• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

विवाह पञ्चमी महोत्सव


विवाह पञ्चमी महोत्सव

धनुषा : प्रत्येक वर्ष झै यसवर्ष पनि भगवान श्रीराम जानकीको विवाहको स्मरण जनकपुरधाममा हर्षोल्लास एवं उत्साहका साथ विवाह पञ्चमी महोत्सव मनाइदै छ ।
मंसिर शुक्ल पंचमीका दिनका भगवान श्रीराम जानकीबीच विवाह सम्पन्न भएको थियो । सोही स्मरणमा प्रत्येक वर्ष जनकपुरधामस्थित जानकी मन्दिर सप्ताह व्यापी रुपमा विवाह पंचमी महोत्सव मनाइदै आएको छ ।
मिथिला परम्परा अनुसार सम्पूर्ण विधि अपनाउंदै भगवान श्रीराम जानकीबीच वैवाहिक कार्यक्रम आयोजना गरिएको छ । रंगभूमि मैदानमा स्वयंवर कार्यक्रम सम्पन्न पश्चात सांझदेखि वैवाहिक कार्यक्रम शुरु भएको छ ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भोली रामकलेवा पश्चात जन्तीलाई विदाई गरी विवाह पञ्चमी महोत्सव सम्पन्न हुनेछ । यसअघि फुलबारी लिला, नगर दर्शन, धनुष यज्ञ, तिलकोत्सव र मटकोर लगायतका कार्यक्रम सम्पन्न भइसकेको छ ।
सीता स्वयंवरमा भगवान श्रीराम र माता जानकी दुवैको डोलालाई बाजागाजाका साथ नगर परिक्रमा सहित रंगभूमि मैदान एक अर्काबीच मिलान गराउनुका साथै दुवै पक्षका अभिभावकबीच सम्धी मिलान समेत सम्पन्न भएको छ ।
कोभिडका कारण यस वर्ष सीमानाका बन्द भएपछि भारतबाट श्रद्धालु भक्तजन र भगवान रामको नगर अयोध्याबाट जन्ती आएको आउन सकेको छैन । अन्य वर्षको तुलनामा श्रद्धालु भक्तजनको सहभागितामा निकै कमी आएको देखिएको छ ।
कोभिडका कारण श्रद्धालु र जन्ती नआएपनि वैवाहिक कार्यक्रम र सरसजावटमा कुनै कमी गरिएको छैन । जानकी मन्दिर दुल्हिन झै सजाइएको छ ।
स्वयंवर र वैवाहिक कार्यक्रममा भारतको अयोध्याबाट जन्ती टोली नआएपछि राम मन्दिरका महन्थ रामगिरी बाबाले भगवान रामको अभिभावकको भूमिका निर्वाह गरेका छन । माता जानकीको अभिभावकको भूमिका पत्येक वर्ष झै यसवर्ष पनि जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले नै निर्वाह गरेका छन ।
आज राति सम्पन्न हुने वैवाहिक कार्यक्रमका लागि जानकी मन्दिरको प्रांगणमा मडवा सहितका मंच सजाइएको छ । मैथिली वैवाहिक विधि विधान र लोकगीत सहित वैवाहिक कार्यक्रम सम्पन्न हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जनकपुरमा आज धुमधामसित विवाहपञ्चमी महोत्सव मनाइँदै
  • २०७७ पुष ४, शनिबार १९:१६
  • In "BannerNews"
  • विवाहपञ्चमी महोत्सव : मटकोर विधि सम्पन्न
  • २०७७ पुष ४, शनिबार १९:१६
  • In "धर्म-संस्कृतिक"
  • विवाहपञ्चमीको चौथो दिन आज तिलकोत्सव मनाइँदै
  • २०७७ पुष ४, शनिबार १९:१६
  • In "BannerNews"

Netramani Singh

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

प्रतिनिधिसभा भंग, वैशाख १७ र २७ गते आमनिर्वाचनको घोषणा

राजनीतिक घटनाक्रम फेरिएपछि सुरक्षा निकाय ‘हाई अलर्ट’ मा

संसद विघटनविरुद्ध सडकमा उत्रिए नेकपा कार्यकर्ता

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version