• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

लेबनान द्वन्द्वमा एक सातामै ८३ बालबालिकाको मृत्यु, युनिसेफको चिन्ता


लेबनान द्वन्द्वमा एक सातामै ८३ बालबालिकाको मृत्यु, युनिसेफको चिन्ता

Smoke rises in Lebanon after an Israeli shelling, following an escalation between Hezbollah and Israel amid the U.S.-Israeli conflict with Iran, as seen from the Israeli side of the Israel-Lebanon border, March 8, 2026. REUTERS/Amir Cohen

काठमाडौं। लेबनानमा बढ्दो सैन्य गतिविधि र हिंसात्मक घटनाका कारण पछिल्लो एक सातामै कम्तीमा ८३ बालबालीको ज्यान गएको छ। बालबालिकाको ज्यान जाने र घाइते हुने घटना तीव्र रूपमा बढेको भन्दै संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ)ले गम्भीर चिन्ता व्यक्त गरेको छ।
युनिसेफका मध्यपूर्व तथा उत्तर अफ्रिका क्षेत्रीय निर्देशक एडुआर्ड बेइगबेन्डरले सोमबार जारी गरेको वक्तव्यमा लेबनानमा बढ्दो द्वन्द्वका कारण बालबालिकामाथि परेको प्रभाव अत्यन्तै चिन्ताजनक भएको बताएका छन्।

उनका अनुसार मार्च २ यता लेबनानमा कम्तीमा ८३ जना बालबालिकाको मृत्यु भएको छ भने २५४ जना घाइते भएका छन्। पछिल्लो एक सातामा दैनिक औसतमा १० भन्दा बढी बालबालिकाको ज्यान गएको र करिब ३६ जना बालबालिका घाइते भएको तथ्यांकले देखाएको छ।
युनिसेफका अनुसार पछिल्ला २८ महिनामा लेबनानमा द्वन्द्वका कारण ३२९ बालबालिकाको मृत्यु भइसकेको छ भने १ हजार ६३२ जना घाइते भएका छन्। पछिल्ला ६ दिनमै बालबालिकाको मृत्यु संख्या २५ प्रतिशतले बढेको भन्दै संस्थाले यसलाई अत्यन्तै भयावह अवस्था भनेको छ।

“देशभर भइरहेका सैन्य आक्रमणका कारण बालबालिका भयावह दरमा मारिने र घाइते हुने क्रम जारी छ,” बेइगबेन्डरले भने, “परिवारहरू डरका कारण घर छोडेर भाग्न बाध्य छन् र हजारौं बालबालिका चिसो तथा भीडभाडयुक्त आश्रयस्थलमा रात बिताउन बाध्य भएका छन्।”
युनिसेफका अनुसार द्वन्द्वका कारण लेबनानमा करिब ७ लाख मानिस विस्थापित भएका छन्। जसमा करिब २ लाख बालबालिका रहेका छन्। संस्थाले सबै पक्षलाई नागरिक तथा नागरिक संरचनाको सुरक्षा गर्न आग्रह गरेको छ। विद्यालय, आश्रयस्थल तथा अन्य नागरिक संरचनालाई सुरक्षित राख्न अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्न पनि युनिसेफले आह्वान गरेको छ।

पश्चिम एशियामा इरान, अमेरिका र इजरायलबीच बढ्दो सैन्य तनावका कारण क्षेत्रीय द्वन्द्व चर्किँदै गएको छ। गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले संयुक्त रूपमा गरेको सैन्य आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएपछि स्थिति थप तनावपूर्ण बनेको हो।

त्यसपछि इरानले प्रतिउत्तरस्वरूप विभिन्न अरब देशमा रहेका अमेरिकी सैन्य अड्डा र इजरायली लक्ष्यमा आक्रमण गरेको थियो। इजरायलले पनि इरानमाथि आक्रमण जारी राख्दै द्वन्द्वलाई लेबनानसम्म विस्तार गरेको र हिज्बुल्लाह तथा इरान समर्थित समूहलाई लक्षित गरी सैन्य कारबाही गरिरहेको बताइएको छ। एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु
  • २०८२ फाल्गुन २६, मंगलवार २१:५५
  • In "अन्तराष्ट्रिय"
  • सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै
  • २०८२ फाल्गुन २६, मंगलवार २१:५५
  • In "BannerNews 2"
  • कराँचीमा चार छुट्टाछुट्टै गोलीकाण्ड, कम्तीमा चारको मृत्यु
  • २०८२ फाल्गुन २६, मंगलवार २१:५५
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान तनावबीच इजरायल फेरि युद्धमा होमिन सक्ने संकेत

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

भिक्षु दुर्घटनापछि अभिभावकमाथि कारबाहीको तयारी

खामेनीलाई अन्तिम श्रद्धाञ्जलि दिन लाखौंको भीड

Next Post

रौतहटमा दलित टोलमाथि सामूहिक आक्रमण, दुई महिलासहित ६ जना घाइते

उत्तर कोरियाका किम यो जोङद्वारा संयुक्त सैन्य अभ्यासमा ‘अकल्पनीय भयानक परिणाम’ चेतावनी

मध्यपूर्व द्वन्द्वले भारतका होटल–रेस्टुरेन्टमा ग्यास अभाव सिर्जना

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version