संजय यादव, ०५ मंसिर आईतवार
गोलबजार, सिरहा
सिरहामा मुसहर समुदायको सहभागिता र नेतृत्वमा सडक आरसिसि ढलानको लागि गठन भएको उपभोक्ता समितिले आईतबार सिलान्यास गरी काम शुरु गरेका छन् । गोलबजार नगरपालिकामै पहिलो पटक २२ लाख बजेटको उपभोक्ता समिति सदाय(मुसहर) समुदायको सहभागिता र नेतृत्वमा गठन भई कामकाज शुरु भएको छ । गोलबजार नगरपालिका वार्ड नं ४, साबिक असनपुर वार्ड नं १ मा वडा स्तरिय योजना अन्तर्गत सडक आर.सि.सि.ढलान २२ लाख रकमको काम शुरु भएको समितिले जनाएको छ । गठित उपभोक्ता समितिका अध्यक्ष कमलीदेवी सदायले यस विकास निमार्ण कामलाई सबैले आ आफनो ठाँउबाट ईमान्दारीपूर्वक सहयोग गरी कामलाई सफल बनाई दलितको नेतृत्व र सहभागितामा बनेको उपभोक्ता समितिको हौसला बढाउन सबैमा अनुरोध गरिन् ।
उपभोक्ता समितिको सचिव रामदयाल सदायले यस विकास कामलाई समुदायमा आफुलाई समाजसेवी र विकास प्रेमी भन्नेहरुले सहयोग गर्न चाहे विनास्वार्थ भावनाले सहयोग गर्न र पैसा खाने दाउमा गिद्धे नजर नडाली दलितलाई बदनाम नगराउन सबैलाई सचेत गराए । त्यस्तै उपभोक्ता समितिका कोषाध्यक्ष प्रमिलादेवी सदाले भनिन ढोंगी विकासप्रेमीहरुले ् दलितको नाँउमा सधै खाने भाँडो नै बनाएको छ, त्यसैले दलितहरु पनि सचेत हुने अवस्था आईसकेकोले साकारात्मक पाईला मात्र चाल्न सबैमा आग्रह गरिन् ।
गोलबजार नगरपालिका वार्ड नं ४ का वडा अध्यक्ष राजदेव यादवको बिशेष उपस्थितीमा भएको भेलाबाट उपभोक्ता समिति गठन भएकै बेला वडा अध्यक्ष यादवले भनेका थिए, आर.सि.सि. ढलान २२ लाख रकमको उपभोक्ता समिति मुसहर समुदायबाट बन्नु नै पहिलो सफलता हो र यीनिहरुलाई काम गर्नु चुनौती रहेको पनि बताएको थियो । एक फरक प्रसंगमा वडा अध्यक्ष यादवले समुदायका टाठाबाठाहरुले यिनीहरुलाई कमजोर, निमुखा, बिपन्न भनी मौकाको फाईदा उठाउदै ठेक्कापटा जस्तै लिन बाध्य पारियो भने लिनेमाथी पनि कार्यबाही हुने र उपभोक्ता समिति पनि बिघटन हुने बिश्वास दिलाउदै वडा अध्यक्ष यादवले उपभोक्ता समितिलार्ई सबैले सहयोग गर्न आग्रह पनि गरेको थिए ।
समिति अध्यक्ष कमलीले भनिन्, १ सय ४८ मिटर लम्बाई र १८ फीट चौडाई सडकको आरसिसि ढलान १० दिन भित्र सकिने पनि बताईन् । कमलीदेवी सदायको अध्यक्षतामा कोषाध्यक्ष, सचिव सहित ८ जना मुसहर समुदाय र १ जना मात्र अन्यबाट चयन भएको र अनुगमन समितिमा पनि भगत सदायको संयोजकत्वमा ३ सदस्यीय सदा समुदायकै रहेका छन् ।