No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

काठमाडौं। संघीय संसद्का दुवै सदनको अधिवेशन यही वैशाख २८ गते सोमबारदेखि सुरु हुने भएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी सोमबार दिउँसो २ बजे सिंहदरबारमा बस्ने गरी प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आह्वान गरिसकेका छन्।

संघीय संसद्को नयाँ भवन निर्माणको काम अझै पूर्ण रूपमा सम्पन्न नभइसकेकाले यस पटक पनि प्रतिनिधिसभाको बैठक निर्माणाधीन भवनकै बहुउद्देश्यीय कक्षमा सञ्चालन गरिनेछ भने राष्ट्रियसभाको बैठक संसद् सचिवालयस्थित साविककै कक्षमा हुने तय भएको छ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार नयाँ संसद् भवन निर्माणमा संलग्न ठेकेदार कम्पनीले आगामी जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने समयसम्म प्रतिनिधिसभाको मुख्य कक्ष तयार गरी उपलब्ध गराउने मौखिक जानकारी दिएको छ।

संसद् सचिवालयले पनि यस पटकको बजेट नयाँ र व्यवस्थित कक्षबाट प्रस्तुत गर्न पाइने अपेक्षा राखेको छ। हाल निर्माणाधीन प्रतिनिधिसभा कक्षमा रङरोगन, आन्तरिक सजावट तथा अत्याधुनिक उपकरण जडानलगायतका प्राविधिक कार्यहरू धमाधम भइरहेका छन्।

संसद्को यो अधिवेशन मुख्य गरी सरकारको नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित हुनेछ। अधिवेशनका क्रममा प्रि-बजेट छलफल, सरकारको नीति तथा कार्यक्रम, विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्रको ऋण उठाउने विधेयकमाथि विस्तृत छलफल हुने कार्यसूची रहेको छ।

यसका साथै पछिल्लो समय जारी भएका अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विधेयकहरू पनि सदनमा पेश गरिनेछन्। संवैधानिक प्रावधान अनुसार संसद्को पहिलो बैठकमा पेश गरिएका अध्यादेशहरू बैठक बसेको ६० दिनभित्र टुंगाे लागिसक्नुपर्छ, अन्यथा ती स्वतः निष्क्रिय हुनेछन्।

हाल प्रतिनिधिसभामा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त भएका तीनवटा विधेयकहरू विचाराधीन रहेका छन्। त्यसैगरी वैकल्पिक विकास वित्त व्यवस्थापनसम्बन्धी विधेयक २०८३ र अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक २०८१ पनि संसद्मा दर्ता भएका छन्।

यी विधेयकहरूसँगै विभिन्न संवैधानिक निकायका वार्षिक प्रतिवेदनहरू र नियमावली मस्यौदा समितिको प्रतिवेदन पनि यसै अधिवेशनमा छलफलका लागि थाँती रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

Next Post
मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .