका विद्यार्थी किताबभन्दा भिडियो हेर्न रुचाउँछन् । शिक्षकपछि उनीहरुको लागि भिडियो नै सूचनाको दोस्रो सबैभन्दा ठूलो स्रोत हो ।

विद्यार्थीको  ध्यान जुन कुरामा जान्छ, त्यसमै शिक्षकले पनि लय मिलाउँछन् भने उनीहरुको ध्यान केन्द्रित गर्न थप सहज हुन्छ ।

कतिपय विद्यालयले गूगल क्लासरुम जस्ता प्लेटफर्म अपनाएका छन्, जहाँ विद्यार्थी र अभिभावक ग्रेडर आगमी असाइनमेन्टको मनिटर गर्न सक्छन् ।

प्रविधिको माध्यमले पढाई कौशलमा जति नोक्सान पु¥याएको छ, उत्तिनै त्यसको भरपाई पनि गर्न सकेको छ ।

कम्प्युटरबाट पढाई

लेक्सियाको यस विद्यालयमा निकै घतलाग्दो पठन विधी छ । त्यहाँ खेल–खेलमा विद्यार्थीलाई सहभागी गराउने र प्रोत्साहित गराउने गरिन्छ ।

प्रदर्शनको आधारमा विद्यार्थीको अलग समूह बनाइन्छ । सफल विद्यार्थीलाई अघिल्लो दर्जाको अफलाइन काम दिइन्छ । पछाडि परेका विद्यार्थीलाई डिजिटल अभ्यास गराइन्छ, जबसम्म उनीहरुले पूर्ण रुपमा पाठ सम्झदैनन् ।

अमेरिकी शिक्षा प्रौद्योगिकी क्षेत्रमा ग्लोबल लिडर हो । सन् २०१८ मा यहाँको एजु टेक कम्पनीले १ दशमलव ४५ अरब डलर जुटाएका थिए । तर, फ्लिपग्रिड र लेक्सिया जस्ता कम्पनीलाई दोस्रो देशले टक्कर दियो ।

पूर्वी एशियामा एजु टेक उद्योग तिब्र रुपमा फैलिएको छ । अमेरिकी प्लेटफर्म जस्ता न्यूटनले विदेशमा आफ्नो विस्तार गरेको छ । यी कम्पनी विद्यार्थीका लागि डिजिटल क्लासरुम बनाउनका लागि वैश्विक रुचीलाई दोहन गरिरहेको छ ।

मिश्रित अध्ययन

शिक्षकले कक्षाकोठामा प्रविधि अपनाइरहेका छन् । तर, केही अध्ययनबाट के थाहा भएको छ भने पारम्परिक कक्षाकोठा बढी सफल हुनसक्छ ।

लन्डन स्कुल अफ इकोनमिक्सको सन् २०१५ को एक अध्ययनमा लेखिएको थियो कि, जब बर्मिघम, लन्डन, लीसेस्टर र म्यानचेस्टरको विद्यालयले कक्षाकोठामा फोनमाथि प्रतिवन्ध लगायो, तब त्यहाँ जिसिएसई परीक्षाको स्कोरमा सुधार आयो ।

न्यूरोसाइन्सका प्रोफेसर र ‘द लर्निङ स्किल्स साइकल’का लेखक विलियम लेम सन् २०१४ को एक अध्ययनलाई अरु इशारा गर्छन् । त्यसबाट थाहा पाइएको थियो कक्षाकोठामा नोट्स लेख्ने विद्यार्थी ल्यापटपमा लेख्ने विद्यार्थीभन्दा बढी कुनैपनि सूचनालाई याद गर्न सक्छन् ।

लेम कुनैपनि पाठलाई स–सानो खण्डमा विभाजन गर्नु खतरनाक मान्छन् । उनका अनुसार एक पाठबाट अर्को पाठमा तुरुन्तै जाँदा विद्यार्थीको स्मरण क्षमता विकास हुन पाउँदैन । जब शिक्षक कुनै पाठ सुरु गर्छन् तब विद्यार्थीले त्यस पाठ पूर्ण रुपमा स्मरण गर्नुपर्छ ।

त्यसो त प्रविधिका पक्षधर केही शिक्षाविद परम्परागत पठन विधीमा पनि कमी कमजोरी रहेको औंल्याउँछन् । त्यसैले प्रविधि र परम्परागत शिक्षा दुबैलाई मिश्रित गरेर अगाडि बढ्दा बढी प्रभावकारी हुने उनीहरुको भनाई छ ।

युनिभर्सिटी अफ वाशिङटन इन्फर्मेशन स्कुलका एशोसिएट प्रोफेसर केटी डेविस भन्छन्, ‘मैले हालको बर्षमा शिक्षाविदका बीच एकदम चर्चा देखेको छु कि के व्याख्यानको माध्यामबाट पढ्नु एक अवशेष जस्तै हो र यो तरिका डाइनोसर जस्तै लोप हुनेछ ?’

डेविस स्विकार्छन् कि, नयाँ मिडिया एवं प्रविधिले नयाँ कौशल सिकाउँछ । तर, व्याख्यानको आफ्नै स्थान छ ।

भर्जिनियाका लेक्जान्ड्रिया सिटीका पब्लिक स्कुलका प्रमूख प्रविधि अधिकारी एलिजाबेथ हूवर प्रविधिको साहाराले शिक्षाको स्तर बढाउन प्रयासरत छन् ।

हूवर भन्छन् कि शिक्षक अहिले पनि उत्तिकै अपरिहार्य छ । र शिक्षकसँग आमने–सामने कुराकानी गर्नु आजपनि कक्षाकोठाको महत्वपूर्ण हिस्सा हो ।

हूवर प्रविधिको पक्ष त्यही लिन्छन्, जहाँ अफलाइन तरिकाले कुनै पाठ पढाउन असंभव हुन्छ ।

आर्थिक पहल

शाद पनि भन्छन् कि, कुनै शिक्षक प्विधिमाथि केवल यसकारण निर्भर छन् किनभने उनीसँग प्रर्याप्त अफलाइन संसाधन उपलब्ध छैन ।

यदि विद्यालयमा अधिक वित्तिय सहायता उपलब्ध गराइयो जसको कारण शिक्षकले पिछडिएका विद्यार्थीमाथि ध्यान केन्द्रित गर्न सकोस्, तब लेक्सिया जस्तो प्रोग्रामको जरुरत छैन ।

फिलाडेल्फियाका शिक्षक सोफिया डेट १२ औं कक्षामा सामाजिक अध्ययन पढाउँछन् । उनी पनि शिक्षकको साटो प्रविधिमा पैसा खर्च गर्नु त्यती उपयुक्त नहुने बताउँछिन् ।

डेट भन्छिन्, ‘कक्षामा प्रविधिलाई बढाव दिने प्रयास भइरहेको छ । अनुदान दिने संस्थानले ट्याब वा ल्यापटपका लागि मनलाग्दो पैसा दिइरहेको छ । तर, उनीहरु एक बर्षका लागि एक शिक्षकको तलब दिन मञ्जुर छैनन् ।’

डेट स्पष्ट गराउँछ कि कम आय वर्गका विद्यार्थीका लागि प्रविधिसम्मको एक समान पहुँच बहुत महत्वपूर्ण हुन्छ, तर यो व्यवस्थापन परिवर्तनको स्थान लिन सक्दैन ।

सोच्न सिकौं

प्रविधिले शिक्षाको केही कुरालाई फितलो बनाउँछ, तर यसले विद्यार्थीलाई सशक्त पनि बनाउँछ ।

पियर्सनसँग ाजेििडएका चोकसी भन्छन्, ‘यस्तो मानिन्छ कि युवा थोरै उदासिन छन्, थोरै अल्छी छन् र उनीहरुलाई प्रविधिले भड्काइरहेका छन् ।’

वास्तवमा हामी बच्चाको शिक्षा र सिक्ने तरिकालाई शसक्त बनाउनमा प्रविधिको भूमिका कम गर्नुपर्ने सोच्छौं ।

कुनैपनि कौतुहलता मेट्नका लागि पहिले विद्यार्थीले शिक्षकसँग सोध्थे र उत्तरका लागि प्रतिक्षा गर्थे । अब उनीहरुमा यस्तो धैर्यता छैन । उनीहरु आफ्नो कौतुहलता मेट्न प्रविधिको माध्याम अपनाउन थालेका छन् ।

अहिले पाठ्यपुस्तक वा अभ्यस पुस्तिकामा कुनैपनि समस्याको हल खोजिदैन, युट्युब वा गुगलमा त्यसको हल खोजिन्छ ।

जति जति सूचना सर्वव्यापी हुँदै गएको छ, अब सफलता त्यस कुरामा निर्भर छेन कि तपाईं धेरै जान्नुहुनेछ ।

यसको बदला यो सूक्षमता र रचनात्मकताका साथ सोच्ने क्षमतामा निर्भर गर्छ । विडम्बना यो छ कि डिजिटल मिडिया ध्यान भड्काएर यस कौशल कम गरिरहेको छ ।

डिजिटल मिडियामा बच्चाले न्यू मिडियालाई जोडतोडले अपनाएका छन् । अब शिक्षकले यससँगै आफुलाई अपडेट गर्नुपर्ने अवस्था छ । अब विद्यार्थीले प्रविधिबाट कसरी फाइदा लिने भन्ने कुरालाई शिक्षकले मार्गदर्शन गर्नुपर्ने भएको छ । साथै शिक्षकले मौलिक रुपले विद्यार्थीलाई शिक्षित गर्नुपर्नेछ कि, जसले उनीहरु लगातार विचलित गर्ने दुनियामा सफल हुन सकोस् ।

स्रोत : बिबिसी  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • के बालबालिकाहरु मोटोपनको सिकार हुँदैछन् ?
  • २०७७ पुष १०, शुक्रबार २०:३३
  • In "जीवनशैली"
  • उइगरमाथिको चिनियाँ नरसंहारविरुद्ध आवाज उठाउने महत्वपूर्ण समय
  • २०७७ पुष १०, शुक्रबार २०:३३
  • In "अन्तराष्ट्रिय"
  • उइगरमाथिको चिनियाँ नरसंहारविरुद्ध आवाज उठाउने महत्वपूर्ण समय
  • २०७७ पुष १०, शुक्रबार २०:३३
  • In "अन्तराष्ट्रिय"
Tags: #स्वस्थ-जीवनशैली

नेपाल एक्सन

सम्बन्धित खबर

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

प्रेमीको खोजीमा युवतीले खुलाइन् आवेदन, एकै दिनमा ३ हजारको दरखास्त

Next Post

तेलको मनपरी मूल्यवृद्धि हुँदा सरकारी निकाय मुकदर्शक

प्रचण्डलाई कमल थापाले भने-राप्रपाकै नियति भोग्न नपरोस्

राष्ट्रिय बिमा कम्पनीमा चरम बेथिति : न साधारणसभा न लेखा परीक्षण

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version