• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग


बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

काठमाडाैं। सर्वोच्च अदालतले सुकुम्बासी बस्ती खाली गराउने सरकारको कदम र त्यसमा अपनाइएको कानुनी प्रक्रियाबारे गम्भीर चासो देखाउँदै सम्बन्धित कागजातहरू माग गरेको छ।

न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले सोमबार एक आदेश जारी गर्दै बस्ती हटाउँदा अपनाइएको विधि र प्रक्रियासँग सम्बन्धित पाँच बुँदे निर्णयका कागजातहरू झिकाउन निर्देशन दिएको हो।

अदालतले विशेष गरी नेपाल सरकारले लागू गरेको शासकीय सुधारसम्बन्धी सय बुँदे दस्तावेजको बुँदा नम्बर ९१ को व्यवस्था तथा संविधान र आवासको हकसम्बन्धी ऐन, २०७५ ले निर्देशित गरेका बाध्यात्मक प्रक्रियाहरू पालना भए/नभएको विषयमा प्रमाण खोजेको छ।

अदालतको आदेशमा बस्ती खाली गराउने क्रममा विस्थापित भएका परिवारहरूको न्यूनतम मानवअधिकारको अवस्थाबारे समेत प्रश्न उठाइएको छ।

विस्थापित परिवार, विशेष गरी ज्येष्ठ नागरिक, बिरामी, अपाङ्गता भएका व्यक्तिहरूको औषधोपचार, खानपिन, सरसफाइ र बालबालिकाहरूको शिक्षाको वैकल्पिक व्यवस्थाका लागि सरकारले के-कस्तो प्रबन्ध गरेको छ भन्नेबारे वस्तुपरक विवरण पेस गर्न भनिएको छ।

माजिद अन्सारीसहितले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर दायर गरेको रिटमा सुनुवाइ गर्दै अदालतले आवासको संवैधानिक हक र मानवीय संवेदनशीलतालाई प्राथमिकतामा राखेको देखिन्छ।

यसै विषयमा थप छलफलका लागि सर्वोच्चले वैशाख २३ गते दुवै पक्षलाई बोलाएको छ। साथै, सरकारलाई आधार र कारणसहित बाटोको म्यादबाहेक १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न समेत आदेश दिइएको छ।

सुकुम्बासी बस्ती हटाउने सरकारको अभियान र अदालतको यो पछिल्लो आदेशले विस्थापितहरूको पुनर्बास र हक अधिकारको विषयमा नयाँ कानुनी बहस सिर्जना गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • वडाध्यक्ष मियाँ विरुद्ध जिप्रका र वीरगंज महानगरपालिकामा ज्ञापन
  • २०८३ बैशाख २२, मंगलवार १५:४१
  • In "थप"
  • लहान १ मिलन चौकको ऐलानी जग्गामा रहेको सुकुम्बासी दलित बस्ती हटाउन आएमा बिद्रोह हुन्छ: दलित समुदाय
  • २०८३ बैशाख २२, मंगलवार १५:४१
  • In "BannerNews"
  • यसरी सीमामा बग्दै छ नेपाली भूमि
  • २०८३ बैशाख २२, मंगलवार १५:४१
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version