• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान


बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

महेश सिंह, महोत्तरी । नेपाली समाजमा पछिल्लो समय बढ्दै गएको सामाजिक तनाव, असहिष्णुता, हिंसा तथा विभिन्न प्रकारका द्वन्द्वलाई संवादमार्फत समाधान गर्ने उद्देश्यले सञ्चालन गरिएको प्रदेशस्तरीय संवाद तालिम सफलतापूर्वक सम्पन्न भएको छ। समग्र जन उत्थान केन्द्र, लहानको आयोजनामा महोत्तरीको बर्दिबासमा आयोजित पाँचदिने तालिममा मधेश प्रदेशका विभिन्न जिल्लाबाट २७ जना सहभागी भएका थिए।

जेठ २७ गतेदेखि सञ्चालन भएको तालिममा सहभागीहरूलाई प्रभावकारी संवाद, द्वन्द्व रूपान्तरण, शान्ति निर्माण, नेतृत्व विकास, सहअस्तित्व तथा सामाजिक सद्भाव प्रवर्द्धनका विषयमा सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गरिएको थियो। समाजमा देखिने विभिन्न प्रकारका विवाद, गलतफहमी र तनावलाई संवादको माध्यमबाट समाधान गर्न सकिने अवधारणामा आधारित भएर तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ।

समापन कार्यक्रमको अध्यक्षता गर्दै समग्र जन उत्थान केन्द्र, लहानकी कार्यकारी निर्देशक अनिता चौधरीले तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई व्यवहार तथा समुदायस्तरमा लागू गर्न सहभागीहरूलाई आग्रह गरिन्। उनले तालिममा सिकेका विषयलाई व्यवहारमा उतार्न सके मात्र त्यसको वास्तविक उपलब्धि देखिने बताइन्।

उनले भनिन्, “आज समाजमा देखिने धेरै समस्या संवादको अभावका कारण सिर्जना भएका छन्। संवादको संस्कृति विकास गर्न सके सामाजिक सद्भाव, सहिष्णुता र शान्ति स्थापना गर्न सहज हुनेछ। त्यसैले तालिमबाट सिकेका सीपलाई समुदायमा प्रयोग गर्दै सकारात्मक परिवर्तनको नेतृत्व गर्न आवश्यक छ।”

तालिमका सहजकर्ता गोपाल चौधरीले नेपाली समाजमा बढ्दो अशान्ति, हिंसा र सामाजिक तनावलाई न्यूनीकरण गर्न संवाद प्रभावकारी माध्यम भएको बताए। उनले संवादले व्यक्तिबीच विश्वास निर्माण गर्ने, मतभेदलाई व्यवस्थापन गर्ने तथा सामाजिक एकतालाई बलियो बनाउने उल्लेख गरे।

उक्त तालिममा साधुराम तामाङ, गोपाल चौधरी, राम भरोशी महतो तथा कविता जैसवालले सहजीकरण गरेका थिए। प्रशिक्षकहरूले संवादका सिद्धान्त, द्वन्द्व व्यवस्थापनका उपाय, सहकार्यको भावना, नेतृत्व विकास तथा समुदायमा शान्ति स्थापना गर्ने विधिबारे विस्तृत प्रशिक्षण दिएका थिए।

तालिमलाई जर्मन सहयोग नियोग (GIZ) तथा ZFD Civil Peace Service को सहयोग रहेको थियो। आयोजक संस्थाका अनुसार समुदायमा बढ्दो ध्रुवीकरण, असहिष्णुता तथा सामाजिक विभाजनलाई न्यूनीकरण गरी दिगो शान्ति स्थापना गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको हो।

तालिममा सहभागीहरूले कार्यक्रम अत्यन्त उपलब्धिमूलक, व्यवहारिक तथा समयसापेक्ष रहेको प्रतिक्रिया दिएका छन्। उनीहरूका अनुसार तालिमबाट प्राप्त ज्ञान र सीपले व्यक्तिगत जीवनदेखि समुदायस्तरसम्म उत्पन्न हुने विवादलाई शान्तिपूर्ण ढंगले समाधान गर्न सहयोग पुग्नेछ। सहभागीहरूले संवादको अभ्यासले सामाजिक सद्भाव कायम गर्न र समुदायमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

आयोजक संस्थाले यस्ता कार्यक्रमले समाजमा शान्ति, सहिष्णुता, आपसी सम्मान र सहअस्तित्वको भावना अभिवृद्धि गर्दै दिगो सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन
  • २०८३ असार ४, बिहीबार १७:५०
  • In "BannerNews"
  • लहानमा द्वन्द्व समवेदनशील पत्रकारिता तालिम सम्मन्न
  • २०८३ असार ४, बिहीबार १७:५०
  • In "BannerNews"
  • सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम
  • २०८३ असार ४, बिहीबार १७:५०
  • In "BannerNews"

महेश सिंह

सम्बन्धित खबर

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version