No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भदौ २३–२४ घटनाको निष्पक्ष छानबिन कांग्रेसको माग

भदौ २३–२४ घटनाको निष्पक्ष छानबिन कांग्रेसको माग

काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठकले भदौ २३ र २४ गते भएका घटनाबारे निष्पक्ष छानबिन गर्न माग गरेको छ।

नेपाली कांग्रेसको पदाधिकारी बैठकपछि पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिँदै नेपाली कांग्रेस सुरुदेखि नै दुवै दिनका घटनाको निष्पक्ष, कानुनसम्मत र पूर्वाग्रहविहीन छानबिन हुनुपर्ने पक्षमा दृढ रहँदै आएको बताए।

उनले भने, ‘२०८२ साल भदौ २३ र २४ गतेका घटनाका सन्दर्भमा भदौ २५ गते नै नेपाली कांग्रेसले उच्चस्तरीय आयोगमार्फत २३ गतेको दमन र २४ गतेको विध्वंसको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको थियो। त्यसैगरी भदौ २७ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पनि दुवै दिनका घटनाको छानबिन गरी दोषी देखिएकालाई कारबाहीको दायरामा ल्याउन आग्रह गरेको थियो।’

प्रवक्ता चालिसेले भदौ २३ र २४ गतेका घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। उनले प्रतिवेदन पारदर्शी रूपमा सार्वजनिक नभएको र सरकारले विधिसम्मत ढंगले सार्वजनिक नगरेको आरोप लगाए।

उनले भने, ‘प्रतिवेदनमा भदौ २४ गतेका घटनाबारे पूर्ण छानबिन गर्न नभ्याएको उल्लेख छ भने त्यो एकपक्षीय र अपूर्ण देखिन्छ।’

चालिसेका अनुसार चैत १३ गतेको मन्त्रिपरिषद् बैठकले आयोगका सिफारिसमध्ये सुरक्षा संयन्त्रसँग सम्बन्धित विषयमा अध्ययन समिति गठन गर्ने र अन्य विषयमा तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ। तर एउटै प्रतिवेदनको सिफारिसमा सरकारको व्यवहार चयनात्मक देखिएको कांग्रेसको भनाई छ।

उनले भने, ‘भदौ २३ गतेको एउटै घटना, एउटै छानबिन प्रतिवेदन र समान सिफारिसमा पनि सरकारको व्यवहार फरक देखिन्छ, जुन गलत हो। भदौ २३ को घटनासँगै २४ गतेको आगजनी र विध्वंसमा संलग्न को थिए भन्ने जनताले थाहा पाउनुपर्छ।’

उनले दुवै दिनका घटनामा संलग्न जोसुकै भए पनि कानुनबमोजिम कारबाही हुनुपर्नेमा पार्टीको समर्थन रहने स्पष्ट पारे। तर उनले कारबाही आवेग वा उत्तेजनामा नभई कानुनी प्रक्रियाअनुसार हुनुपर्नेमा जोड दिए।

उनले भने, ‘भदौ २३ गतेको घटनाका सम्बन्धमा संग्लग्न सबै र सँगै २४ गतेको आगजनी र विध्वंसमा संलग्न को थिए भन्ने जनताले थाहा पाउनुपर्छ। दुवै दिनको घटनामा संलग्न जोसुकै भएपनि कारवाही हुनुपर्छ त्यसमा हाम्रो साथ रहन्छ। तर त्यो कारवाही उत्तेजना र आवेगमा होइन, कानुनी प्रक्रिया बमोजिम हुनुपर्छ यसमा सरकार परिपक्क नहुँदा हतारमा गरिएको निर्णयले कानुनको शासन कमजोर हुन सक्छ। देश पुनः द्वन्द्वर अस्थिरतामा जान सक्छ यसतर्फ गम्भिर बन्न सरकारलाई नेपाली कांग्रेस आग्रह गर्दछ।’

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई ‘जेनजी आन्दोलन’ मा दमन गरेको आरोपमा ज्यानसम्बन्धी मुद्दामा पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

Next Post
अध्यक्ष ओली पक्राउको विरोधमा एमाले सडकमा (तस्बिरसहित)

अध्यक्ष ओली पक्राउको विरोधमा एमाले सडकमा (तस्बिरसहित)

प्रमुख दलका तीनैजना पूर्व प्रधानमन्त्रीमाथि अनुसन्धान

प्रमुख दलका तीनैजना पूर्व प्रधानमन्त्रीमाथि अनुसन्धान

ओली र लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँच दिन म्याद थप

ओली र लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँच दिन म्याद थप

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .