• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च


सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

काठमाडौं। नेपालमा यस वर्षको मनसुन प्रणाली औपचारिक रूपमा प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार (असार ५ गते / जुन १९) कोशी प्रदेशको पूर्वी भू-भागबाट मनसुन नेपाल भित्रिएको हो।

नेपालमा मनसुन भित्रिने सामान्य औसत मिति जुन १३ भए पनि यस वर्ष मनसुन सरदर मितिभन्दा ६ दिन ढिलो गरी नेपाल प्रवेश गरेको छ। यसअघि अघिल्लो वर्ष भने मनसुन सरदर मितिभन्दा १५ दिन अगावै नेपाल भित्रिएको थियो।

हाल नेपालमा भित्रिएको मनसुन प्रणाली कमजोर अवस्थामा रहेकाले देशका अन्य क्षेत्रमा यसको विस्तार हुन अझै केही दिन लाग्ने सम्भावना देखिएको छ।

अहिले कोशी प्रदेशका पूर्वी तटीय तथा हिमाली क्षेत्रका सीमित भू-भागमा मात्र मनसुनको प्रभाव देखिएको छ भने आगामी दिनमा यो क्रमशः सक्रिय बन्दै देशका अन्य भागमा पनि विस्तार हुने मौसमविद्हरूले बताएका छन्। यस वर्षको मनसुन अवधिमा देशभरि सरदरभन्दा कम वर्षा हुने र बढी गर्मी हुने पूर्वानुमान गरिएको छ।

दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च (सास्कोफ) र नेपालको जल तथा मौसम विज्ञान विभागले गरेको संयुक्त आँकलन अनुसार प्रशान्त महासागरमा ‘एल निनो’  प्रणालीको प्रभाव र हिन्द महासागरको विशिष्ट तापमानका कारण यो वर्ष नेपालसहित दक्षिण एसियाका धेरैजसो भू-भागमा औसतभन्दा कम वर्षा हुने र अधिकतम तापक्रम सरदरभन्दा बढी रहने सम्भावना छ।

मनसुन अवधिमा औसतभन्दा कम वर्षा हुने पूर्वानुमान गरिए पनि यसले विपद्को जोखिम भने कम नहुने विज्ञहरूले चेतावनी दिएका छन्। छोटो अवधिमा हुने अत्यधिक वर्षा (क्लाउड बर्स्ट), बढ्दो तापक्रम र पानीको अभावले यो वर्षको मनसुन अझ खतरनाक बन्न सक्ने आशंका गरिएको छ।

महाशाखाले मनसुनी प्रणालीको निरन्तर निगरानी गरिरहेको जनाउँदै सर्वसाधारण तथा सरोकारवाला निकायलाई नियमित रूपमा जारी हुने ‘तीन दिने मौसम बुलेटिन’ हेर्न र सतर्क रहन आग्रह गरेको छ।

यसैबीच, भर्खरै सकिएको यस वर्षको प्रि-मनसुन (मार्च-मे) सिजनमा भने नेपालमा विगत ४५ वर्षयताकै सबैभन्दा धेरै पानी परेर नयाँ कीर्तिमान कायम भएको छ। जल तथा मौसम विज्ञान विभागको तथ्यांक अनुसार यस वर्षको प्रि-मनसुन वर्षाले विगतका सबै ऐतिहासिक रेकर्डहरूलाई भंग गरेको हो।

नेपालमा प्रि-मनसुन सिजनमा सामान्यतया औसत २२६.३ मिलिमिटर पानी पर्ने गर्दछ। तर, यस वर्ष (सन् २०२६) औसतको १४५.५ प्रतिशत अर्थात् ३३९.७७ मिलिमिटर वर्षा भएको छ, जुन सामान्य औसतभन्दा झन्डै डेढ गुणा बढी हो।

विभागले सन् १९८१ देखि देशका १२६ वटा वर्षा मापन केन्द्रको तथ्यांकलाई आधार मानी प्रि-मनसुनको वैज्ञानिक विश्लेषण गर्दै आएको छ। विभागको तथ्याङ्क अनुसार यसअघि सन् १९९० मा सबैभन्दा धेरै ३३१.४० मिलिमिटर पानी परेको रेकर्ड नै अहिलेसम्मकै उच्च थियो।

यस वर्षको वर्षाले उक्त ३६ वर्ष पुरानो रेकर्डलाई समेत पछि पार्दै नेपालको जलवायु इतिहासमा नयाँ रेकर्ड कायम गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • धेरैजसो स्थानमा भारी वर्षा, शनिबारबाट मौसममा क्रमिक सुधार आउने
  • २०८३ असार ५, शुक्रबार २१:०१
  • In "समाचार"
  • न्यून चापीय प्रणाली नेपालबाट बाहिरियो, मौसममा सुधार आउँदै
  • २०८३ असार ५, शुक्रबार २१:०१
  • In "BannerNews"
  • तीन दिनको मौसम : देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा
  • २०८३ असार ५, शुक्रबार २१:०१
  • In "समाचार"

नेपाल एक्सन

सम्बन्धित खबर

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

Next Post

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

पाकिस्तानमा अफगानिस्तानको हवाई आक्रमण

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version