• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बालुवाटारमा कार्की–एमाले भेट, निर्वाचन सफल बनाउन सहयोगको प्रशंसा


बालुवाटारमा कार्की–एमाले भेट, निर्वाचन सफल बनाउन सहयोगको प्रशंसा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सहयोग गरेकोमा नेकपा एमालेलाई धन्यवाद दिएकी छन्।

प्रधानमन्त्री कार्कीले धन्यवाद ज्ञापन गर्न एमाले नेतृत्वलाई बालुवाटार आमन्त्रण गरेकी थिइन्। जसअनुसार एमाले नेतात्रय ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र महेश बर्तौला बालुवाटार पुगेका थिए।

प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण वातावरणमा निर्वाचन सफल पार्न भूमिका खेलेको भन्दै धन्यवाद दिएकी हुन्।

उनले भनिन्, ‘यो कठिन अवस्थालाई शान्तिपूर्ण रुपमा निकास दिने एक मात्र विकल्प निर्वाचन नै थियो। राष्ट्रप्रतिको जिम्मेवारी सम्झेर यहाँहरूले जुन सहयोगी भूमिका खेलिदिनुभयो र निर्वाचनमा सक्रिय सहभागिता जनाइदिनुभयो, यसका लागि मुरीमुरी धन्यवाद दिन चाहन्छु।’

उनले निर्वाचनमा जित-हार भइरहने भएकाले एकपल्टको जनादेशबाट विचलित नहुन भन्दै एमाले नेतृत्वलाई शान्त्वना पनि दिइन्।

उनले भनिन्, ‘एकैपटकको जनमतले सधैँका लागि पार्टीहरुको हैसियत निर्धारण गर्दैन। भारतमा अटलविहारी बाजपेयी र इन्दिरा गान्धीका पालामा उहाँहरूका पार्टीले बेहोरेको उतारचढाव पनि देखेकै छौं। राजनीति निरन्तरको अभियान भएकाले देश र जनताका मुद्दा बोकेर लागिरहनुहोस्।’

एमाले नेताहरूले पनि सबै पक्षको चित्त बुझाउँदै शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराएकोमा प्रधानमन्त्री कार्की र उनी नेतृत्वको सरकारलाई बधाई दिएका थिए। मुलुकलाई कठिन घडीमा नेतृत्व प्रदान गरी सर्वस्वीकार्य, शान्तिपूर्ण र लोकतान्त्रिक निकास दिएकामा धन्यवाद पनि दिए।

उनीहरूले यसपालिको निर्वाचनमा प्रशासनको निष्पक्षता रहेको भन्दै सरकारको प्रशंसा पनि गरेका थिए। साथै, यसपालिका चुनावी अभियान विगतभन्दा बढी स्वस्थ, शान्तिपूर्ण र कम खर्चिलो भएको अनुभव पनि सुनाए।

यसअघि प्रधानमन्त्री कार्की आइतबार पितृशोकमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको गुन्डुस्थित निवासमै पुगेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रधानमन्त्री देउवाको हिम्मतले निर्वाचन शान्तिपूर्ण सम्पन्न ; जनतालाई दिए धन्यवाद
  • २०८२ चैत्र ३, मंगलवार २१:४२
  • In "BannerNews"
  • सुशीला कार्की द्वारा लुम्बिनी भ्रमण, चुनावी तयारीको समीक्षा
  • २०८२ चैत्र ३, मंगलवार २१:४२
  • In "BannerNews"
  • मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
  • २०८२ चैत्र ३, मंगलवार २१:४२
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

उदयपुरमा हुरीबतासको कहर: दुईको मृत्यु, छ जना घाइते

सर्लाहीमा युवकलाई नाङ्गै बनाएर कुटपिट, एक पक्राउ

पोखरामा जर्मनीका राजदूत र मेयर आचार्यबीच भेट, सहकार्य बढाउने सहमति

प्रधानन्यायाधीश चयनले बालेन सरकारको परीक्षा लिने

चुनावी सरकारका नियुक्ति निर्णय फिर्ता लिन राष्ट्रिय एकता दलको माग

इतिहास बनाएकी कार्की अन्तिम निर्णयले घेरिइन्

Next Post

अफगानिस्तानमा पाकिस्तानी आक्रमणको पुष्टि, सयौंको मृत्यु भएको दाबी

इरानसँगको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको दाबी

सर्लाहीमा युवकलाई नाङ्गै बनाएर कुटपिट, एक पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मिसाइल र ड्रोन आक्रमणपछि यूएई सतर्क, उडान रोकियो

इरानसँगको युद्धमा १३ अमेरिकी मारिए

आर्थिक सुधारका लागि निजी क्षेत्रको वकालत जारी : अध्यक्ष ढकाल

अमेरिकी दूतावासमा आक्रमण

मध्यपूर्व युद्ध चर्किँदा यूएईले उडान रोके, तेल मूल्य १०० डलर माथि

उदयपुरमा हुरीबतासको कहर: दुईको मृत्यु, छ जना घाइते

सर्लाहीमा युवकलाई नाङ्गै बनाएर कुटपिट, एक पक्राउ

इरानसँगको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको दाबी

अफगानिस्तानमा पाकिस्तानी आक्रमणको पुष्टि, सयौंको मृत्यु भएको दाबी

बालुवाटारमा कार्की–एमाले भेट, निर्वाचन सफल बनाउन सहयोगको प्रशंसा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version