No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

टेरामक्स भ्रष्टाचार मुद्दा: विशेष अदालतमा सुनुवाइ सुरु

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा सुनुवाइ सुरु भएको छ । यो मुद्दामा पूर्वममन्त्री मोहनबहादुर बस्नेतसहित १९ जनाविरुद्धको भ्रष्टाचारको आरोप लगाइएको छ ।

न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासमा मुद्दाको सुनुवाइ सुरु भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो मुद्दामा ३ अर्ब २१ करोडभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा पूर्वमन्त्री बस्नेतसहित १९ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो। यो मुद्दामा परामर्शदाता विदेशी कम्पनी र नेपालीस्थित एजेन्टलाई पनि भ्रष्टाचारमा संलग्न भएको आरोप लगाइएको छ ।

बस्नेत अहिले थुनामुक्त छन् । उनलाई असार १५ मा भएको सुनुवाइमा विशेष अदालतले २५ लाख धरौटीमा छोड्न आदेश दिएपछि उनी छुटेका हुन् । मन्त्री बस्नेतमाथि मन्त्रिपरिषदले मात्र गर्न सक्ने निर्णय आफू एक्लैले गरेर टेरामक्स खरिद गर्न निर्देशन दिएको आरोप छ ।

पूर्वमन्त्री बस्नेतसहित दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनाल, प्राधिकरणका तत्कालीन सदस्यद्वय धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेती, परामर्शदाता भ्यानराइज सोलुसन सल र उसको नेपाली एजेन्ट कलेक्सन ट्रेड लिंक प्रालि काठमाडौंलाई पनि अख्तियारले आरोपी बनाएर मुद्दा चलाएको छ ।

अख्तियारको दाबीअनुसार भ्यानराइजका सीईओ जमाल अनौटी,कलेक्सन ट्रेड लिंक प्रालिका अध्यक्ष दिलिपकुमार गुरुङ र निर्देशक तेजप्रसाद खरेलको मिलोमतोमा टेरामक्स खरिदमा भ्रष्टाचार भएको हो । प्रतिवादीहरूविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो मागदाबी गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

कांग्रेसका १०६ नयाँ अनुहार चुनावी मैदानमा

सुन महँगिँदा चाँदीतर्फ लगानीकर्ताको आकर्षण बढ्यो

निर्वाचनमा नगद कारोबार नगर्न आयोगको आग्रह

सिरहामा अस्पतालबाटै किशोरीको शव हरायो, क्षेत्र तनावग्रस्त

समानुपातिक मतपत्र छपाइ सम्पन्न, प्रत्यक्षतर्फ प्रक्रिया अघि बढ्यो

बहिनीको हत्या गरि पानी ट्यांकीमा हाल्ने दाजु पक्राउ

नक्कली शाखा अधिकृत बनेर ठगी गर्ने व्यक्ति अध्यागमनद्वारा पक्राउ

Next Post

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .